1NO tengas envidia de los hombres malos, Ni desees estar con ellos:
1दुष्ट मानिसहरूको डाह नगर। तिनीहरूको संगतको इच्छा नगर।
2Porque su corazón piensa en robar, E iniquidad hablan sus labios.
2तिनीहरू आफ्नो हृदयमा नराम्रा योजनाहरू मात्र रच्छन्। तिनीहरू अरूलाई कसरी कष्ट दिने त्यस विषयमा मात्र वकिरहेका हुन्छन्। -20-
3Con sabiduría se edificará la casa, Y con prudencia se afirmará;
3एउटा घर ज्ञान द्वारा निर्माण गरिन्छ र समझशक्ति द्वारा यसलाई राम्रो स्याहार सुसार गरिन्छ।
4Y con ciencia se henchirán las cámaras De todo bien preciado y agradable.
4अनि ज्ञानद्वारा यसको भण्डारकोठाहरू विरल बहुमूल्य अनि असल चीजहरूले भरिन्छन्। -21-
5El hombre sabio es fuerte; Y de pujante vigor el hombre docto.
5एकजना बुद्धिमान मानिस, एउटा बलवान मानिस भन्दा असल हो। एकजना ज्ञानी मानिस महान शक्ति भएको मनिस भन्दा असल हो।
6Porque con ingenio harás la guerra: Y la salud está en la multitud de consejeros.
6यसकारण तिमीले लडाई लडन। अघि सावधानी पूर्वक योजनाहरू बनाउनु पर्छ। यदि तिमी विजयी हुनु चहान्छौ भने तिमीले धेरै सल्लाहकारहरूको सल्लाह लिनुपर्छ। -22-
7Alta está para el insensato la sabiduría: En la puerta no abrirá él su boca.
7मूर्ख मानिसले ज्ञान के हो बुझ्न सक्तैन शहरको फटकमा बसेर कुनै महत्वपूर्ण विषयमा तर्क गरिरहेको समय मूर्ख मानिसले केही बोल्न सक्तैन। -23-
8Al que piensa mal hacer Le llamarán hombre de malos pensamientos.
8दुष्ट षडयन्त्र सधैं गरिरहन्छौ भने, मानिसहरूले तिमीलाई जाल रच्ने भनि बोलाउँछन्।
9El pensamiento del necio es pecado: Y abominación á los hombres el escarnecedor.
9मूर्ख मानिसले गर्न चाहेका कुरा पापपूर्ण मात्र हुन्छन्। मानिसहरूले यस्तालाई घृणा गर्छन् जसले अन्य मानिसहरू भन्दा आफूलाई माथिल्लो तहको सम्झन्छ। -24-
10Si fueres flojo en el día de trabajo, Tu fuerza será reducida.
10यदि तिमीले आफैंलाई सकंटको समयमा कमजोर देखाउँछौ भने, तिमी साच्चै नै कमजोर हौ।
11Si dejares de librar los que son tomados para la muerte, Y los que son llevados al degolladero;
11यदि मानिसहरू कसैलाई मार्ने दाऊमा रहेको पाए तिमीले त्यस मानिसलाई बचाउने भरमग्दुर प्रयास गर्नु पर्छ।
12Si dijeres: Ciertamente no lo supimos; ¿No lo entenderá el que pesa los corazones? El que mira por tu alma, él lo conocerá, Y dará al hombre según sus obras.
12यदि तिमीले भन्छौ “हेर, हामीहरूलाई यो कहिल्यै थाहा थिएन” के उहाँ जसले मानिसहरूको हृदयहरूलाई जाँच गर्नु हुन्छ यो सत्यतालाई जान्नु हुन्न र? उहाँ जसले मानिसहरूको आत्माहरूलाई पहारा दिनु हुन्छु यसको बारेमा जान्नु हुन्न र? अनि उहाँले प्रत्येक मानिसलाई उसको काम अनुसार दण्ड दिनुहुनेछ। -26-
13Come, hijo mío, de la miel, porque es buena, Y del panal dulce á tu paladar:
13हे मेरो छोरो, मह उपभोग गर, यो असल हो, यो मुखमा अति नै गुलियो हुन्छ।
14Tal será el conocimiento de la sabiduría á tu alma: Si la hallares tendrá recompensa, Y al fin tu esperanza no será cortada.
14यसरी नै यो पनि तिमी जान कि त्यो तिम्रो आत्मा ज्ञानमा रमाउँछ। यदि तिमीले यो ज्ञान प्राप्त गर्यौ भने तिम्रो भविष्य हुनेछ, तिम्रो आशा कहिल्यै हराउने हुँदैन। -27-
15Oh impío, no aceches la tienda del justo, No saquees su cámara;
15एकजना चोर झैं होऊ जसले धर्मी मानिसको घरमा छापा मार्छ अनि यसबाट चिजबिचहरू लुटेर लान्छ।
16Porque siete veces cae el justo, y se torna á levantar; Mas los impíos caerán en el mal.
16धर्मी मानिस सात पल्टसम्म लडे पनि ऊ फेरि उठ्छ। तर दुष्ट मानिसहरूलाई दुःख कष्टले लडाउँछ। -28-
17Cuando cayere tu enemigo, no te huelgues; Y cuando tropezare, no se alegre tu corazón:
17शत्रु हार्दा पनि खुशी नहोउ। शत्रुले ठोक्कर पाउँदा तिमी खुशी नबन।
18Porque Jehová no lo mire, y le desagrade, Y aparte de sobre él su enojo.
18यदि तिमीले यसो गर्र्यो भने परमप्रभुले चाल पाउनु हुनेछ अनि उहाँ तिमी सित निरास हुनु हुनेछ र यस्तो हुन सक्छ कि तिम्रो शत्रुलाई नै उहाँले सहायत गर्नु हुन्छ होला। -29-
19No te entrometas con los malignos, Ni tengas envidia de los impíos;
19दुष्ट मानिसहरूको कारणले गर्दा क्रोधित नबन; दुष्टहरूको डाहा नगर,
20Porque para el malo no habrá buen fin, Y la candela de los impíos será apagada.
20किनभने दुष्ट मानिसहरूको भविष्य छैन, तिनीहरू एउटा बत्ती झैं निभ्नेछन्। -30-
21Teme á Jehová, hijo mío, y al rey; No te entrometas con los veleidosos:
21हे! मेरो छोरा, परमप्रभुको अनि राजाको डर मान् अनि विद्रोहीहरूसँग कहिले सम्मिलित नहोऊ।
22Porque su quebrantamiento se levantará de repente; Y el quebrantamiento de ambos, ¿quién lo comprende?
22किनभने त्यस्ता मानिसहरू एकसी नासिनेछन। अनि तिमीलाई थाहाँ हुदैन कि कस्तो खालको कष्ट परमेश्वर र राजाले तिनीहरूमाथि ल्याउने छन्।
23También estas cosas pertenecen á los sabios. Tener respeto á personas en el juicio no es bueno.
23यी ज्ञानी मानिसहरूका वचनहरू हुनः न्याय गर्दा पक्षपात गर्नु अनुचित हुन्छ।
24El que dijere al malo, Justo eres, Los pueblos lo maldecirán, y le detestarán las naciones:
24एकजना न्यायधीस जसले अपराधीलाई निर्दोष भनी फैसला गर्छ भने राष्ट्रहरू द्वारा ऊ श्रापित हुनेछ अरू राष्ट्रहरू द्वारा ऊ निन्दित हुनेछ।
25Mas los que lo reprenden, serán agradables, Y sobre ellos vendrá bendición de bien.
25तर जसले अपराधीलाई सजाय दिन्छ ऊ जनप्रिय हुनेछ र ऊ एकदमै धन्य हुनेछ।
26Besados serán los labios Del que responde palabras rectas.
26निष्पक्ष वाक्य यस्तो चीज हो जसले मानिसहरूलाई आनन्दित तुल्याउँछ। यो ओठमा लिएको चुम्बन झैं हो।
27Apresta tu obra de afuera, Y disponla en tu heredad; Y después edificarás tu casa.
27पहिले बाहिरी काम गर। खेतको काममा आफूलाई स्थापित गर अनि त्यस पछि तिम्रो घर बनाऊ।
28No seas sin causa testigo contra tu prójimo; Y no lisonjees con tus labios.
28तिम्रो छिमेकीको विरूद्ध कुनै न्यायिक कारण बिना गवाहीहरू नदेऊ झूटो नबोल।
29No digas: Como me hizo, así le haré; Daré el pago al hombre según su obra.
29यसो नभन, “उसले मलाई जसो गर्यो म उसलाई त्यस्तै गर्नेछु! उसको कार्य अनुसार म उसको बद्ला लिने छु।”
30Pasé junto á la heredad del hombre perezoso, Y junto á la viña del hombre falto de entendimiento;
30म एकजना अल्छे मानिसको भूमि भएर हिडदै आएँ। म एउटा विवेकहीन मानिसको दाखबारी भएर हिँडे।
31Y he aquí que por toda ella habían ya crecido espinas, Ortigas habían ya cubierto su haz, Y su cerca de piedra estaba ya destruída.
31त्यो भूमि काडाको झाडीले छोपेको छ, जता ततै बेकामको झार-पात उम्रेको छ। अनि ढुङ्गाको पर्खाल भत्केको छ।
32Y yo miré, y púse lo en mi corazón: Vi lo, y tomé consejo.
32मैले यसलाई राम्ररी हेरें, अनि यसको बारेमा विचार गरे, मैले बुझें अनि एउटा पाठ सिकें।
33Un poco de sueño, cabeceando otro poco, Poniendo mano sobre mano otro poco para dormir;
33एक छिनको सुताईले अनि एक छिनको आरामले।
34Así vendrá como caminante tu necesidad, Y tu pobreza como hombre de escudo.
34दरिद्रता अनि अभाव तिमी माथि सशस्त्र मानिस झैं भएर आउनेछ जसलाई तिमीले हराउन असक्षम हुन्छौ।