1खडेरीको बारेमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो
1The word of Yahweh that came to Jeremiah concerning the drought.
2“यहूदा शोक गर्छ, उसको प्रवेशद्वारहरू कमजोर भएको छन्। मानिसहरू भूइँमा लडेर शोक मनाउँछन अनि यरूशलेमको चित्कार आकासिन्छ।
2Judah mourns, and its gates languish, they sit in black on the ground; and the cry of Jerusalem is gone up.
3मानिसहरूका नायकहरूले आफ्ना नोकरहरूलाई पानी लिनुलाई पठाए। नोकरहरू इनारमा गए तर तिनीहरूले पानी पाएनन्। नोकरहरू रित्तो जगहरू लिएर फर्की आए। यसकरण तिनीहरू लज्जित अनि अपमानित भए। तिनीहरूले लाजले आफ्नो अनुहार लुकाए।
3Their nobles send their little ones to the waters: they come to the cisterns, and find no water; they return with their vessels empty; they are disappointed and confounded, and cover their heads.
4अनावृष्टि भएको कारण किसानहरूले खेतमा हलो जोतेनन्। यसर्थ तिनीहरूले लाजले आफ्नो मुख छोपे।
4Because of the ground which is cracked, because no rain has been in the land, the plowmen are disappointed, they cover their heads.
5माऊ मृगले सम्म आफूले भखर जन्माएको पाठा-पाठीहरू छोडछे। त्यहाँ घाँस नभएकोले त्यसले त्यसो गरकी हो।
5Yes, the hind also in the field calves, and forsakes her young, because there is no grass.
6जंगली गधाहरूले स्यालहरूले झैं पहाडमा उभिएर हावा लिदैंछन्। चर्ने र्खकमा हरियो नभएको कारण तिनीहरूको आँखा तिर्मिराउँछन्।”
6The wild donkeys stand on the bare heights, they pant for air like jackals; their eyes fail, because there is no herbage.
7“हे परमप्रभु! हाम्रो अर्ध मेले हामीलाई देखे तापनि आफ्नो नाउँको गौरवका निम्ति केही गर्नु होस्। हामी भन्छौ कि हामीले धेरै पल्ट तपाईंलाई त्यागेका हौं अनि तपाईंको विरूद्ध पापहरू गरेका छौं।
7Though our iniquities testify against us, work for your name’s sake, Yahweh; for our backslidings are many; we have sinned against you.
8हे परमेश्वर! तपाईं इस्राएलको आशा हुनुहुन्छ। संकटको समयमा धेरै चोटी तपाईंले इस्राएललाई बचाउनु भएको छ। तर अहिले यस ठाउँमा तपाईं विदेशी झैं देखिनु हुन्छ। तपाईंलाई रात बिताउने यात्री झैं लाग्छ।
8You hope of Israel, its Savior in the time of trouble, why should you be as a foreigner in the land, and as a wayfaring man who turns aside to stay for a night?
9किन तपाईं भ्रममा परेको मानिस झैं देखिनु हुन्छ? तपाईंले कसैलाई पनि बचाउँनु हातमा नरहेका सेना झैं हुनुहुन्छ। तर हे परमप्रभु। तपाईं हाम्रो साथमा हुनुहुन्छ। हामी तपाईंको नाउँले बोलाइन्छौं। हामीलाई असहाय नछोडनु होस्।”
9Why should you be like a scared man, as a mighty man who can’t save? Yet you, Yahweh, are in the midst of us, and we are called by your name; don’t leave us.
10यसर्थ परमप्रभुले मानिसहरूलाई भन्नुहुन्छ। “तिनीहरूले मलाई त्याग्नु र टाढा जान मन पराउँछन्। मलाई त्याग्नु तिनीहरू आफैलाई रोक्दैनन्। यही कारणले परमप्रभुले तिनीहरूलाई स्वीकार गर्नु भएन। होइन, परमप्रभुले तिनीहरूको दुष्टकर्म स्मरण गर्नुहुन्छ र तिनीहरूको पापले गर्दा सजाय दिनु हुनेछ।”
10Thus says Yahweh to this people, Even so have they loved to wander; they have not refrained their feet: therefore Yahweh does not accept them; now he will remember their iniquity, and visit their sins.
11तब परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, यी मानिसहरूको लागि मलाई प्रार्थना नगर।
11Yahweh said to me, Don’t pray for this people for their good.
12यहूदाका मानिसहरूले उपवास गर्न सक्लान अनि मलाई प्रार्थना गर्लान, तर म तिनीहरूका प्रार्थनाहरू सुन्ने छैन्। यदि तिनीहरूले होमबली र अन्नबलि चढाए तापनि म ती मानिसहरूलाई स्वीकार गर्ने छैन। म यहूदाका मानिसहरूलाई युद्धले ध्वंस गर्ने छु। म तिनीहरूका भोजन लगिदिने छु, अनि यहूदाका मानिसहरू भोको हुनेछन। अनि म तिनीहरूलाई डरलाग्दो रोगहरूले विनाश गरी दिनेछु।”
12When they fast, I will not hear their cry; and when they offer burnt offering and meal offering, I will not accept them; but I will consume them by the sword, and by the famine, and by the pestilence.
13तर मैले परमप्रभुलाई भनें, “हे परमप्रभु मेरो मालिक! अगमवक्ताहरूले तिनीहरूलाई भन्छन्, ‘तिमीहरूलाई शत्रुहरूको तरवारले चोट लाग्ने छैन। तिमीहरू अनिकाल ग्रस्त हुनेछैनौ। परमप्रभुले तिमीहरूलाई यस भूमिमा शान्ति प्रदान गर्नु हुनेछ।”‘
13Then I said, Ah, Lord Yahweh! behold, the prophets tell them, You shall not see the sword, neither shall you have famine; but I will give you assured peace in this place.
14तब परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया! अगमवक्ताहरूले मेरो नाउँमा झूटो प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाइन। मैले तिनीहरूलाई न आदेश दिएँ न त तिनीहरूसित बात नै मारें। ती अगमवक्ताहरूले झूटो दर्शन, महत्वहीन मन्त्र-तन्त्र कुराको र तिनीहरूका आफ्नै भूल विचारहरू तिमीहरूलाई दिइरहेका छन्।
14Then Yahweh said to me, The prophets prophesy lies in my name; I didn’t send them, neither have I commanded them, neither spoke I to them: they prophesy to you a lying vision, and divination, and a thing of nothing, and the deceit of their own heart.
15यसकारण यस्तै अगमवक्ताहरूको बारेमा भन्छु कि तिनीहरूले मेरो नाउँमा प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाएको होइन। ती अगमवक्ताहरूले भने, ‘कुनै शत्रुले पनि आफ्ना तरवारहरूसित यस राज्यमा कहिले आक्रमण गर्ने छैन। यस देशमा कोही पनि कहिल्यै भोको रहने छैन्।’ ती अगमवक्ताहरू भोकले मर्नेछन् अनि शत्रुको तरवारद्वारा मारिने छन।
15Therefore thus says Yahweh concerning the prophets who prophesy in my name, and I didn’t send them, yet they say, Sword and famine shall not be in this land: By sword and famine shall those prophets be consumed.
16जुन मानिसहरूसित अगमवक्ताहरू बोले तिनीहरूलाई यरूशलेमको गल्लीमा फ्याकिनेछ। ती मानिसहरू भोक र तरवारद्वारा शेष हुनेछन। त्यहाँ तिनीहरूलाई दफन गर्नेहरू केही पनि हुने छैन, तिनीहरूका पत्नीहरू अथवा तिनीहरूका छोरा-छोरीहरू पनि हुनेछैनन्। म तिनीहरूलाई तिनीहरूका दुष्ट कर्महरूका निम्ति दण्ड दिनेछु।
16The people to whom they prophesy shall be cast out in the streets of Jerusalem because of the famine and the sword; and they shall have none to bury them—them, their wives, nor their sons, nor their daughters: for I will pour their wickedness on them.
17“तिनीहरूमा यी वचनहरू घोषणा गर, ‘मेरा आँखाहरू आँसुले भरिएका छन्। म मेरा मानिसहरूको महाध्वंस र तिनीहरूको गहिरो चोटहरूको लागि लगातार रात-दिन रोइरहेको छु।
17You shall say this word to them, Let my eyes run down with tears night and day, and let them not cease; for the virgin daughter of my people is broken with a great breach, with a very grievous wound.
18यदि म देशभित्र गएँ भने म तरवारद्वारा मारिएका मानिसहरू देख्छु। यदि म शहरभित्र पसें भने म बिरामीहरू जसको खाने कुराहरू छैन तिनीहरूलाई देख्छु। पूजाहारीहरू र अगमवक्ताहरू त्यही भूमिबाट जान्छन तर तिनीहरूले बुझ्दैनन्।”‘
18If I go forth into the field, then, behold, the slain with the sword! and if I enter into the city, then, behold, those who are sick with famine! for both the prophet and the priest go about in the land, and have no knowledge.
19“हे परमप्रभु, के तपाईंले यहूदा राज्यलाई सम्पूर्णरूपले त्याग्नु भयो? हे परमेश्वर, के तपाईंले सियोनलाई घृणा गर्नुहुन्छ? तपाईंले यस्तो प्रकारले हामीलाई घात गर्नुभयो कि फेरि हामी ठीक हुन सक्तैनौं। हामी शान्तिको प्रतीक्षा गरिरहेका छौं, तर कुनै लाभ भएको छैन। हामी निको हुने समय पर्खिरहेका छौ, तर त्रास मात्र पो आउँछ।
19Have you utterly rejected Judah? has your soul loathed Zion? why have you struck us, and there is no healing for us? We looked for peace, but no good came; and for a time of healing, and behold, dismay!
20हे परमप्रभु, हामी जान्दछौ कि हामी दुष्ट मानिसहरू हौं। हामी जान्दछौ कि हाम्रा पिता-पुर्खाहरूले अधर्म कामहरू गरे। हो, हामीले तपाईंको विरूद्ध पाप गर्यौं।
20We acknowledge, Yahweh, our wickedness, and the iniquity of our fathers; for we have sinned against you.
21हे परमप्रभु, तपाईंको नाउँको लागि हामीलाई तिरस्कार नगर्नुहोस्। महिमामय सिंहासनमाथि अपमान नल्याउनु होस्। हामीसित रहेको तपाईंको करार भंग नपार्नुहोस्।
21Do not abhor us, for your name’s sake; do not disgrace the throne of your glory: remember, don’t break your covenant with us.
22विदेशी मूर्तिहरूसँग पानी पार्ने शक्ति छैन। आकाशले पानी वर्षाउने शक्ति पाँउदैन। हे परमप्रभु, हाम्रा परमेश्वर! तपाईं नै हाम्रो आशा हुनुहुन्छ। तपाईं मात्र एकजना हुनुहुन्छ जसले यी सब कर्महरू गर्नुसक्छ।”
22Are there any among the vanities of the nations that can cause rain? or can the sky give showers? Aren’t you he, Yahweh our God? therefore we will wait for you; for you have made all these things.