Nepali

World English Bible

Numbers

20

1पहिलो महीनामा इस्राएलका मानिसहरू जीन मरूभूमिमा आइपुगे। मानिसहरू कादेशमा बसे अनि त्यही मरियम मरिन् र त्यही ठाउँमा गाडे।
1The children of Israel, even the whole congregation, came into the wilderness of Zin in the first month: and the people stayed in Kadesh; and Miriam died there, and was buried there.
2त्यस ठाँउमा समुदायको निम्ति पानी थिएन यसकारण मानिसहरू मोशा र हारूनलाई आरोप लगाउन भेला भए।
2There was no water for the congregation: and they assembled themselves together against Moses and against Aaron.
3मानिसहरूले मोशासित झगडा गरेर भने, “जब परमप्रभुको अगाडी हाम्रा दाज्यू-भाईहरू मरे, त्यही समय हामी पनि मर्नु पर्थ्यो।
3The people strove with Moses, and spoke, saying, “We wish that we had died when our brothers died before Yahweh!
4तिमीहरूले किन परमप्रभुको मानिसहरूलाई यस मरूभूमिमा ल्यायौ? के हामी र हाम्रो पशुहरूलाई मार्न चहान्छौ?
4Why have you brought the assembly of Yahweh into this wilderness, that we should die there, we and our animals?
5अनि किन यस्तो खराब ठाँउमा ल्याउन हामीलाई मिश्र देशदेखि अगुवाई गर्यो? यस ठाँउमा अन्न हुँदैन, नेभारा, दाख अनि अनारहरू पनि हुँदैन। अनि यहाँ पिउनको निम्ति पानी पनि छैन।”
5Why have you made us to come up out of Egypt, to bring us in to this evil place? It is no place of seed, or of figs, or of vines, or of pomegranates; neither is there any water to drink.”
6यसर्थ मोशा र हारून मानिसहरूको समुदायबाट भेट हुने पालको प्रवेशद्वारमा गए। तिनीहरूले तिनीहरूको शिर भूँईमा निहुरयाए अनि परमप्रभुको महिमा तिनीहरू सामुन्ने देखा पर्यो।
6Moses and Aaron went from the presence of the assembly to the door of the Tent of Meeting, and fell on their faces: and the glory of Yahweh appeared to them.
7परमप्रभुले मोशालाई भन्नुभयो,
7Yahweh spoke to Moses, saying,
8“तिमी र तिम्रा दाज्यू हारूनले त्यो लौरो लेऊ र मानिसहरूलाई भेला गर अनि तिनीहरूको सामुन्नेको चट्टानसित बोल। तब चट्टानले तिमीहरूलाई पानी दिनेछ। यसरी मानिसहरू र तिनीहरूको पशुहरूको निम्ति तिमीहरूले चट्टानबाट पानी दिन सक्छौ।”
8“Take the rod, and assemble the congregation, you, and Aaron your brother, and speak to the rock before their eyes, that it give forth its water; and you shall bring forth to them water out of the rock; so you shall give the congregation and their livestock drink.”
9यसकारण परमप्रभुले उसलाई आज्ञा दिनु भए बमोजिम मोशाले परमप्रभुको अघिबाट लौरो लिए।
9Moses took the rod from before Yahweh, as he commanded him.
10त्यसपछि मोशा र हारूनले मानिसहरूलाई चट्टानको सामुन्ने भेला गराए। तब मोशाले तिनीहरूलाई भने, “तिमीहरू विद्रोही हो। सुन, के हामीले तिमीहरूको निम्ति यो चट्टानबाट पानी ल्याउनु?”
10Moses and Aaron gathered the assembly together before the rock, and he said to them, “Hear now, you rebels; shall we bring you water out of this rock for you?”
11तब मोशाले हात उठाएर त्यस चट्टान माथि दुइ पल्ट आफ्नौ लौरोले हिर्काए अनि प्रशस्त पानी बाहिर निस्कयो। मानिसहरू र पशुहरूले पानी पिए।
11Moses lifted up his hand, and struck the rock with his rod twice: and water came forth abundantly, and the congregation drank, and their livestock.
12त्यसपछि परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “इस्राएलका सबै मानिसहरू यहाँ भेला भएका थिए तर तिमीहरूले म प्रति सम्मान देखाएनौ। तिमीहरूले इस्राएलका मानिसहरूलाई त्यो पानी निक्लने शक्तिको श्रोत म हुँ भन्ने देखाएनौ। तिमीहरूले उनीहरूलाई यो देखाएनौ की तिमीहरूले म माथि भरोसा गर्यौ। यसकारण यी समुदायलाई मैले दिन्छु भनेको भूमिमा लैजान अगुवाई गर्न पाउने छैनौ।”
12Yahweh said to Moses and Aaron, “Because you didn’t believe in me, to sanctify me in the eyes of the children of Israel, therefore you shall not bring this assembly into the land which I have given them.”
13यही ठाँउलाई मरीबाको पानी भनिन्छ जहाँ इस्राएलका मानिसहरूले परमप्रभु अघि विद्रोह गरेका थिए अनि परमप्रभुले यहाँ नै इस्राएली मानिसहरूको बीचमा आफू पवित्र हुँ भन्ने देखाउनु भएको थियो।
13These are the waters of Meribah; because the children of Israel strove with Yahweh, and he was sanctified in them.
14मोशाले कादेशबाट एदोमको राजाकहाँ यो समाचार पुर्याउन दूतहरू पठाए। तपाईंको भाई इस्राएलले यसो भन्छ, “हामीमाथि आई परेका आफ्दहरू तपाईंलाई थाहा छ।
14Moses sent messengers from Kadesh to the king of Edom, saying: “Thus says your brother Israel: You know all the travail that has happened to us:
15धेरै वर्ष अघि हाम्रा पुर्खाहरू मिश्र देश गएका थिए अनि हामी त्यहाँ धेरै समय सम्म बस्यौं। मिश्र देशका मानिसहरू हामी प्रति निष्ठुर थिए।
15how our fathers went down into Egypt, and we lived in Egypt a long time; and the Egyptians dealt ill with us, and our fathers:
16तर हामीले परमप्रभुलाई सहायता माग्यौं। परमप्रभुले हाम्रो बिन्ति सुन्नु भयो र एउटा स्वर्गदूत हामीकहाँ पठाउनु भयो, परमप्रभुले हामीलाई मिश्र देशबाट बाहिर ल्याउनु भएको छ। “अहिले हामी तपाईंको सिमान कादेशमा छौं।
16and when we cried to Yahweh, he heard our voice, and sent an angel, and brought us forth out of Egypt: and behold, we are in Kadesh, a city in the uttermost of your border.
17दया गरी हामीलाई तपाईंको भूमि भएर यात्रा गर्न दिनुहोस्। हामी खेत तथा दाखबारी भएर जानेछैनौं, त्यस ठाँउको कुवाहरूबाट पानी पिउँने छैनौं, हामी केवल राजमार्गमा हिड्नेछौं, कतै दायाँ बाया जाने छैनौं। जब सम्म तपाईंको देशमा यात्रा गर्छौ हामी बाटोमा नै रहनेछौं।”
17“Please let us pass through your land: we will not pass through field or through vineyard, neither will we drink of the water of the wells: we will go along the king’s highway; we will not turn aside to the right hand nor to the left, until we have passed your border.”
18तर एदोमका राजाले उत्तर दिए, “हाम्रो देश भएर तिमीहरू यात्रा गर्न पाउँदैनौ। यदि हिड्ने चेष्टा गरे हामी तरबार लिएर तिमीहरूसित लडन आउनेछौं।”
18Edom said to him, “You shall not pass through me, lest I come out with the sword against you.”
19इस्राएलीहरूले उत्तर दिए, “हामी खाली मूलबाटै भएर मात्र जानेछौं। अनि यदि हाम्रा पशुहरूले कुनै पानी पिए त्यसको मोल तिर्नेछौ। हामी खाली तपाईंको देशको बाटोमा हिड्न चाहान्छौं, हाम्रो निम्ति अरू केही चाहिंदैन।”
19The children of Israel said to him, “We will go up by the highway; and if we drink of your water, I and my livestock, then will I give its price: let me only, without doing anything else, pass through on my feet.”
20तर फेरि एदोमले उत्तर दिए, “हाम्रो देशमा तिमीहरूलाई आउन दिंदैनौं।” तब एदोमले शक्तिशाली धेरै सेनाहरू भेला पारेर इस्राएलका मानिसहरूसित युद्ध गर्न निस्के।
20He said, “You shall not pass through.” Edom came out against him with many people, and with a strong hand.
21एदोमले इस्राएलका मानिसहरूलाई आफ्नो भूमिको बाटोबाट यात्रा गर्न दिएनन् तिनीहरू अर्कै बाटो भएर गए।
21Thus Edom refused to give Israel passage through his border, so Israel turned away from him.
22इस्राएलका सबै मानिसहरूले कादेशबाट होर पर्वत सम्म यात्रा गरे।
22They traveled from Kadesh: and the children of Israel, even the whole congregation, came to Mount Hor.
23होर पर्वत एदोमको सिमाना नजिक थियो। परमप्रभुले मोशालाई भन्नुभयो,
23Yahweh spoke to Moses and Aaron in Mount Hor, by the border of the land of Edom, saying,
24“अब हारून उसको पुर्खाहरूसित मिल्नेछ। तिमी र हारूनले मरीबाको पानीमा मैले दिएको आज्ञा पालन नगरेकोले मैले इस्राएलका मानिसहरूलाई दिन्छु भनेको भूमिमा तिमीहरू पस्न पाउने छैनौ।
24“Aaron shall be gathered to his people; for he shall not enter into the land which I have given to the children of Israel, because you rebelled against my word at the waters of Meribah.
25“अब हारून र तिनका छोरो एलाजारलाई होर पर्वतमा लिएर आऊ।
25Take Aaron and Eleazar his son, and bring them up to Mount Hor;
26हारूनको लुगा खोलेर उसको छोरो एलाजारलाई लगाई देऊ। हारून त्यहाँ पर्वतमा मर्छ र आफ्नो पिता-पुर्खाहरूसित मिल्न जान्छ।”
26and strip Aaron of his garments, and put them on Eleazar his son: and Aaron shall be taken, and shall die there.”
27मोशाले परमप्रभुको आज्ञा पालन गरे। मोशा, हारून र एलाजार होर पर्वतमा गए। सबै इस्राएली मानिसहरूले तिनीहरू गएको देखे।
27Moses did as Yahweh commanded: and they went up into Mount Hor in the sight of all the congregation.
28मोशाले हारूनको खास लुगाहरू फुकाइदिएर एलाजारलाई लगाई दिए। त्यसपछि हारून त्यहीं पर्वतमा मरे अनि मोशा र एलाजार पर्वतबाट तल झरे।
28Moses stripped Aaron of his garments, and put them on Eleazar his son; and Aaron died there on the top of the mountain: and Moses and Eleazar came down from the mountain.
29हारून मरेको इस्राएलका सबै मानिसहरूले चाल पाए अनि तीस दिनसम्म शोक पालन गरे।
29When all the congregation saw that Aaron was dead, they wept for Aaron thirty days, even all the house of Israel.