Nepali

World English Bible

Numbers

21

1आरादाका कनानी राजा नेगेवमा बस्थे। उनले इस्राएली मानिसहरू अटारीमको बाटो भएर आउँदैछन् भन्ने चाल पाए। यसर्थ तिनी गएर इस्राएली मानिसहरू माथि आक्रमण गरे। तिनले केही मानिसहरूलाई पक्राऊ गरेर कैद गरे।
1The Canaanite, the king of Arad, who lived in the South, heard tell that Israel came by the way of Atharim; and he fought against Israel, and took some of them captive.
2तब इस्राएलका मानिसहरूले विशेष भाकल गरी परमप्रभुलाई पुकारेः “हे परमप्रभु, दया गरी हामीलाई यी मानिसहरूमाथि विजय गराई दिनुहोस् र हामी तिनीहरूको शहरहरू नष्ट पारी दिनेछौ।”
2Israel vowed a vow to Yahweh, and said, “If you will indeed deliver this people into my hand, then I will utterly destroy their cities.”
3परमप्रभुले इस्राएलीहरूको पुकार मान्नु भयो र कनानीहरूलाई जित्न तिनीहरूलाई सहायता गर्नु भयो। इस्राएलीहरूले तिनीहरू र तिनीहरूका शहर सम्पूर्ण ध्वंश पारे। यसर्थ त्यस ठाँउको नाम होर्मा राखियो।
3Yahweh listened to the voice of Israel, and delivered up the Canaanites; and they utterly destroyed them and their cities: and the name of the place was called Hormah.
4इस्राएली मानिसहरू होर पर्वत छोडेर लाल समुद्र जाने बाटोमा हिड्न लागे। तिनीहरूले एदोम देश वरिपरि जानलाई त्यो बाटो गए। तर मानिसहरू धैर्यहीन भईसकेका थिए।
4They traveled from Mount Hor by the way to the Red Sea , to compass the land of Edom: and the soul of the people was much discouraged because of the way.
5मानिसहरूले परमेश्वर र मोशाको विरोधमा कुरा गरे। तिनीहरूले भने, “यो मरूभूमिमा मर्नुको निम्ति किन हामीलाई मिश्र देशबाट ल्याइयो? कारण यहाँ न त पानी छ न रोटी। तुच्छ खाना अथवा रोटी खाँदा खाँदा वाक्क भई सक्यो।”
5The people spoke against God, and against Moses, “Why have you brought us up out of Egypt to die in the wilderness? For there is no bread, and there is no water; and our soul loathes this light bread.”
6यसर्थ परमप्रभुले मानिसहरूको माझमा विषालु सर्पहरू पठाईदिनुभयो र तिनीहरूले धेरै मानिसहरूलाई डसेर मार्यो। यसरी इस्राएलका धेरै मानिसहरू मरे।
6Yahweh sent fiery serpents among the people, and they bit the people; and many people of Israel died.
7मानिसहरू आएर मोशासंग भने, “हामी जान्दछौं परमप्रभु र तपाईंको विरोधमा बोलेर हामीले पाप गर्यौं। परमप्रभुसित प्रार्थना गरेर यी सर्पहरू फर्काउन लगाईदिनु होस्।” यसकारण मोशाले मानिसहरूको निम्ति प्रार्थना गरे।
7The people came to Moses, and said, “We have sinned, because we have spoken against Yahweh, and against you. Pray to Yahweh, that he take away the serpents from us.” Moses prayed for the people.
8परमप्रभुले मोशालाई भन्नुभयो, “काँसाको एउटा सर्प बनाऊ र खम्बा माथि राख। सर्पबाट डसिएको कुनै व्यक्तिले त्यो खम्बामाथि राखिएको काँसाको सर्पलाई हेर्छ त्यो मर्ने छैन।”
8Yahweh said to Moses, “Make a fiery serpent, and set it on a standard: and it shall happen, that everyone who is bitten, when he sees it, shall live.”
9यसकारण मोशाले परमप्रभुको आज्ञा मानी एउटा काँसाको सर्प बनाई खम्बामाथि राखे। त्यसपछि जब कुनै व्यक्तिलाई सर्पले टोके उसले त्यो खम्बा माथि राखिएको काँसाको सर्पलाई हेर्थ्यो र त्यो बाँच्थ्यो।
9Moses made a serpent of brass, and set it on the standard: and it happened, that if a serpent had bitten any man, when he looked to the serpent of brass, he lived.
10इस्राएली मानिसहरूले त्यो ठाँउ छोडे अनि ओबोतमा छाउनी हाले।
10The children of Israel traveled, and encamped in Oboth.
11त्यसपछि तिनीहरूले ओबोतबाट हिंडी मोआबको पूर्वमा रहेको मरूभूमि ऐ अबारीममा छाउनी हाले।
11They traveled from Oboth, and encamped at Iyeabarim, in the wilderness which is before Moab, toward the sunrise.
12तिनीहरूले त्यो ठाँउ पनि छाडी जेरोद बेंसीमा छाउनी हाले।
12From there they traveled, and encamped in the valley of Zered.
13त्यहाँबाट पनि गई अर्नोन नदी पारीको मरूभूमिमा छाउनी हाले। यो नदी एमोरीहरूको सिमानाबाट शुरू हुन्थ्यो। त्यो बेंसीमा मोआब र एमोरीहरू बीचको सिमान थियो।
13From there they traveled, and encamped on the other side of the Arnon, which is in the wilderness, that comes out of the border of the Amorites: for the Arnon is the border of Moab, between Moab and the Amorites.
14यसकारण परमप्रभुको युद्धको पुस्तकमा यी कुरा लेखिएका छन्। “अनि सूपामा वाहेब अनि अर्नोनको बेंसी
14Therefore it is said in the book of the Wars of Yahweh, “Vaheb in Suphah, the valleys of the Arnon,
15अनि बेंसीहरूको आरको भिरालोहरू वासस्थान पट्टि जो मोआबको सिमानामा अवस्थित छन्।”
15the slope of the valleys that incline toward the dwelling of Ar, leans on the border of Moab.”
16इस्राएलका मानिसहरू त्यस ठाँउ छाडेर बेओर तिर गए। यस ठाँउमा कूवा थियो र परमप्रभुले मोशालाई भन्नु भयो, “मानिसहरूलाई भेला गरेर ल्याऊ, म तिनीहरूलाई पानी दिनेछु।”
16From there they traveled to Beer: that is the well of which Yahweh said to Moses, “Gather the people together, and I will give them water.”
17तब इस्राएलका मानिसहरूले यो गीत गाए। “हे कूवा पानीसित बग्छ। यस विषयमा गीत गाओ।
17Then sang Israel this song: “Spring up, well; sing to it:
18महान व्यक्तिले यो कूवा खने। महान नायकहरूले यो कूवा खने। तिनीहरूले आफ्नो भारदारहरूसंग हिंड्ने लहुरोहरूले यो कूवा खने। मरूभूमिमा एउटा उपहार रहेको छ।” यसर्थ मानिसहरूले त्यो कुवाको नाम “मत्ताना” राखे।
18the well, which the princes dug, which the nobles of the people dug, with the scepter, and with their poles.” From the wilderness they traveled to Mattanah;
19मानिसहरू मत्तानाबाट नहलीएल गए। त्यसपछि तिनीहरू नहलीएलबाट बामोत गए।
19and from Mattanah to Nahaliel; and from Nahaliel to Bamoth;
20बामोतबाट मानिसहरू फेरि मोआब बेंसी गए। यस ठाँउमा पिसगा पर्वतको टुप्पो मरूभूमि माथि देखिन्छ।
20and from Bamoth to the valley that is in the field of Moab, to the top of Pisgah, which looks down on the desert.
21इस्राएलले आफ्नो केही मानिसहरू एमोरीहरूका राजा सीहोन कहाँ पठाए। ती मानिसहरूले राजालाई भने,
21Israel sent messengers to Sihon king of the Amorites, saying,
22“हामीहरूलाई तपाईंहरूको देश भएर जान दिनुहोस्। हामी तपाईंको दाखबारीहरू तथा खेतमा पस्ने छैनौ, तपाईंको पोखटीबाट पानी पिउने छैनौं। जब सम्म हामी तपाईंको देशको सिमानामा पुग्दैनौं हामी मूल बाटोमा रहने छौं।”
22“Let me pass through your land: we will not turn aside into field, or into vineyard; we will not drink of the water of the wells: we will go by the king’s highway, until we have passed your border.”
23तर सीहोनले इस्राएललाई तिनको राज्यको सिमाना भित्रबाट हिड्नु दिएनन् अनि आफ्ना मानिसहरूलाई भेला पारेर इस्राएललाई मरूभूमिमा आक्रमण गर्न आए। तिनी यहससम्म आए अनि इस्राएलीहरूसित लडाँई गरे।”
23Sihon would not allow Israel to pass through his border: but Sihon gathered all his people together, and went out against Israel into the wilderness, and came to Jahaz; and he fought against Israel.
24तर इस्राएलीहरूले तिनलाई तरवारको टुप्पोले घोचेर मारे अनि तिनको भूमि अर्नोन नदीदेखि यब्बोक नदी सम्म कब्जा गरे। तिनीहरूले अम्मोनीहरूको सिमानासम्म मात्र लिएर रोकिए कारण अम्मोनीहरूले आफ्नो सिमाना बलियो गरी सुरक्षा गरेका थिए।
24Israel struck him with the edge of the sword, and possessed his land from the Arnon to the Jabbok, even to the children of Ammon; for the border of the children of Ammon was strong.
25यसकारण इस्राएलले एमोरीहरूको सबै शहरहरू कब्जामा लिएर त्यहीं बस्न शुरू गरे। तिनीहरूले हेशबोन र त्यसको वरिपरिको साना साना शहरहरू पनि आफ्नो अधीनमा लिए।
25Israel took all these cities: and Israel lived in all the cities of the Amorites, in Heshbon, and in all its towns.
26हेशबोन त्यो शहर हो जहाँ अम्मोरीहरूका राजा सीहोन बस्थे। सीहोनले मोओबका राजासित युद्ध गरी तिनको भूमि अर्नोन नदीसम्म कब्जामा लिएका थिए।
26For Heshbon was the city of Sihon the king of the Amorites, who had fought against the former king of Moab, and taken all his land out of his hand, even to the Arnon.
27यसैकारण गाइनेहरूले यो गीत गाँउछन्। तिमीहरू हेशबोन शहरमा आऊ, यो पुर्नस्थापित होस्। सीहोन शहर फेरि बनियोस्।
27Therefore those who speak in proverbs say, “Come to Heshbon. Let the city of Sihon be built and established;
28किनभने हेशबोन शहरबाट आगो शुरू भएर एउटा ज्वाला सीहोन शहरबाट शुरू भयो। यसले अर र मोआबलाई ध्वंश पार्यो। यसले अर्नोन माथिका उच्च पर्वतहरू जलायो।
28for a fire has gone out of Heshbon, a flame from the city of Sihon. It has devoured Ar of Moab, The lords of the high places of the Arnon.
29ए मोआब तँलाई धिक्कार छ। ए कमोशका प्रजाहरू हो तिमीहरू नष्ट भयौ। यसले आफ्नो छोराहरूलाई भगौटे बनाएर र छोरीहरूलाई कैद गराएर, एमोरीहरूका राजा सीहोनलाई दिएको छ।
29Woe to you, Moab! You are undone, people of Chemosh! He has given his sons as fugitives, and his daughters into captivity, to Sihon king of the Amorites.
30तर हामीले ती एमोरीहरूलाई जितेका छौं। हेशबोन देखि दीबोनसम्मै, ध्वंश भयो, र हामीले मेदेबाको नजीक नोपा सम्म, तिनीहरूको शहरहरू नष्ट पारेका छौं।
30We have shot at them. Heshbon has perished even to Dibon. We have laid waste even to Nophah, Which reaches to Medeba.”
31यसकारण इस्राएलीहरूले एमोरीहरूको भूमि दखल गरे।
31Thus Israel lived in the land of the Amorites.
32मोशाले याजेरको शहरमा खूपियाहरू पठाए। मोशाले यसो गरे पछि इस्राएलीहरूले त्यसका वरिपरिका शहरहरू अधीनमा ल्याए अनि एमोरीहरूलाई लखेटे।
32Moses sent to spy out Jazer; and they took its towns, and drove out the Amorites who were there.
33त्यसपछि इस्राएलीहरू बाशानतिर जाने बाटो लागे। बाशानका राजा ओग आफ्नो सेनाहरू लिएर इस्राएलीहरूलाई भेटन अघि बढे अनि एद्रईमा तिनीहरूसित युद्ध गरे।
33They turned and went up by the way of Bashan: and Og the king of Bashan went out against them, he and all his people, to battle at Edrei.
34तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो राजासित नडराऊ, म तिमीलाई जिताउनेछु। हेशबोनमा बस्ने एमोरीहरूका राजा सीहोनलाई जुन व्यवहार गरेका थियौ ओगसित पनि त्यही गर। उसको सबै सेनाहरू र भूमि अधीनमा पार।”
34Yahweh said to Moses, “Don’t fear him: for I have delivered him into your hand, and all his people, and his land; and you shall do to him as you did to Sihon king of the Amorites, who lived at Heshbon.”
35यसर्थ इस्राएलीहरूले राजा ओग र उसको सेनाहरूलाई परास्त पारे अनि तिनीहरूले उसको छोराहरू, सेनाहरू तथा उसलाई पनि मारेर उसको भूमि अधीनमा लिए।
35So they struck him, and his sons and all his people, until there was none left him remaining: and they possessed his land.