Spanish: Reina Valera (1909)

Nepali

Psalms

105

1ALABAD á Jehová, invocad su nombre. Haced notorias sus obras en los pueblos.
1परमप्रभुलाई धन्यवाद देऊ। उहाँको नाउँ उपासना गर। सबै जाति-जाति मानिसहरूलाई ती अचम्भ लाग्दा कुराहरूको बारेमा भन जुन उहाँले गर्नुहुन्छ।
2Cantadle, cantadle salmos: Hablad de todas sus maravillas.
2परमप्रभु प्रति भजन गाओ, उहाँको प्रशंसा गर। उहाँले गर्नु भएको अलौकिक कुराहरूको बारेमा बताऊ। जो उहाँले गर्नुहुन्छ।
3Gloriaos en su santo nombre: Alégrese el corazón de los que buscan á Jehová.
3परमप्रभुको पवित्र नाउँमा घमण्ड गर। तिमीहरू परमप्रभुलाई खोज्दै-खोज्दै आई पुग्यौ त्यसैले अब खुशी हौ।
4Buscad á Jehová, y su fortaleza: Buscad siempre su rostro.
4बल पाउनुलाई परमप्रभु कहाँ जाऊ। सहायताको लागि सधैं उहाँकोमा जाऊ।
5Acordaos de sus maravillas que hizo, De sus prodigios y de los juicios de su boca,
5याद गर ती अचम्मका कुराहरू जुन उहाँले गर्नुहुन्छ। याद गर उहाँका आश्चर्यकामहरू साथै उहाँका बुद्धिमानी निर्णयहरू।
6Oh vosotros, simiente de Abraham su siervo, Hijos de Jacob, sus escogidos.
6तिमीहरू उहाँका दास अब्राहामका सन्तानहरू हौ। तिमीहरू याकूबका सन्तानहरू हौ। तिमीहरू परमेश्वरद्वारा छानिएको मानिसहरू हौ।
7El es Jehová nuestro Dios; En toda la tierra son sus juicios.
7परमप्रभु नै हाम्रो परमेश्वर हुनुहुन्छ। परमप्रभुले सारा संसारमा राज्य गर्नुहुन्छ।
8Acordóse para siempre de su alianza; De la palabra que mandó para mil generaciones,
8परमेश्वरको करार पत्र सदा सर्वदा याद गर। याद गर उहाँले एक हजार पुस्ताहरूलाई दिनुभएका उहाँका आदेशहरू!
9La cual concertó con Abraham; Y de su juramento á Isaac.
9परमेश्वरले अब्राहामसित करार गर्नु भएको थियो। परमेश्वरले इसहाक प्रति प्रतिज्ञा राख्नु भएको थियो।
10Y establecióla á Jacob por decreto, A Israel por pacto sempiterno,
10त्यसपछि याकूबको लागि यो नियम झै बनाउनु भयो। परमेश्वरले इस्राएल सँग करार गर्नु भएको थियो। यो सर्वदा रहिरहने छ।
11Diciendo: A ti daré la tierra de Canaán Por cordel de vuestra heredad.
11परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई कनानको देश दिनेछु। त्यो देश तिमीरहकै सम्पत्ति हुनेछ।”
12Esto siendo ellos pocos hombres en número, Y extranjeros en ella.
12परमेश्वरले त्यो वचन त्यतिबेला राख्नु भएको थियो। जब अब्राहामका परिवारहरू ससाना थिए। तिनीहरू त्यहाँ परदेशीहरू जस्तै बसे।
13Y anduvieron de gente en gente, De un reino á otro pueblo.
13तिनीहरू एक जातिदेखि अर्को जाति, एक राज्य देखि अर्को राज्य हुँदै भ्रमण गर्दैहिंडे।
14No consintió que hombre los agraviase; Y por causa de ellos castigó los reyes.
14तर परमेश्वरले तिनीहरूप्रति अत्याचार गर्न दिनु भएन। परमेश्वरले राजाहरूलाई पनि तिनीहरूलाई दुःख नदिनु भनेर चेताउनी दिनुभएको थियो।
15No toquéis, dijo, á mis ungidos, Ni hagáis mal á mis profetas.
15परमेश्वरले भन्नुभयो, “मैले रोजेका मानिसहरूलाई दुःख नदेऊ। मेरो अगमवक्ताहरू प्रति अधर्मी व्यवहार गर्दै नगर।
16Y llamó al hambre sobre la tierra, Y quebrantó todo mantenimiento de pan.
16परमेश्वरले त्यस देशमा अनिकाल पारिदिनु भयो। मानिसहरूले खानलाई प्रशस्त भोजन पाएनन्।
17Envió un varón delante de ellos, A José, que fué vendido por siervo.
17तर परमेश्वरले यूसुफ नाउँका एकजनालाई तिनीहरूको अगाडि त्यस ठाउँमा पठाउनु भयो। यूसुफ एक कमारा सरह बेचियो।
18Afligieron sus pies con grillos; En hierro fué puesta su persona.
18तिनीहरूले यूसुफका खुट्टा वरिपरि डोरीले कसे। तिनीहरूले उनको घाँटी वरिपरि फलामको घेरा हाली दिए।
19Hasta la hora que llegó su palabra, El dicho de Jehová le probó.
19उनले भनेका अगमवाणी कुराहरू साँच्चै नहोउञ्जेल सम्म तिनी दास सरह नै भए। परमप्रभुको सन्देशले प्रमाण गर्यो कि यूसुफ ठीक मानिस हो।
20Envió el rey, y soltóle; El señor de los pueblos, y desatóle.
20यसैले मिश्रका राजाले उनलाई मुक्त गरिदिए। राष्ट्रका शासकले उनलाई जेल मुक्त गरिदिए।
21Púsolo por señor de su casa, Y por enseñoreador en toda su posesión;
21उहाँले यूसुफलाई आफ्नो घरको जिम्मामा राखिदिए, यूसुफले आफ्नो स्वामीको सबै सम्पत्तिमाथि हेरचाह गरे।
22Para que reprimiera á sus grandes como él quisiese, Y á sus ancianos enseñara sabiduría.
22यूसुफले अन्य अगुवाहरूलाई निर्देश दिए। यूसुफले बुढापाकाहरूलाई शिक्षा दिए।
23Después entró Israel en Egipto, Y Jacob fué extranjero en la tierra de Châm.
23तब इस्राएल मिश्र तर्फ आए, याकूब हामको देशमा बसे।
24Y multiplicó su pueblo en gran manera, E hízolo fuerte más que sus enemigos.
24याकूबको परिवार अत्यन्त बढेर गयो। तिनीहरू आफ्ना शत्रुहरू भन्दा धेरै शक्तिशाली भए।
25Volvió el corazón de ellos para que aborreciesen á su pueblo, Para que contra sus siervos pensasen mal.
25यसकारण मिश्रवासीहरूले याकूबको परिवारलाई हेला गर्न थाले। तिनीहरूले उनीहरूका दासहरू विरूद्ध योजना तयार गर्न थाले।
26Envió á su siervo Moisés, Y á Aarón al cual escogió.
26यसैले परमेश्वरले आफ्ना दास मोशालाई पठाउनु भयो, अनि उहाँले रोजेको पूजाहारी हारूनलाई पठाउनुभयो।
27Pusieron en ellos las palabras de sus señales, Y sus prodigios en la tierra de Châm.
27परमेश्वरले मोशा र हारूनको माध्यमद्वारा हाम्रो देशमा धेरै आश्चर्यकामहरू देखाउनु भयो।
28Echó tinieblas, é hizo oscuridad; Y no fueron rebeldes á su palabra.
28परमेश्वरले निक्खुर कालो अन्धकार पठाउनुभयो तर मिश्रवासीहरूले उहाँलाई सुनेनन्।
29Volvió sus aguas en sangre, Y mató sus pescados.
29यसैले परमेश्वरले पानीलाई रगतमा परिवर्तन गर्नुभयो, अनि त्यहाँका सारा माछाहरू मरे।
30Produjo su tierra ranas, Aun en las cámaras de sus reyes.
30तिनीहरूका देश भ्यागुतै भ्यागुताले भरियो। राजाका सुत्ने कोठा पनि भ्यागुताहरू भरिए।
31Dijo, y vinieron enjambres de moscas, Y piojos en todo su término.
31परमेश्वरले आज्ञा दिनुभयो, अनि झिंगाहरू र जुम्राहरू आउन थाले। तिनीहरू चारैतिर फैलिएर गए।
32Volvió en su tierra sus lluvias en granizo, Y en fuego de llamaradas.
32परमेश्वरले बर्षालाई असिनामा परिवर्तन गर्नुभयो। बिजुलीको प्रहार तिनीहरूको देशभरि फ्याँकियो।
33E hirió sus viñas y sus higueras, Y quebró los árboles de su término.
33परमेश्वरले तिनीहरूको अङ्गुरका र नेभराको रूखहरू ध्वंश पारी दिनुभयो। परमेश्वरले सारा रूखहरू ध्वंश पारी दिनुभयो।
34Dijo, y vinieron langostas, Y pulgón sin número;
34परमेश्वरले आज्ञा दिनुभयो, अनि सलहहरू र फटेङ्ग्राहरू आउन थाले। तिनीहरू अनगन्ति थिए।
35Y comieron toda la hierba de su país, Y devoraron el fruto de su tierra.
35सलहहरू र फटेङ्ग्राहरूले देशका सारा उद्भिद्हरू खाएर नष्ट पारिदिए। तिनीहरूले खेतका सारा अन्नबालीहरू खाई नष्ट पारिदिए।
36Hirió además á todos los primogénitos en su tierra, El principio de toda su fuerza.
36त्यसपछि तिनीहरूको देशमा परमेश्वरले पहिलो जन्मेका प्रत्येक पुत्रलाई मारिदिनु भयो। परमेश्वरले प्रत्येक पुरूषको शक्ति प्रमाणलाई नष्ट पार्नु भयो।
37Y sacólos con plata y oro; Y no hubo en sus tribus enfermo.
37त्यसपछि उहाँले आफ्ना मानिसहरू मिश्रबाट निकाल्नु भयो। तिनीहरूले आफूसँग सुन र चाँदीहरू लिएर आए। परमेश्वरका मानिसहरू कोही पनि ठोकिएनन् र लडेनन्।
38Egipto se alegró de que salieran; Porque su terror había caído sobre ellos.
38परमेश्वरका मानिसहरू गएका देखेर मिश्रवासीहरू खुशी भए किनभने तिनीहरूबाट उनीहरू भयभीत थिए।
39Extendió una nube por cubierta, Y fuego para alumbrar la noche.
39परमेश्वरले कम्बल जस्तो बादल फिंजाई दिनुभयो। परमेश्वरले आफ्नो आगो राती उज्यालो पार्नलाई तिनीहरूलाई दिनुभयो।
40Pidieron, é hizo venir codornices; Y saciólos de pan del cielo.
40मानिसहरूले भोजन मागे अनि परमेश्वरले तिनीहरूलाई वट्टाई चरा ल्याइदिनु भयो। परमेश्वरले स्वर्गबाट तिनीहरूलाई प्रशस्त खानेकुरा र रोटीहरू दिनुभयो।
41Abrió la peña, y fluyeron aguas; Corrieron por los secadales como un río.
41परमेश्वरले चट्टानलाई खण्डित पार्नु भयो अनि त्यहाँबाट भुलभुल पानी निस्क्यो। मरूभूमिमा नदी बग्न थाल्यो।
42Porque se acordó de su santa palabra, Dada á Abraham su siervo.
42परमेश्वरले उहाँको वचन संम्झनु भयो। परमेश्वरले आफ्ना दास अब्राहामसँग गर्नु भएको वचन सम्झनुभयो।
43Y sacó á su pueblo con gozo; Con júbilo á sus escogidos.
43परमेश्वरले आफ्ना मानिसहरू मिश्रबाट निकालेर ल्याउनु भयो। मानिसहरू खुशी र आनन्दले गाउँदै, गाउँदै निस्किए!
44Y dióles las tierras de las gentes; Y las labores de las naciones heredaron:
44तब परमेश्वरले तिनीहरूलाई देश दिनुभयो, जहाँ अन्य मानिसहरू बस्दै गरेका थिए। परमेश्वरका मानिसहरूले अन्य मानिसहरूले गर्नु परेका परिश्रमका चीजहरू पाए।
45Para que guardasen sus estatutos, Y observasen sus leyes. Aleluya.
45किन परमेश्वरले त्यसो गर्नुभयो? किनकि उहाँका मानिसहरूले उहाँका नियमहरू पालन गर्न सकुन। यसकारण तिनीहरूले होशियारीसाथ उहाँका व्यवस्थाहरू पालन गर्न सकुन। परमप्रभुको प्रशंसा गर!