1जब परमप्रभुले मेरो प्रार्थना सुन्नु हुँदछ त्यो मलाई मन पर्दछ।
1I love Yahweh, because he listens to my voice, and my cries for mercy.
2जब मैले गुहार माग्दा उहाँले मलाई सहाएता दिनुहुन्छ त्यो मलाई मन पर्छ।
2Because he has turned his ear to me, therefore I will call on him as long as I live.
3म मर्न आटेको थिंए। मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो। चिहान मेरो वरिपरि थियो म भयभीत र चिन्तित थिएँ।
3The cords of death surrounded me, the pains of Sheol Sheol is the place of the dead. got a hold of me. I found trouble and sorrow.
4तब मैले परमेश्वरको नाउँ डाकें। मैले भने, “परमप्रभु, मलाई बचाउनु होस्!”
4Then I called on the name of Yahweh: “Yahweh, I beg you, deliver my soul.”
5परमप्रभु धार्मिक र करूणामय हुनुहुन्छ। हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ।
5Yahweh is Gracious and righteous. Yes, our God is merciful.
6परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नु हुन्छ। म असहाय थिएँ अनि परमप्रभुले मलाई बचाउनु भयो।
6Yahweh preserves the simple. I was brought low, and he saved me.
7हे मेरो प्राण, विश्राम गर! परमेश्वरले तिमीलाई हेरचाह गरिरहनु भएको छ।
7Return to your rest, my soul, for Yahweh has dealt bountifully with you.
8हे परमेश्वर, तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउनु भयो। तपाईंले मेरो आँसुहरू थामिदिनु भयो। तपाईंले मलाई पतन हुनदेखि जोगाउनु भयो।
8For you have delivered my soul from death, my eyes from tears, and my feet from falling.
9जीवितहरूको देशमा पनि म परमप्रभुको सेवा अनवरत गर्नेछु।
9I will walk before Yahweh in the land of the living.
10यद्यपि मैले भने अझ पनि मेरो विश्वास थियो, “म सर्वनाश भएँ!”
10I believed, therefore I said, “I was greatly afflicted.”
11हो, मलाई विश्वास थियो, जब म डराएको थिएँ, मैले भने, “सबै मानिसहरू झूटा छन्!”
11I said in my haste, “All men are liars.”
12म परमप्रभुलाई के दिन सक्छु र? ममा भएका सबै कुराहरू परमप्रभुले नै दिनु भएको हो।
12What will I give to Yahweh for all his benefits toward me?
13उहाँले मलाई बचाउनु भयो, यसकारण म उहाँलाई अर्घ बलि चढाउनेछु। अनि म परमप्रभुको नाउँ बोलाउनेछु।
13I will take the cup of salvation, and call on the name of Yahweh.
14परमप्रभुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु। म अब सम्पूर्ण मानिसहरूका समक्षमा जानेछु।
14I will pay my vows to Yahweh, yes, in the presence of all his people.
15परमेश्वरका भक्तजनहरू मध्ये एउटै पनि मर्यो भने त्यो उहाँको निम्ति महत्वपूर्ण हुनेछ। परमप्रभु तपाईंको दासहरू मध्ये म एक हुँ।
15Precious in the sight of Yahweh is the death of his saints.
16हे परमप्रभु, म तपाईंको दास हुँ। म तपाईंकी एकजना सेविकाको बालक हुँ। परमप्रभु, तपाईं नै मेरो प्रथम गुरू हुनुहुन्थ्यो!
16Yahweh, truly I am your servant. I am your servant, the son of your handmaid. You have freed me from my chains.
17म तपाईंलाई धन्यवादको भेटी टक्र्याउने छु। म परमप्रभुको नाउँ पुकार्नेछु।
17I will offer to you the sacrifice of thanksgiving, and will call on the name of Yahweh.
18आफुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु। अब म सम्पूर्ण मानिसहरूको समक्ष जाने छु।
18I will pay my vows to Yahweh, yes, in the presence of all his people,
19म यरूशलेमको मन्दिरमा जाने छु। परमप्रभुको प्रशंसा गर!
19in the courts of Yahweh’s house, in the midst of you, Jerusalem. Praise Yah!