1परमप्रभुले मलाई जे भन्नुभयो त्यो यही हो “यर्मिया, जाऊ अनि सुतीको लुगा किनेर। तिम्रो कम्मरमा वरिपरि बाँध। यसलाई भिज्न नदेऊ।”
1Thus says Yahweh to me, Go, and buy yourself a linen belt, and put it on your waist, and don’t put it in water.
2यसकारण परमप्रभुको आज्ञा अनुसार मैले सुती लुगा ल्याएँ अनि कम्मरमा वरिपरि बाँधे।
2So I bought a belt according to the word of Yahweh, and put it on my waist.
3त्यसपछि दोस्रो पल्ट परमप्रभुको सन्देश मकहाँ आयो।
3The word of Yahweh came to me the second time, saying,
4सन्देश यस्तो थियो “यर्मिया, तिमीले किनेका पटुका बाँध र परात नदीमा जाऊ। अनि त्यो पटुका चट्टानहरू चर्केको ठाउँमा लुकाऊ।”
4Take the belt that you have bought, which is on your waist, and arise, go to the Euphrates, and hide it there in a cleft of the rock.
5यसकारण म परात नदीतर्फ लागें परमप्रभुले दिनुभएको आदेश अनुसार पटुका लुकाँए।
5So I went, and hid it by the Euphrates, as Yahweh commanded me.
6धेरै दिन पछि, परमप्रभुले मलाई भन्नुभयो, “अब यर्मिया, परात नदीतर्फ जाऊ। पटुका ल्याऊ जुन मैल तिमीलाई त्याहाँ लुकाउनु भनेको थिए।”
6It happened after many days, that Yahweh said to me, Arise, go to the Euphrates, and take the belt from there, which I commanded you to hide there.
7यसकारण म परात नदीमा गएँ अनि जहाँ मैले पटुका लुकाएको थिएँ त्यो ठाँउमा खनें। मैले पटुका पाएँ तर त्यो मक्किएर काम नलाग्ने भएको थियो।
7Then I went to the Euphrates, and dug, and took the belt from the place where I had hidden it; and behold, the belt was marred, it was profitable for nothing.
8त्यसपछि परमप्रभुको सन्देश मकहाँ आयो।
8Then the word of Yahweh came to me, saying,
9परमप्रभुले यसो भन्नुभयो “त्यसरी नै म यहूदाको गर्व र यरूशलेमको महागर्व ध्वंस पार्नेछु।
9Thus says Yahweh, In this way I will mar the pride of Judah, and the great pride of Jerusalem.
10यी दुष्ट मानिसहरूले मेरा वचनहरू सुन्न अस्वीकार गर्छन। तिनीहरू हठी छन्। तिनीहरू अन्य देवताहरूको अनुसरण गर्छन र तिनीहरूको पूजा गर्छन्। ती मानिसहरू पटुका झैं नष्ट हुनेछन्।
10This evil people, who refuse to hear my words, who walk in the stubbornness of their heart, and are gone after other gods to serve them, and to worship them, shall even be as this belt, which is profitable for nothing.
11एकजना मानिसले आफ्नो कम्मरमा पटुका कस्सेर बाँध्छ। त्यस्तै प्रकारले, म यहूदाका र इस्राएलका मानिसहरूलाई कस्सेर बाँध्नेछु।” यो सन्देश परमप्रभुबाट हो। “मैले त्यसो गरेको कारण ती मानिसहरूलाई म पट्टि खिच्न र आफ्नो नाउँ प्रशंसा र महिमाका निम्ति आफ्नो मानिसहरू बनाउनु हो तर तिनीहरूले सुनेन्।”
11For as the belt clings to the waist of a man, so have I caused to cling to me the whole house of Israel and the whole house of Judah, says Yahweh; that they may be to me for a people, and for a name, and for a praise, and for a glory: but they would not hear.
12“तिनीहरूलाई यो सन्देश भन ‘परमप्रभु इस्राएलका परमेश्वरले भन्नु भएको छ हरेक दाख-मशक दाखरसले भर्नु पर्छ।’ ती मानिसहरूले तिमीलाई भन्छन्, ‘वास्तवमा हामी जान्दछौं हरेक दाख-मशक दाखरसले भर्नु पर्छ।’
12Therefore you shall speak to them this word: Thus says Yahweh, the God of Israel, Every bottle shall be filled with wine: and they shall tell you, Do we not certainly know that every bottle shall be filled with wine?
13तब तिमीहरू तिनीहरूलाई भन्नेछौ, ‘यही नै त परमप्रभुले भन्नुहुन्छ यस देशमा भएका सबै असाहयहरूलाई म जड्याँह जस्तो बनाउने छु। म ती राजाहरूको बारेमा भनिरहेछु जो दाऊदको राजगद्दीमा बस्छन्। म ती पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्नेहरु सबै मानिसहरूका बारेमा भनिरहेको छु।
13Then you shall tell them, Thus says Yahweh, Behold, I will fill all the inhabitants of this land, even the kings who sit on David’s throne, and the priests, and the prophets, and all the inhabitants of Jerusalem, with drunkenness.
14तिनीहरूलाई एक-अर्कामा चकनाचूर पार्नेछु, बाबु छोराहरूमा पनि आपसमा चक्नाचुर हुनेछन्”‘ परमप्रभु भन्नुहुन्छ “‘तिनीहरूका निम्ति म दुखी हुने छैन अनि म तिनीहरूमाथि क्षमा गर्ने छैन। यहूदाका मानिसहरूलाई ध्वंस पार्नु म रोकिने छैन्।”‘
14I will dash them one against another, even the fathers and the sons together, says Yahweh: I will not pity, nor spare, nor have compassion, that I should not destroy them.
15सुन र ध्यान देऊ। परमप्रभु तिमीहरूसित बोल्नु भयो। अंहकारी नहौ।
15Hear, and give ear; don’t be proud; for Yahweh has spoken.
16परमेश्वर आफ्ना परमप्रभुलाई सम्मान् गर। उहाँलाई प्रशंसा गर नत्रता उहाँले अन्धकार ल्याउनु हुनेछ। तिमीहरू अन्धकारको पहाडहरूमा झर्न अगि प्रशंसा गर यहूदाका मानिसहरू तिमीहरूले उज्यालोको आशा गरिरहेछौ। तर परमप्रभुले डरलाग्दो अन्धकार ल्याउनु हुनेछ। उसँले उज्यालोलाई बद्लेर बाक्लो अन्धकार बनाउनु हुनेछ।
16Give glory to Yahweh your God, before he causes darkness, and before your feet stumble on the dark mountains, and, while you look for light, he turns it into the shadow of death, and makes it gross darkness.
17यहूदाका मानिसहरू यदि तिमीहरूले परमप्रभुको कुरालाई ध्यान दिएनौ भने। म लुक्छु अनि रून्छु। तिम्रो गर्वले मलाई रूने बनाउँछ। म धेरै जोडले रूनेछु। मेरो आँखाबाट आँसु बाढी झैं बग्नेछ? किनभने परमेश्वरको भेंडाको बथान पक्राऊ पर्नेछ।
17But if you will not hear it, my soul shall weep in secret for your pride; and my eye shall weep bitterly, and run down with tears, because Yahweh’s flock is taken captive.
18यी कुराहरू राजा र राज-मातालाई भन, “राजगद्दीबाट तल झर’ तिमीहरूको गौरवशाली मुकुट तिमीहरूको शिरबाट खसेको छ।”
18Say to the king and to the queen mother, Humble yourselves, sit down; for your headdresses have come down, even the crown of your glory.
19नेगब मरूभूमिमा भएको शहरहरूका प्रवेशद्वारहरू बन्द छन, अनि कसैले पनि तिनीहरूलाई खोल्न सक्तैनन्। यहूदाका सम्पूर्ण मानिसहरूलाई निर्वासन गरियो। तिनीहरूलाई कैदी जस्तै लगियो।
19The cities of the South are shut up, and there is none to open them: Judah is carried away captive, all of it; it is wholly carried away captive.
20हेर! शत्रुहरू उत्तरबाट आइरहेकाछन्। परमप्रभुले दिनुभएको सुन्दर बथान, तिम्रो ती भेडाका बथानहरू कहाँ छन्?
20Lift up your eyes, and see those who come from the north: where is the flock that was given you, your beautiful flock?
21यदि बथानको विषयमा परमप्रभुले सोध्नु भए तिमी के भन्नेछौ? तिमीहरूले सिकाउनु पर्थ्यो। तिमीहरूले अगुवाई गरिरहेको हुनु पर्ने। के तिमी सुत्केरी पीडामा परेकी स्त्रीहरू झैं छैनौ?
21What will you say, when he shall set over you as head those whom you have yourself taught to be friends to you? shall not sorrows take hold of you, as of a woman in travail?
22यदि तिमीहरू स्वयंलाई सोधे, “किन मलाई यस्तो नराम्रो कुराहरू भयो?” ती कुराहरू तिमीहरूकै पापको कारणले तिम्रो पोशाकहरू च्यातियो अनि तिमीहरू अपमानित भयौ।
22If you say in your heart, Why are these things come on me? for the greatness of your iniquity are your skirts uncovered, and your heels suffer violence.
23जसरी एउटा चितुवाले आफ्नो छालाको थोप्ले दागहरू बद्लाउनु सक्तैन त्यसरी नै एकजना कालो वर्णको मानिसले आफ्नो वर्ण बद्लिन सक्तैन। यसर्थ तिमी दुष्टकर्मीहरू कहिल्यै परिवर्तन हुन र असल गर्न सक्तैनौ।
23Can the Ethiopian change his skin, or the leopard his spots? then may you also do good, who are accustomed to do evil.
24मरूभूमिको हावाले भूस उढाए झैं म तिनीहरूलाई तितर-बितर पारिदिनेछु।
24Therefore will I scatter them, as the stubble that passes away, by the wind of the wilderness.
25मेरो योजनाभित्र गाभिएको यो तिम्रो भाग्य हो। यस्तो संयोक किन घट्यो? किनभने तिमीहरूले मलाई त्याग्यौ अनि झूटो देवताहरूमाथि भरोसा गर्यौ।”
25This is your lot, the portion measured to you from me, says Yahweh; because you have forgotten me, and trusted in falsehood.
26यरूशलेम, म तिम्रो लुगा अनुहार सम्म तानी दिनेछु ताकि प्रत्येकले तिम्रो लाज देखोस्।
26Therefore will I also uncover your skirts on your face, and your shame shall appear.
27मैले तिमीहरूलाई घिनलाग्दा काम गरेको देखेको छु। मैले तिमीहरूलाई वेश्यावृति झैं पहाडमा र मैदानमा आफ्नी प्रेमिकाहरूलाई अति आनन्दसित व्यभिचार काममा मस्त भएको देखेको छु।”
27I have seen your abominations, even your adulteries, and your neighing, the lewdness of your prostitution, on the hills in the field. Woe to you, Jerusalem! You will not be made clean; how long shall it yet be?