1परमेश्वरले नूह र उसका छोराहरुलाई आशीर्वाद दिनुभयो। उहाँले तिनीहरुलाई भन्नुभयो, “तिमीहरुका सन्तानहरुको संख्या यति सम्म बढोस् धर्ती फेरि मानिसहरुले भरियोस्।
1God blessed Noah and his sons, and said to them, “Be fruitful, and multiply, and replenish the earth.
2यस पृथ्वीको प्रत्येक पशु, आकाशको प्रत्येक चरा, प्रत्येक जन्तु जो भूइँमा घस्रन्छ र समुद्रका प्रत्येक माछा तिमीसित डराउने छन। तिनीहरु सबै तेरो नियन्त्रणमा बसुन्।
2The fear of you and the dread of you will be on every animal of the earth, and on every bird of the sky. Everything that the ground teems with, and all the fish of the sea are delivered into your hand.
3कुनै पनि गतिशील चीज तेरो आहारको निम्ति होस्, जस्तो मैले पहिले हरियो उद्भिदहरु खाद्यको निम्ति दिएँ अहिले तलाईं प्रत्येक चीज खानको निम्ति दिन्छु।
3Every moving thing that lives will be food for you. As the green herb, I have given everything to you.
4जिउँदो पशुहरुको मासुमा जतिञ्जेलसम्म रगत रहन्छ त्यो चाँहि नखानु।
4But flesh with its life, its blood, you shall not eat.
5अब उसो, यदि कुनै सजीवले एकजना मानिसलाई मार्छ भने, यसले त्यसको लागि आफ्नो जीवन दिनु पर्छ। यदि एकजना मानिसलाई अर्को मानिसले मार्छ भने म उसको जीवन लिनेछु।
5I will surely require your blood of your lives. At the hand of every animal I will require it. At the hand of man, even at the hand of every man’s brother, I will require the life of man.
6“यदि कसैले एउटा मानिसलाई मार्छ त्यसलाई अर्को मानिसले प्राणदण्ड दिनु पर्छ कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नु भएको छ।”
6Whoever sheds man’s blood, his blood will be shed by man, for God made man in his own image.
7“अनि तिमीले धेरै सन्तानहरु पाउनेछौ जसले गर्दा तिम्रो जनसंख्या बढ्नेछ अनि धर्ती भर्नेछ।”
7Be fruitful and multiply. Increase abundantly in the earth, and multiply in it.”
8तब परमेश्वरले नूह र उनका छोराहरुलाई भन्नुभयो,
8God spoke to Noah and to his sons with him, saying,
9[This verse may not be a part of this translation]
9“As for me, behold, I establish my covenant with you, and with your offspring after you,
10म मेरो करार सबै चराहरु अनि पाल्तू पशुहरु अनि पृथ्वीमा भएका सबै जनावरहरुसित जो तिमीहरुसित जहाजभित्र, पृथ्वीको सबै जीवित प्राणीहरुसित गर्नेछु।
10and with every living creature that is with you: the birds, the livestock, and every animal of the earth with you, of all that go out of the ship, even every animal of the earth.
11तिमीहरुसित म यो करार गर्दैछु अब उसो कहिल्यै पनि जल प्रलयद्वारा प्राणीहरु नष्ट हुने छैनन् अनि अब फेरि पृथ्वीलाई नष्ट पार्न जल-प्रलय कहिल्यै हुनेछैन।”
11I will establish my covenant with you: all flesh will not be cut off any more by the waters of the flood, neither will there ever again be a flood to destroy the earth.”
12अनि परमेश्वरले भन्नुभयो, “यो चाँहि मैले तिमीहरु र तिमीहरुसित भएका प्राणीहरुसित गरेको करारको चिन्ह हो। यो करार पृथ्वीमा तिमीहरुका सन्तान जति पनि जन्मन्छन् सबैसित सधैं रही रहनेछ।
12God said, “This is the token of the covenant which I make between me and you and every living creature that is with you, for perpetual generations:
13तिमीहरुसित मैले स्थापित गरेको करारको चिन्ह स्वरुप बादलमा इन्द्रेणी बनिए त्यो इन्द्रेणी म र पृथ्वीको करारको प्रमाण हो।
13I set my rainbow in the cloud, and it will be for a sign of a covenant between me and the earth.
14जब म पृथ्वीमाथि बादल ल्याउँछु बादलमा इन्द्रेणी देखा पर्छ।
14It will happen, when I bring a cloud over the earth, that the rainbow will be seen in the cloud,
15म मेरो करार सम्झनेछु ताकि कहिले पनि फेरि बाढीले पृथ्वीका सजीव प्राणीहरुलाई नष्ट गर्ने छैन।
15and I will remember my covenant, which is between me and you and every living creature of all flesh, and the waters will no more become a flood to destroy all flesh.
16जब म इन्द्रेणीलाई देख्छु म त्यो करार सधैं सम्झना गर्नेछु म अनि पृथ्वीमा भएको प्रत्येक जीवित प्राणीहरु बिचमा भएको करार सम्झना गर्नेछु।”
16The rainbow will be in the cloud. I will look at it, that I may remember the everlasting covenant between God and every living creature of all flesh that is on the earth.”
17अनि परमेश्वरले नूहलाई भन्नुभयो, “यही नै म र पृथ्वीमा भएका सबै जीवित प्राणीहरुसित स्थापित गरिएको करारको चिन्ह हो।”
17God said to Noah, “This is the token of the covenant which I have established between me and all flesh that is on the earth.”
18जहाजबाट निस्केका नूहका छोराहरु शेम, हाम र येपेत थिए (हाम कनानका पिता थिए)
18The sons of Noah who went out from the ship were Shem, Ham, and Japheth. Ham is the father of Canaan.
19यी तिनै जना नूहका छोराहरु थिए र यी तीन जनाका सन्तानहरुले नै यो पृथ्वी भरियो।
19These three were the sons of Noah, and from these, the whole earth was populated.
20नूह नै दाखको खेती गर्ने पहिलो खेतीवाला थिए।
20Noah began to be a farmer, and planted a vineyard.
21नूहले दाखरस बनाएर पिए अनि माते र उनी पालभित्र सुतिरहे। नूहले कुनै लुगा लगाएका थिएनन्।
21He drank of the wine and got drunk. He was uncovered within his tent.
22कनानका बाबु हामले आफ्नो बाबु न्हलाई नाङ्गै सुतिरहेको देख्यो र त्यो बाहिर आएर आफ्नो दुवै दाज्यूहरुलाई बाबु नाङ्गै सुतिरहेको कुरो सुनायो। तब शेम र येपेतले एउटा कोट लिएर दुबैजनाको कुममा राखी पछिल्तिरवाट हिंडेर आफ्नो बाबुको नाङ्गो शरीर ढाकिदिए।
22Ham, the father of Canaan, saw the nakedness of his father, and told his two brothers outside.
23तिनीहरु पछिल्तिर फर्केका थिए र तिनीहरुले बाबुलाई नाङ्गो देखेनन्।
23Shem and Japheth took a garment, and laid it on both their shoulders, went in backwards, and covered the nakedness of their father. Their faces were backwards, and they didn’t see their father’s nakedness.
24जब नूह मद्य निद्राबाट बिउँझिए उसको कान्छो छोरोले के गरेको थियो थाहा पाए।
24Noah awoke from his wine, and knew what his youngest son had done to him.
25तब नूहले भने, “कनानलाई सराप लागोस्, ऊ आफ्ने दाज्यू-भाइहरुको कमारो हुनेछ।”
25He said, “Canaan is cursed. He will be servant of servants to his brothers.”
26तब नूहले भने, “शेमका परमप्रभु परमेश्वर, धन्यका होऊन् कनान उनको दास बनियोस्।
26He said, “Blessed be Yahweh, the God of Shem. Let Canaan be his servant.
27परमेश्वरले येपेतको विकास गराई दिऊन्, अनि येपेत शेमको पालहरुमा बसोस् अनि कनान उसको कमारा होस्।”
27May God enlarge Japheth. Let him dwell in the tents of Shem. Let Canaan be his servant.”
28नूह जल प्रलयपछि 350 वर्ष बाँचे र मरे। 29यसर्थ नूह जम्मा 950 वर्ष बाँचे र मरे। राष्ट्रहरु बढ्दै गए अनि फिंजिए
28Noah lived three hundred fifty years after the flood.
29[This verse may not be a part of this translation]
29All the days of Noah were nine hundred fifty years, then he died.