1EL que ama la corrección ama la sabiduría: Mas el que aborrece la reprensión, es ignorante.
1एकजना मानिस जसले अनुशासनलाई प्रेम गर्छ उसले त ज्ञानलाई त्यसै माया गर्छ, तर जसले सुधारलाई घृणा गर्छ, त्यो त पटमूर्ख हो।
2El bueno alcanzará favor de Jehová: Mas él condenará al hombre de malos pensamientos.
2असल मानिसले परमप्रभुबाट अनुग्रह पाउँछ, तर एउटा धूर्त मानिसले दण्ड मात्र पाउँछ।
3El hombre no se afirmará por medio de la impiedad: Mas la raíz de los justos no será movida.
3दुष्टता द्वारा कसैलाई पनि सुरक्षित बनाउँनु सकिंदैन, तर धर्मी मानिसहरूको जरा उखाल्नु सकिंदैन।
4La mujer virtuosa corona es de su marido: Mas la mala, como carcoma en sus huesos.
4एक योग्य पत्नी आफ्नो पतिको निम्ति शिरको मुकुट हो, तर पति माथि अपमान ल्याउने गृहिणी लोग्नेको शरीरमा मककाउँदै गरेका हड्डीहरू जस्तै हो।
5Los pensamientos de los justos son rectitud; Mas los consejos de los impíos, engaño.
5धर्मी मानिसहरूको योजनाहरू न्याय संगत हुन्छन्, तर दुष्टहरूको सल्लाह छलपूर्ण हुन्छन्।
6Las palabras de los impíos son para acechar la sangre: Mas la boca de los rectos los librará.
6दुष्टहरूको शब्दहरू उपगोपनबाट आक्रमण भए झैं आउँछन्, तर ईमानदारीहरूको वचनले तिनीहरूलाई बचाउँछ।
7Dios trastornará á los impíos, y no serán más: Mas la casa de los justos permanecerá.
7दुष्ट मानिसहरूलाई नष्ट गरिन्छ अनि अस्तित्व रहित हुन्छ, तर धर्मी मानिसहरूको घर दृढतासाथ खडा रहन्छ।
8Según su sabiduría es alabado el hombre: Mas el perverso de corazón será en menosprecio.
8मानिस आफ्नो भलो बुद्धिले प्रशंसा कमाउँछ, तर त्यस्तो मानिस जसको मन सदा कुबाटो तिर रहन्छ त्यो घृणित हुन्छ।
9Mejor es el que es menospreciado y tiene servidores, Que el que se precia, y carece de pan.
9प्रतिष्ठित व्याक्ति हुँ भनी बहना गर्नु तर प्रचुर मात्रमा खाना नहुनु भन्दा एउटा साधरण व्याक्ति भएर आफैंलाई आफ्नो सेवक बनाउँनु असल हो।
10El justo atiende á la vida de su bestia: Mas las entrañas de los impíos son crueles.
10एकजना धर्मी मानिसले उसको पशुहरूको आवश्यकता ख्याल गर्छ, तर दुष्ट मानिसको असल काम निष्ठुर हुन्छ।
11El que labra su tierra, se hartará de pan: Mas el que sigue los vagabundos es falto de entendimiento.
11आफ्नो खेतमा काम गर्ने कृषक सित प्रशस्त खाने चीज हुन्छ, तर बेकारमा समय नष्ट गर्ने मानिसको बुद्धि हुदैन।
12Desea el impío la red de los malos: Mas la raíz de los justos dará fruto.
12दुष्ट मानिस सधैं दुष्टयाई कर्म गर्न मात्र खोज्छ, तर धर्मी मानिससित गहिरो शक्ति हुन्छ।
13El impío es enredado en la prevaricación de sus labios: Mas el justo saldrá de la tribulación.
13दुष्ट मानिस आफ्नै खराब शब्दहरू चंगुलमा फस्छ। तर धर्मी मानिस त्यस्तो अप्ठेरोमा पर्दैन।
14El hombre será harto de bien del fruto de su boca: Y la paga de las manos del hombre le será dada.
14मानिसको व्याख्याले धेरै असल चीजहरू प्रदान गर्छ अनि त्यसरी नै उसले गरेको कामले उसलाई लाभ दिन्छ।
15El camino del necio es derecho en su opinión: Mas el que obedece al consejo es sabio.
15एक मूर्खले उसले जे गर्छ त्यसैलाई ठीक सोच्छ तर एक ज्ञानीले अरूबाट उपदेश लिन्छ।
16El necio luego al punto da á conocer su ira: Mas el que disimula la injuria es cuerdo.
16एकजना मूर्ख मानिस छिटो रिसाउँछ, तर एक समझदार मानिस उसको अपमान सहन्छ।
17El que habla verdad, declara justicia; Mas el testigo mentiroso, engaño.
17एक सत्यवादी गावाहीले सत्य बयान दिन्छ तर एउटा झूटो साक्षीद्वारा दिएको बयान, झूटो हुन्छ।
18Hay quienes hablan como dando estocadas de espada: Mas la lengua de los sabios es medicina.
18विचार नगरी बोलेको बचनले तरवारले झैं घोच्छ, तर ज्ञानी मानिसले सोचेर बोल्छ र उसले भनेको शब्दले मलमको काम गर्छ।
19El labio de verdad permanecerá para siempre: Mas la lengua de mentira por un momento.
19जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झूटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ।
20Engaño hay en el corazón de los que piensan mal: Mas alegría en el de los que piensan bien.
20ती जसले दुष्ट योजना बनाउँछन् मनमा छलकपट लुकाउछन् तर ती जो शान्ति मार्गको उपदेश दिन्छन् सुखी हन्छन।
21Ninguna adversidad acontecerá al justo: Mas los impíos serán llenos de mal.
21एकजना धर्मी व्याक्तिलाई हानी हुने छैन, दुष्टले धेरै दु;ख पाउँछ।
22Los labios mentirosos son abominación á Jehová: Mas los obradores de verdad su contentamiento.
22परमप्रभुले झूटो ओंठलाई घृणा गर्नुुहुन्छ, तर सत्यवादी मानिस सित खुशी हुनुहुन्छ।
23El hombre cuerdo encubre la ciencia: Mas el corazón de los necios publica la necedad.
23एकजना समझदार तथा ज्ञानी मानिसले आफ्नो ज्ञान आफूसित राख्छ, तर मूर्खले भने आफ्नो मूर्खता पूर्ण कुराहरू लगत्तै बोली हाल्छ।
24La mano de los diligentes se enseñoreará: Mas la negligencia será tributaria.
24मेहनती मानिस निरीक्षक बनाइन्छ, तर अल्छे मानिस सधैं कमारो हुनेछ।
25El cuidado congojoso en el corazón del hombre, lo abate; Mas la buena palabra lo alegra.
25चिन्ताले मानिसको सुखलाई लुटछ, तर खुशीको खबरले उसलाई माथि उठाउँछ।
26El justo hace ventaja á su prójimo: Mas el camino de los impíos les hace errar.
26धर्मी मानिसहरू सही काम गर्नुको निम्ति, एक साथ मिलेर काम गर्छन् ता दुष्ट मानिसहरूले बरालिने बाटो लिन्छन्।
27El indolente no chamuscará su caza: Mas el haber precioso del hombre es la diligencia.
27एकजना अल्छी मानिसले उसको शिकार भुट्दैन, तर परिश्रमी मानिसले धेरै सम्पत्ति प्रप्त गर्नेछ।
28En el camino de la justicia está la vida; Y la senda de su vereda no es muerte.
28धार्मीकताको मार्गले जीवनमा डोर्याउँछ। तर अधर्मीको मार्गले मृत्युमा डोर्याउँछ।