Nepali

World English Bible

Isaiah

40

1तिमीहरूका परमेश्वरले भन्नुहुन्छ “मेरा मानिसहरूलाई सान्त्वना, सान्त्वना देऊ।
1“Comfort, comfort my people,” says your God.
2यरूशलेमसित नम्र भएर बोल। यरूशलेमलाई भन, “तिमीहरूको सेवाको अवधि सकिएको छ। तिमीहरूले आफ्नो पापको प्रायश्चित गरिसकेका छौ।” परमप्रभुले यरूशलेमलाई उसले गरेको एउटा पापकोलागि दुइपल्ट दण्ड दिनु भएकोछ।
2“Speak comfortably to Jerusalem; and call out to her that her warfare is accomplished, that her iniquity is pardoned, that she has received of Yahweh’s hand double for all her sins.”
3सुन, कोही मानिस चिच्याइरहेको छ! “मरूभूमिमा परमप्रभुका लागि एउटा बाटो तयार गर। मरूभूमिमा हाम्रो परमेश्वरको लागि चिल्लो बाटो बनाऊ।
3The voice of one who calls out, “Prepare the way of Yahweh in the wilderness! Make a level highway in the desert for our God.
4प्रत्येक बेंसी पूर्ण गर प्रत्येक पर्वत र पहाडलाई मैदान बनाऊ। बाङ्गो-टेढो परेका बाटोहरू सोझो बनाऊ। खस्रो मैदानलाई चिल्लो बनाऊ।
4Every valley shall be exalted, and every mountain and hill shall be made low. The uneven shall be made level, and the rough places a plain.
5तब, परमप्रभुको महिमा प्रकट गरिनेछ। अनि सँग-सँगै सारा मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। हो, परमप्रभु, स्वयंले यी कुराहरू भन्नु भएको थियो!”
5The glory of Yahweh shall be revealed, and all flesh shall see it together; for the mouth of Yahweh has spoken it.”
6एउटा आवाजले भन्यो, “बोल।” यसकारण मानिसले भन्यो, “मैले के भन्नु पर्छ?” त्यो आवाजले भन्यो, “तिनीहरू सबै घाँस जस्ता हुन्। तिनीहरूको धर्म जङ्गली फूल जस्तै हो।”
6The voice of one saying, “Cry!” One said, “What shall I cry?” “All flesh is like grass, and all its glory is like the flower of the field.
7परमप्रभुबाट एक प्रवाहपूर्ण वायु घाँसमाथि बहनेछ अनि घाँस मर्नेछ र फुल झर्नेछ।” हो, जम्मै मानिसहरू घाँस जस्तै हुन्।
7The grass withers, the flower fades, because Yahweh’s breath blows on it. Surely the people are like grass.
8घाँस मर्दछ र जङ्गली फूलहरू झर्दछ। तर हाम्रो परमेश्वरको वचन निरन्तर रहिरहन्छ।”
8The grass withers, the flower fades; but the word of our God stands forever.”
9सियोन, भन्नलाई तिमीसँग सुसमाचारहरू छन्। तिमी अल्गो पर्वतमाथि जाऊ र चिच्याउँदै सुसमाचार भन। यरूशलेम, भन्नलाई तिमीसँग सुसमाचार छन्। नडराऊ, कराएर बोल। यी समाचार यहूदाका सारा शहरहरूमा भन “हेर, यहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ।”
9You who tell good news to Zion, go up on a high mountain. You who tell good news to Jerusalem, lift up your voice with strength. Lift it up. Don’t be afraid. Say to the cities of Judah, “Behold, your God!”
10परमप्रभु मेरा मालिक पराक्रमसाथ आइरहनु भएकोछ। उहाँ सबै मानिसहरूमाथि शासन गर्न बल उपयोग गर्नुहुनेछ। परमप्रभुले आफ्ना मानिसहरूको राम्रो कर्मकोलागि पुरस्कार ल्याउनु हुनेछ।
10Behold, the Lord Yahweh will come as a mighty one, and his arm will rule for him. Behold, his reward is with him, and his recompense before him.
11गोठालेले भेडा डोर्याए झैं परमप्रभुले आफ्ना मानिसहरूलाई डोर्याउनु हुनेछ। परमप्रभुले आफ्ना शक्ति चलाउनु हुनेछ अनि आफ्ना भेडाहरू एकत्रित पार्नुहुनेछ। परमप्रभुले साना पाठो उठाउनुहुनेछ अनि आफ्नो पाखुरामा च्याप्नु हुनेछ, तिनीहरूका आमाहरू उहाँको पछाडि हिंड्नेछन्।
11He will feed his flock like a shepherd. He will gather the lambs in his arm, and carry them in his bosom. He will gently lead those who have their young.
12कसले आफ्नो हातको हत्केलामा भरेर समुद्र नाप्यो? कसले आफ्नो हात प्रयोग गरेर आकाशलाई नाप्यो? कसले डालो चलाए पृथ्वीका सारा कणहरू नाप्नलाई? पर्वतहरू र पहाडहरू नाप्नलाई कसले नाप्ने यन्त्र चलायो? यी सबै नाप्ने परमप्रभुमाथि थिए।
12Who has measured the waters in the hollow of his hand, and marked off the sky with his span, and calculated the dust of the earth in a measure, and weighed the mountains in scales, and the hills in a balance?
13कसैले पनि परमप्रभुको आत्मालाई उसले के गर्नु पर्ने, बताएनन्। कसैले पनि उहाँले गरेको कार्य कसरी गर्नु पर्छ बताएनन्।
13Who has directed the Spirit of Yahweh, or has taught him as his counselor?
14के परमप्रभुले कसैबाट सहयोग माग्नु भयो? के कसैले परमप्रभुलाई निष्पक्ष हुनु सिकाए? के कसैले परमप्रभुलाई ज्ञान सिकायो? के कसैले परमप्रभुलाई समझको मार्ग देखायो? होइन! पहिल्यैबाट परमप्रभुलाई ती कुराहरूको ज्ञान थियो।
14Who did he take counsel with, and who instructed him, and taught him in the path of justice, and taught him knowledge, and showed him the way of understanding?
15हेर, यस संसारमा सारा जातिहरू गाग्रीमा रहेको एक थोपा पानी सरह छन्। यदि परमेश्वरले टाढा टाढाका सबै जातिहरूलाई एकसाथ आफ्नो जोख्ने तराजुमा राख्नुभयो भने, पनि तिनीहरू मसिना धूलोका कणहरू जस्तै हुनेछन्।
15Behold, the nations are like a drop in a bucket, and are regarded as a speck of dust on a balance. Behold, he lifts up the islands like a very little thing.
16लबानोनमा भएका जम्मै रूखहरूले पनि परमप्रभुको लागि दाउरा प्रशस्त हुँदैन्। अनि लबनोनका जम्मै पशुहरू होमबलिका तिम्ति प्रशस्त हुँदैन्।
16Lebanon is not sufficient to burn, nor its animals sufficient for a burnt offering.
17परमेश्वरसँग तुलना गर्दा संसारका सारा देश केही पनि होइनन्। परमेश्वरसँग तुलना गर्दा सबै जातिहरू अत्यन्त तुच्छ रहन्छन्।
17All the nations are like nothing before him. They are regarded by him as less than nothing, and vanity.
18के तिमी परमेश्वरलाई अन्य केही थोकसँग तुलना गर्न सक्छौ? अँह! के तिमी परमेश्वरको प्रतिरूप बनाउन सक्छौ? अँह।
18To whom then will you liken God? Or what likeness will you compare to him?
19तर कतिपय मानिसहरूले ढुङ्गा र काठबाट मूर्तिहरू गर्नु बनाउँछन् अनि तिनीहरूलाई देवताहरू भन्छन्। एकजना कारीगरले मूर्ति बनाउँदछ त्यसपछि अर्को कारीगरले त्यसलाई सुनले ढाकिदिंदछ। अनि चाँदीको सिक्रीहरूले त्यसलाई बाँधिदिँदछ। अनि चाँदीको सिक्रीहरूले त्यसलाई बाँधिदिँदछ। अनि चाँदीको सिक्रीहरूले त्यसलाई बाँधिदिँदछ।
19A workman has cast an image, and the goldsmith overlays it with gold, and casts silver chains for it.
20अनि त्यसको आधारको लागि उसले नकुहिने विशेष प्रकारको काठ छान्छ। त्यस पछि उसले काठको खास काम गर्ने कर्मी खोज्दछ। अनि त्यस कारीगरले “देवता” तयार पार्दछ जुन हल्लिएर लडने छैन।
20He who is too impoverished for such an offering chooses a tree that will not rot. He seeks a skillful workman to set up an engraved image for him that will not be moved.
21निश्चय तिमीहरू वास्तविकतालाई जान्दछौ, होइन र? निश्चय तिमीहरूले सुनेका छौ। निश्चय कसैले तिमीहरूलाई धेरै पहिल्यै भनीसकेको छ। निश्चय तिमीहरू जान्दछौ कसले पृथ्वी बनाएको हो।
21Haven’t you known? Haven’t you heard, yet? Haven’t you been told from the beginning? Haven’t you understood from the foundations of the earth?
22परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ। उहाँ पृथ्वीको परिधि भन्दा माथि विराजमान हुन हुन्छ, अनि उहाँसँग तुलना गर्दा मानिसहरू फट्याङ्ग्रा बराबर मात्र हुन्। उहाँले लुगाको टुक्रा बेरे जस्तो आकाशलाई बेर्नु भयो। बस्नलाई पाल टाँगे जस्तो उहाँले आकाशलाई फिँजाउनु भयो।
22It is he who sits above the circle of the earth, and its inhabitants are like grasshoppers; who stretches out the heavens like a curtain, and spreads them out like a tent to dwell in;
23उहाँ शासकहरूलाई महत्वहीन पार्नु हुन्छ। उहाँले पृथ्वीका न्यायधीशहरूलाई सम्पूर्ण रूपले अयोग्य बनाउनु हुन्छ।
23who brings princes to nothing; who makes the judges of the earth like meaningless.
24ती शासकहरू माटोमा रोपिएका बिरूवाहरू जस्ता छन् तर तिनीहरूले माटोमा जराहरू हाल्नु अधि नै परमेश्वरले “बिरूवाहरू” माथि फुक्नु भयो भने तिनीहरू सुक्खा र मृत हुन्छन अनि हावाले तिनीहरूलाई पराल झैं उडाइदिन्छ।
24They are planted scarcely. They are sown scarcely. Their stock has scarcely taken root in the ground. He merely blows on them, and they wither, and the whirlwind takes them away as stubble.
25परमपवित्र परमेश्वरले भन्नुहुन्छ “के कसैसँग तिमीहरू मेरो तुलना गर्न सक्छौ? अँह। मेरो बराबर कोही पनि छैन।
25“To whom then will you liken me? Who is my equal?” says the Holy One.
26माथि आकाशमा हेर, ती ताराहरू कसले रचे? कसले ती सारा ‘सैन्यहरू’ आकाशमा रचे? प्रत्येक ताराको नाउँ कसले जान्दछ? साँचो परमेश्वर अत्यन्त बलवान र शक्तिशाली हुनुहुन्छ यसैले कुनै पनि तारा हराउँदैनन्।”
26Lift up your eyes on high, and see who has created these, who brings out their army by number. He calls them all by name. by the greatness of his might, and because he is strong in power, Not one is lacking.
27हे याकूबका मानिसहरू! यो सत्य हो। इस्राएल यसलाई तिमीहरूले विश्वास गर्नै पर्छ। यसैले तिमी किन भन्छौ “मेरो जीवन शैली परमप्रभुले देख्न सक्नुहुन्न्। परमेश्वरले मलाई भेट्न सक्नुहुन्न र दण्ड दिन सक्नुहुन्न्।”
27Why do you say, Jacob, and speak, Israel, “My way is hidden from Yahweh, and the justice due me is disregarded by my God?”
28निसन्देह तिमी जान्दछौ र सुनेकाछौ कि परमप्रभु परमेश्वर अत्यन्तै बुद्धिमानी हुनुहुन्छ। मानिसहरूले प्रत्येक कुरो सिक्नु सक्तैनन्, उहाँले जान्नु हुन्छ। परमप्रभु थाक्नु हुन्न र आरामको खाँचो पनि पर्दैन। परमप्रभुले पृथ्वीमा सुदूर स्थानहरू बनाउनु भयो परमप्रभु सन्तानका परमेश्वर हुनुहुन्छ।
28Haven’t you known? Haven’t you heard? The everlasting God, Yahweh, The Creator of the ends of the earth, doesn’t faint. He isn’t weary. His understanding is unsearchable.
29परमप्रभुले दुर्वल मानिसहरूलाई बलियो पार्न सहयोग गर्नु भयो। उहाँले नै दुर्वल मानिसहरूलाई शक्तिशाली बनाउनु हुन्छ।
29He gives power to the weak. He increases the strength of him who has no might.
30जवान मानिसहरू थाक्छन र आरामको खाँचो पर्दछ, तन्देरी केटाहरू पनि ढुन्मुनिदै लड्छन्।
30Even the youths faint and get weary, and the young men utterly fall;
31तर तिनीहरू जसले परमप्रभुमाथि भरोसा गर्दछ उ अझ बलियो हुन्छ अनि चीलहरू जस्तै आकासिन्छ। ती मानिसहरू दुर्वल नभई दगुर्छन्। ती मानिसहरू थकित नभई हिँडछन्।
31But those who wait for Yahweh will renew their strength. They will mount up with wings like eagles. They will run, and not be weary. They will walk, and not faint.