Spanish: Reina Valera (1909)

Nepali

Psalms

104

1BENDICE, alma mía, á Jehová. Jehová, Dios mío, mucho te has engrandecido; Haste vestido de gloria y de magnificencia.
1हे मेरो आत्मा परमप्रभुको प्रशंसा गर। हे परमप्रभु मेरो परमेश्वर, तपाईं महान् हुनुहुन्छ! तपाईं आदर र महिमाले सजिएको हुनुहुन्छ।
2El que se cubre de luz como de vestidura, Que extiende los cielos como una cortina;
2तपाईं ज्योति पहिरनु हुन्छ जसरी मानिसहरू पोशाक पहिरिन्छन्। तपाईं पर्दा जस्तै आकाशहरू फैलाउनु हुन्छ।
3Que establece sus aposentos entre las aguas; El que pone las nubes por su carroza, El que anda sobre las alas del viento;
3परमेश्वर, तपाईंले तिनीहरूमाथि आफ्नो घर बनाउनु भयो। तपाईंले बाक्लो बादलहरू रथ सरह चलाउनु भयो, अनि बतासको पखेंटाहरूमा आकाश तरेर चढनुभयो।
4El que hace á sus ángeles espíritus, Sus ministros al fuego flameante.
4परमेश्वर, तपाईंले आफ्ना स्वर्गदुतहरू बतास जस्ता अनि आफ्ना दासहरू आगो जस्तो बनाउनु भयो।
5El fundó la tierra sobre sus basas; No será jamás removida.
5हे परमेश्वर, तपाईंले यसको आधारमा पृथ्वी बनाउनु भयो, यसैले यो ध्वंश हुने छैन।
6Con el abismo, como con vestido, la cubriste; Sobre los montes estaban las aguas.
6तपाईंले यसलाई वस्त्रले जस्तै पानीले ढावनु भयो। पानीले पर्वतहरू छोपीए।
7A tu reprensión huyeron; Al sonido de tu trueno se apresuraron;
7तपाईंले आज्ञा दिनुभयो, अनि पानी आतूरी गर्दै निष्कियो। परमेश्वर, तपाईं पानीमा चिच्याउनु भयो, अनि पानी आतूरी गर्दै निस्कियो।
8Subieron los montes, descendieron los valles, Al lugar que tú les fundaste.
8पानी पर्वतहरूबाट तल र्झन थाल्यो, खडीहरूमा झर्दै र त्यसपछि ती ठाउँहरू तर्फ लाग्यो जुन तपाईंले बनाउनु भयो।
9Pusísteles término, el cual no traspasarán; Ni volverán á cubrir la tierra.
9तपाईंले समुद्रहरूको सीमा तयार पार्नु भयो ताकि पानी कहिल्यै पृथ्वी तर्फ उर्लेर ढाक्ने छैन।
10Tú eres el que envías las fuentes por los arroyos; Van entre los montes.
10हे परमेश्वर, तपाईंले पानीलाई झरनाहरूबाट नदीहरूतिर बहने बनाउनु भयो। यो पर्वतहरूको जलस्रोतबाट तलतिर बहन्छ।
11Abrevan á todas las bestias del campo: Quebrantan su sed los asnos montaraces.
11नदीहरूको पानी सारा जंङ्गली जनावरहरूको निम्ति हो अनि यहाँसम्म कि जंङ्गली गधाहरु पनि यहाँ पानी पिउन आउँछन्।
12Junto á aquellos habitarán las aves de los cielos; Entre las ramas dan voces.
12जङ्गली चरा-चुरूङ्गीहरू पोखरी भए तिर बस्न आउँदछन्। तिनीहरू छेउकै रूखका हाँगामा बसेर गाउँदछन्।
13El que riega los montes desde sus aposentos: Del fruto de sus obras se sacia la tierra.
13परमेश्वरले वर्षालाई पर्वतहरूमा पठाउनु हुन्छ। चीचहरू जुन परमेश्वरले सृष्टि गर्नुभयो र पृथ्वीलाई दिनु भयो ती त्यसैको आवश्यकता हुन्।
14El que hace producir el heno para las bestias, Y la hierba para el servicio del hombre; Sacando el pan de la tierra.
14परमेश्वरले पशुहरूको आहारको निम्ति घाँस उमार्नु भयो। उहाँले हामीलाई सागपातहरू रोप्नलाई दिनुभयो। जसलाई हामी हुर्काउने काम गछौं। ती सागपातहरूले पृथ्वीदेखि हामीलाई भोजन दिन्छन्।
15Y el vino que alegra el corazón del hombre, Y el aceite que hace lucir el rostro, Y el pan que sustenta el corazón del hombre.
15परमेश्वरले हामीलाई दिनु हुन्छ दाखरस जसले हामीलाई खुशी तुल्याउँछ तेल जसले हाम्रो छाला नरम पार्दछ, अनि भोजन जसले हामीलाई बलियो बनाउँदछ।
16Llénanse de jugo los árboles de Jehová, Los cedros del Líbano que él plantó.
16लबानोनको विशाल देवदारू रूखहरू परमप्रभुको सम्पत्ति हुन्। परमप्रभुले ती रूखहरू रोप्नु भयो अनि त्यसलाई आवश्यकता भरि पानी दिनु भयो।
17Allí anidan las aves; En las hayas hace su casa la cigüeña.
17चरा-चुरूङ्गीहरूले त्यसैमा गुँड लगाउँछन् अनि त्यहाँ बस्छन्। सल्लाका रूखहरूमा सारसहरू फिंजिएर बस्दछन्।
18Los montes altos para las cabras monteses; Las peñas, madrigueras para los conejos.
18उच्च पर्वतहरू जंङ्गली बाख्राहरूको लागि घर हुन्। विशाल चट्टानहरू खरायोहरूको लागि लुक्ने ठाउँ हुन्।
19Hizo la luna para los tiempos: El sol conoce su ocaso.
19परमेश्वर जब बिदाहरू प्रारम्भ हुन्छ तपाईंले हामीलाई दर्शाउनुका लागि जुन दिनुभयो। अनि घामले कहिले अस्ताउनु पर्छ त्यो जान्दछ।
20Pone las tinieblas, y es la noche: En ella corretean todas las bestias de la selva.
20तपाईंले अन्धकार पार्नु भयो रात हुनलाई, त्यस समय जङ्गली पशुहरू बाहिर निस्कन्छन् र चारैतिर घुम्दछन्।
21Los leoncillos braman á la presa, Y para buscar de Dios su comida.
21सिंहहरूले आक्रमण गर्दा परमेश्वरलाई आहार मागे झै गरी गर्जन्छन जुन उहाँले तिनीहरूको निम्ति व्यवस्था गरिदिनु हुन्छ।
22Sale el sol, recógense, Y échanse en sus cuevas.
22त्यसपछि घाम उदाउँछ, अनि पशुहरू आफ्ना घर तर्फ फर्कन्छ अनि विश्राम गर्दछन्।
23Sale el hombre á su hacienda, Y á su labranza hasta la tarde.
23तब मानिसहरू आफ्नो काम धन्दा तिर लाग्दछन् अनि साँझ सम्म काम गरि रहन्छन्।
24Cuán muchas son tus obras, oh Jehová! Hiciste todas ellas con sabiduría: La tierra está llena de tus beneficios.
24हे परमप्रभु, तपाईंले धेरै चकित थोकहरू गर्नुभयो। पृथ्वी त्यही थोकहरूले भरिपूर्ण भई भरिएको छ। हामी जताततै प्रत्येक थोकमा तपाईंको बुद्धिमता देख्छौं।
25Asimismo esta gran mar y ancha de términos: En ella pescados sin número, Animales pequeños y grandes.
25समुद्रमा हेर। त्यो कति ठूलो छ! अनगन्ती प्राणीहरूले त्यो भरिएकोछ। त्यहाँ ससाना र विशाल अनगन्ति प्राणीहरू छन्।
26Allí andan navíos; Allí este leviathán que hiciste para que jugase en ella.
26त्यस समुद्रमा लिब्यातान भएको बेला जहाजहरू चल्दछ, समुद्री प्राणी जुन तपाईंले सृष्टि गर्नुभयो समुद्रमा खेल्नलाई।
27Todos ellos esperan en ti, Para que les des su comida á su tiempo.
27परमेश्वर, ती सारा चीजहरू तपाईंमा आश्रित छन् तपाईंले ठीक समयमा तिनीहरूलाई भोजन दिनुहुन्छ।
28Les das, recogen; Abres tu mano, hártanse de bien.
28परमेश्वर, तपाईंले सारा प्राणी जातिहरूलाई तिनीहरूले खाने भोजन दिनुहुन्छ। तपाईंले आफ्ना हातहरू खोलेर, राम्रो पौष्ठिक भोजन दिनुहुन्छ, अनि तृप्त नहुञ्जेलसम्म तिनीहरू खान्छन्।
29Escondes tu rostro, túrbanse: Les quitas el espíritu, dejan de ser, Y tórnanse en su polvo.
29जब तपाईं तिनीहरूबाट टाढा फर्किनुहुन्छ तिनीहरू भयभीत हुन्छन्। तिनीहरूका आत्माले तिनीहरूलाई छोड्छ, तिनीहरू कमजोर भएर मर्छन् अनि तिनीहरूका शरीरहरू फेरि धूलोकण नै बन्दछन्।
30Envías tu espíritu, críanse: Y renuevas la haz de la tierra.
30तर हे परमप्रभु, जब तपाईंले आफ्नो आत्मा पठाउनु हुन्छ, तिनीहरू स्वस्थ्य हुन्छन्। अनि तपाईंले फेरि भूमि नयाँ बनाउनु हुन्छ।
31Sea la gloria de Jehová para siempre; Alégrese Jehová en sus obras;
31परमप्रभुको महिमा अनवरत अनन्त रहीरहोस्! उहाँले सृजना गर्नुभएको कुराहरूमा उहाँ आनन्दित होउन्।
32El cual mira á la tierra, y ella tiembla; Toca los montes, y humean.
32परमप्रभुले पृथ्वी तिर मात्र हेरि दिंदा पनि त्यो कम्पन हुनेछ। उहाँले पर्वतहरूलाई छोडदिंदा मात्र तिनीहरूबाट धुवाँ उड्न थाल्छ।
33A Jehová cantaré en mi vida: A mi Dios salmearé mientras viviere.
33मेरो जीवनभरी परमप्रभुको प्रशंसाको गीत गाउनेछु। जबसम्म म बाँच्छु परमप्रभुको प्रशंसा गरिरहेने छु।
34Serme ha suave hablar de él: Yo me alegraré en Jehová.
34भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ। म परमप्रभुसित खुशी छु।
35Sean consumidos de la tierra los pecadores, Y los impíos dejen de ser. Bendice, alma mía, á Jehová. Aleluya.
35पृथ्वीबाट पापहरू हटी जाओस्। दुष्ट मानिसहरू सदाको लागि हराएर जाऊन। मेरो प्राणले परमप्रभुको जयजयकार गर्दछ। परमप्रभुको प्रशंसा गर!