Spanish: Reina Valera (1909)

Nepali

Psalms

136

1ALABAD á Jehová, porque es bueno; Porque para siempre es su misericordia.
1हामी परमप्रभुको प्रशंसा गरौ, किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
2Alabad al Dios de los dioses, Porque para siempre es su misericordia.
2देवहरूका परमेश्वरलाई प्रशंसा गरों! उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
3Alabad al Señor de los señores, Porque para siempre es su misericordia.
3परमप्रभुहरूका पनि महापरमप्रभुलाई प्रशंसा गरौ। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
4Al solo que hace grandes maravillas, Porque para siempre es su misericordia.
4परमेश्वरको प्रशंसा गरौं, जसले एक्लैले नै आश्चर्यकामहरू गर्नुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
5Al que hizo los cielos con entendimiento, Porque para siempre es su misericordia.
5परमेश्वरको प्रशंसा गरौ जसले आकाश बनाउन बुद्धि लगाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
6Al que tendió la tierra sobre las aguas, Porque para siempre es su misericordia;
6परमेश्वरले सुक्खा जमीन समुद्रमा राख्नु भयो, उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
7Al que hizo las grandes luminarias, Porque para siempre es su misericordia;
7परमेश्वरले ठूला-ठूला ज्योतिहरू बनाउनु भयो, उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
8El sol para que dominase en el día, Porque para siempre es su misericordia;
8दिनमा शासन गर्न परमेश्वरले घाम बनाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
9La luna y las estrellas para que dominasen en la noche, Porque para siempre es su misericordia.
9परमेश्वरले रातमा शासन गर्नलाई जून र तारहरू बनाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
10Al que hirió á Egipto en sus primogénitos, Porque para siempre es su misericordia.
10परमेश्वरले मिश्रमा सबै भन्दा पहिला जन्मेका पुरूषहरू र पशुहरू मार्नु भयो। उहाँको स्नेहपूर्ण करूणआ अनन्तसम्म रहनेछ।
11Al que sacó á Israel de en medio de ellos, Porque para siempre es su misericordia;
11परमेश्वरले मिश्रबाट इस्राएल लाई लानु भयो, उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
12Con mano fuerte, y brazo extendido, Porque para siempre es su misericordia.
12परमेश्वरले आफ्नो महान् शक्ति र बल देखाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
13Al que dividió el mar Bermejo en partes, Porque para siempre es su misericordia;
13परमेश्वरले लाल समुद्रलाई दुइ भागमा बाँड्नु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
14E hizo pasar á Israel por medio de él, Porque para siempre es su misericordia;
14परमेश्वरले इस्राएल लाई समुद्र तार्नु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
15Y arrojó á Faraón y á su ejército en el mar Bermejo, Porque para siempre es su misericordia.
15परमेश्वरले फिरऊन र उनका सैन्यहरू लाल समुद्रमा डुबाई दिनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
16Al que pastoreó á su pueblo por el desierto, Porque para siempre es su misericordia.
16परमेश्वरले आफ्नो मानिसहरूलाई मरूभूमि भएर डोर्याउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
17Al que hirió grandes reyes, Porque para siempre es su misericordia;
17परमेश्वरले शक्तिशाली राजाहरूलाई हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
18Y mató reyes poderosos, Porque para siempre es su misericordia;
18परमेश्वरले बलवान राजाहरूलाई पनि हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
19A Sehón rey Amorrheo, Porque para siempre es su misericordia,
19परमेश्वरले अमोरीहरूका राजा सीहोनलाई हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
20Y á Og rey de Basán, Porque para siempre es su misericordia;
20परमेश्वरले बाशानका राजा ओग्‌लाई हराउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
21Y dió la tierra de ellos en heredad, Porque para siempre es su misericordia;
21परमेश्वरले तिनीहरूका जग्गा इस्राएल लाई दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
22En heredad á Israel su siervo, Porque para siempre es su misericordia.
22परमेश्वरले त्यो जग्गा उपहारको रूपमा इस्राएल लाई दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
23El es el que en nuestro abatimiento se acordó de nosotros, Porque para siempre es su misericordia;
23परमेश्वरले हामी हारेको बेलामा संम्झनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
24Y nos rescató de nuestros enemigos, Porque para siempre es su misericordia.
24परमेश्वरले शत्रुहरूबाट हामीलाई बचाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ
25El da mantenimiento á toda carne, Porque para siempre es su misericordia.
25परमेश्वरले प्रत्येकलाई खाना दिनुभयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ
26Alabad al Dios de los cielos: Porque para siempre es su misericordia.
26स्वर्गका परमेश्वरको प्रशंसा गरौ। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।