Nepali

World English Bible

Isaiah

39

1त्यसबेला बलदानको छोरो मरोदक बलदान बाबेलका राजा थिए। मरोदकले चिट्ठी र एक उपहार हिजकियाहलाई पठाए। मरोदकले त्यसो गरे किनभने हिजकियाह बिमार भएको सुनेका थिए।
1At that time, Merodach Baladan the son of Baladan, king of Babylon, sent letters and a present to Hezekiah; for he heard that he had been sick, and had recovered.
2ती कुराहरूले हिजकियाहलाई आनन्द पुरायो। यसकारण हिजकियाहले मानिसहरूलाई आफ्नो भण्डारबाट सारा बहुमूल्य वस्तुहरू देखाए। हिजकियाले तिनीहरूलाई सुन, चाँदी बहुमूल्य मसलाहरू र महँगो मूल्य भएको अत्तरहरू देखाए। हिजकियाहले तिनीहरूलाई युद्धमा चलाएका तरवारहरू र ढालहरू देखाए। हिजकियाहले तिनीहरूलाई सबै चीजहरू देखाए। जुन उनले सुरक्षित राखेका थिए। हिजकियाहले आफ्ना घर अनि राज्यमा भएका सम्पूर्ण चीजहरू तिनीहरूलाई देखाए।
2Hezekiah was pleased with them, and showed them the house of his precious things, the silver, and the gold, the spices, and the precious oil, and all the house of his armor, and all that was found in his treasures. There was nothing in his house, nor in all his dominion, that Hezekiah didn’t show them.
3त्यसपछि अगमवक्ता यशैया राजा हिजकियाहकहाँ गए र उनलाई सोधे, “यी मानिसहरूले के भने? तिनीहरू कहाँबाट आएका हुन्?” हिजकियाहले भने, “तिनीहरू सुदूर देशबाट मलाई हेर्न भनी आएका थिए। तिनीहरू बाबेलबाट आएका हुन्।”
3Then Isaiah the prophet came to king Hezekiah, and asked him, “What did these men say? Where did they come from to you?” Hezekiah said, “They have come from a country far from me, even from Babylon.”
4यसैले यशैयाले उनलाई सोधे, “तिनीहरूले तिम्रो घरमा के देखे?” हिजकियाहले भने, “तिनीहरूले मेरो राजमहलका सम्पूर्ण चीजहरू हेरे। मैले तिनीहरूलाई जम्मै सम्पत्तिहरू देखाएँ।”
4Then he asked, “What have they seen in your house?” Hezekiah answered, “They have seen all that is in my house. There is nothing among my treasures that I have not shown them.”
5त्यसपछि यशैयाले हिजकियाहलाई यसो भने, “सेनाहरूका परमप्रभुबाट आएको यी शब्दहरू ध्यान लगाएर सुन।
5Then Isaiah said to Hezekiah, “Hear the word of Yahweh of Armies:
6‘समय आइरहेछ आज सम्म तिमी र तिम्रो पुर्खाहरूले बचत गरेर राखेको सारा सम्पत्तीहरू बाबेलमा बोकेर लैजानेछ। केही पनि छोड्ने छैन्।’ सेनाहरूका परमप्रभुले भन्नुभयो यी कुराहरू।
6‘Behold, the days are coming when all that is in your house, and that which your fathers have stored up until this day, will be carried to Babylon. Nothing will be left,’ says Yahweh.
7बाबेलीहरूले तिम्रो आफ्नै छोराहरू पनि लैजानेछन्। अनि तिम्रो छोराहरू बाबेलका राजाका महलमा अधिकारीहरू हुनेछन्।”
7‘They will take away your sons who will issue from you, whom you shall father, and they will be eunuchs in the king of Babylon’s palace.’”
8हिजकियाहले यशैयालाई भने, “परमप्रभुबाट आएको यो सन्देश राम्रो हो।” हिजकियाहले यसो भनेको कारण थियो, “त्यहाँ खास शान्ति र सुरक्षा हुनेछ जब म राजा हुन्छु।”
8Then Hezekiah said to Isaiah, “Yahweh’s word which you have spoken is good.” He said moreover, “For there will be peace and truth in my days.”