World English Bible

Nepali

Ezekiel

3

1He said to me, Son of man, eat that which you find. Eat this scroll, and go, speak to the house of Israel.
1परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो! जुन तिमीले देख्दै छौ, त्यो खाऊ। यो बेहेरिएको पत्र खाऊ अनि गएर इस्राएलका परिवारहरूलाई यी कुराहरू भन।”
2So I opened my mouth, and he caused me to eat the scroll.
2यसकारण मैले मेरो मुख खोलें अनि उहाँले त्यो बेहेरिएको पत्र मेरो मुखमा राखिदिनु भयो।
3He said to me, Son of man, cause your belly to eat, and fill your bowels with this scroll that I give you. Then I ate it; and it was as sweet as honey in my mouth.
3तब परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! म तिमीलाई यो बेहेरिएको पत्र दिँदैछु। यसलाई निल! यो बेहेरिएको पत्र तिम्रो शरीरमा भरियोस्।” यसकारण मैले त्यो बेहेरिएको पत्र खाँए। त्यो मेरो मुखमा मह जस्तै मीठो भयो।
4He said to me, Son of man, go to the house of Israel, and speak my words to them.
4तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! इस्राएलको परिवारमा जाऊ। मैले भनेको कुराहरू तिनीहरूलाई भन।
5For you are not sent to a people of a strange speech and of a hard language, but to the house of Israel;
5मैले तिमीलाई कतै विदेशहरू पठाएको होइन, जसको भाषा तिमी बुझ्दैनौ। तिमीले अर्को भाषा सिक्नु पर्नेछैन। मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदैछु।
6not to many peoples of a strange speech and of a hard language, whose words you can not understand. Surely, if I sent you to them, they would listen to you.
6मैले तिमीलाई विभिन्न देशहरूमा पठाएको होइन जहाँका मानिसहरू यस्तो भाषाहरू बोल्छन् जुन तिमीले बुझ्दैनौं। यदि तिमी तिनीहरूकहाँ गई कुरा गर्छौ तब तिनीहरूले तिम्रो कुरा सुन्नेछन्।
7But the house of Israel will not listen to you; for they will not listen to me: for all the house of Israel are obstinate and hard-hearted.
7अहँ! मैले तिमीलाई इस्राएलको परिवारकहाँ पठाउँदैछु। किनकि इस्राएलका सारा घराना नै अट्टेरी, ढीठ र कठोर मनका छन् अनि इस्राएलका मानिसहरूले तिम्रो कुरा सुन्न इच्छा गर्ने छैनन्। तिनीहरूले मेरो कुरा सुन्ने छैनन्।
8Behold, I have made your face hard against their faces, and your forehead hard against their foreheads.
8तर म तिमीलाई त्यति नै हठी बनाउनेछु जति तिनीहरू छन्। उनीहरूको जस्तै तिम्रो हृदय त्यति नै कठोर हुनेछ।
9As an adamant harder than flint have I made your forehead: don’t be afraid of them, neither be dismayed at their looks, though they are a rebellious house.
9हीरा, अग्नि चट्टान भन्दा पनि कडा हुन्छ, त्यस्तै प्रकारले तिम्रो हृदय पनि उनीहरूको भन्दा कठोर हुन्छ, तिमी उनीहरू भन्दा पनि हठी हुनेछौ, तिमी उनीहरूसँग डराउनेछैनौ। तिमी उनीहरूसँग नडराऊ जो सधैं मेरो विरूद्धमा गएका छन्।”
10Moreover he said to me, Son of man, all my words that I shall speak to you receive in your heart, and hear with your ears.
10तब परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरा! तिमीले मेरो प्रत्येक कुरा जुन म भन्दैछु सुन्नु पर्छ अनि ती कुराहरू याद राख्नु पर्छ।
11Go to them of the captivity, to the children of your people, and speak to them, and tell them, Thus says the Lord Yahweh; whether they will hear, or whether they will forbear.
11तब सबै तिम्रा मानिसहरू कहाँ जाऊ , जो कैदमा छन्। तिनीहरू कहाँ जाऊ अनि भन, ‘परमप्रभु हाम्रा मालिकले यी कुराहरू भन्नुहुन्छ।’ वास्ता नगर्नेहरूलाई यी कुराहरू भन चाहे तिनीहरूले सुन्छ अथवा सुन्दैनन्।”
12Then the Spirit lifted me up, and I heard behind me the voice of a great rushing, saying, Blessed be the glory of Yahweh from his place.
12तब मलाई एउटा हावाले माथि उठायो। तब मैले आफ्नो पछाडीबाट एउटा आवाज सुनें। यो आवाज मेघको गर्जन जस्तो थियो। त्यसले भन्यो, “परमप्रभुको महिमा धन्य छ जहाँ कहीं यो जान्छ।”
13I heard the noise of the wings of the living creatures as they touched one another, and the noise of the wheels beside them, even the noise of a great rushing.
13अब ती प्राणीहरूले तिनीहरूको पंखेटा हल्याउन शुरू गरे। जब पंखेटाहरूले एक-अर्कालाई छुन्थे, अनि पाङ्ग्राहरू तिनीहरू तर्फ सर्थे, तिनीहरूले मेघ गर्जे झैं आवाज निकाल्थे।
14So the Spirit lifted me up, and took me away; and I went in bitterness, in the heat of my spirit; and the hand of Yahweh was strong on me.
14आत्माले मलाई उठाएर माथि टाढो लग्यो। मैले त्यो स्थान छोडे। म साह्रै दुखी थिएँ अनि मेरो आत्मा अत्यन्त खिन्न थियो, तर परमप्रभुको शक्ति म भित्र अत्यन्त प्रबल थियो।
15Then I came to them of the captivity at Tel Aviv, that lived by the river Chebar, and to where they lived; and I sat there overwhelmed among them seven days.
15म ती कैदीहरू भए कहाँ गएँ जो कबार नदीको तेलाबीबमा बस्दै थिए। म त्यहाँ सात दिन सम्म तिनीहरूको बीचमा छक्क अनि खिन्न भएर बसिरहें।
16It happened at the end of seven days, that the word of Yahweh came to me, saying,
16सात दिन पछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
17Son of man, I have made you a watchman to the house of Israel: therefore hear the word from my mouth, and give them warning from me.
17“हे मानिसको छोरो! म तिमीलाई इस्राएलको प्रहरी बनाउँदैछु। म ती सबै नराम्रो घटनाहरू बताउनेछु जुन उनीहरूमाथि घट्नेछ, अनि तिमीले इस्राएलको ती घटनाहरूको बारेमा चेताउनी दिनुपर्नेछ।
18When I tell the wicked, You shall surely die; and you give him no warning, nor speak to warn the wicked from his wicked way, to save his life; the same wicked man shall die in his iniquity; but his blood will I require at your hand.
18यदि मैले, ‘यो नराम्रो मानिस मर्नेछ भनें।’ भनें तिमीले त्यो चेताउनी पनि उसलाई दिनुपर्छ। तिमीले उसलाई भन्नु पर्छ, आफ्नो जिन्दगी बद्ली गर अनि नराम्रो काम गर्न छोड। यदि तिमीले त्यो मानिसलाई चेताउनी दिएनौं भने त्यो मर्नेछ। किनकि त्यसले पाप गरेको छ। तर म तिमीलाई त्यसको मृत्युको उत्तरदायी बनाउँछु। किन? किनकि तिमी त्यसकहाँ गएनौ अनि त्यसको जीवन बचाएनौ।
19Yet if you warn the wicked, and he doesn’t turn from his wickedness, nor from his wicked way, he shall die in his iniquity; but you have delivered your soul.
19“यो पनि हुन सक्छ तिमीले कुनै मानिसलाई चेताउनी दियौ, त्यसलाई त्यसको जीवन मार्ग बद्ली गर्नका निम्ति सम्झायौ अनि नराम्रो काम नगर्नु भन्यौ। यदि त्यसले तिम्रो कुरा सुनेन भने त्यो मर्नेछ। त्यो मर्नेछ किनकि त्यसले पाप गरेको छ। तर तिमीले उसलाई चेताउनी दियौ यसकारण तिमीले आफ्नो जीवन बचायौ।
20Again, when a righteous man does turn from his righteousness, and commit iniquity, and I lay a stumbling block before him, he shall die: because you have not given him warning, he shall die in his sin, and his righteous deeds which he has done shall not be remembered; but his blood will I require at your hand.
20“यो पनि हुन सक्छ कि कुनै राम्रो मानिस राम्रो भइरहनु छोड्छ। किनभने मैले त्यसको पछि केही यस्तो राखेकोछु जसले त्यसलाई पाप गर्न लगाउँछ। त्यसले नराम्रो काम गर्न शुरू गर्छ यसकारण त्यो मर्नेछ। उसले गरेको असल कर्महरू उसको पक्षमा सम्झना गरिनेछैन। त्यो मर्नेछ किनभने त्यसले पाप गर्यो र तिमीले उसलाई चेताउनी दिएनौ। म तिमीलाई उसको मृत्युको उत्तरदायी सम्झनेछु।
21Nevertheless if you warn the righteous man, that the righteous not sin, and he does not sin, he shall surely live, because he took warning; and you have delivered your soul.
21“तर यदि तिमीले त्यो राम्रो मानिसलाई चेताउनी दियौ अनि त्यसलाई पाप गर्न बन्द गर्नु भन्यौ अनि त्यसले पाप गर्न बन्द गर्यो भने त्यो मानिस मर्नेछैन। किन? किनभने तिमीले उसलाई चेताउनी दियौं अनि उसले सुन्यो। यस प्रकारले तिमीले आफ्नो जीवन बचायौ।”
22The hand of Yahweh was there on me; and he said to me, Arise, go forth into the plain, and I will there talk with you.
22तब परमप्रभुको शक्ति मकहाँ आयो। उहाँले मलाई भन्नुभयो, “उठ, अनि बेंसीमा जाऊ। म तिमीसित त्यहाँ कुरा गर्नेछु।”
23Then I arose, and went forth into the plain: and behold, the glory of Yahweh stood there, as the glory which I saw by the river Chebar; and I fell on my face.
23यसकारण म उठें अनि बेंसीमा गएँ। परमप्रभुको महिमा त्यहाँ त्यसरी नै प्रकट भयो जस्तो मैले कबार नदीको किनारमा देखेको थिएँ। यसकारण मैले मेरो अनुहार भूइँतिर निहुराएँ।
24Then the Spirit entered into me, and set me on my feet; and he spoke with me, and said to me, Go, shut yourself inside your house.
24तर एउटा हावा आयो अनि यसले मलाई मेरो खुट्टामा उभ्यायो परमप्रभुले मलाई भन्नुभयो, “घर जाऊ, अनि आफैं घरभित्र ढोका थुनेर बस।
25But you, son of man, behold, they shall lay bands on you, and shall bind you with them, and you shall not go out among them:
25हे मानिसको छोरा! मानिसहरू डोरी लिएर आउनेछन् अनि तिमीलाई बाँध्नेछन्। तिनीहरूले तिमीलाई बाहिरका अरू मानिस भएकोमा जान दिनेछैनन्।
26and I will make your tongue stick to the roof of your mouth, that you shall be mute, and shall not be to them a reprover; for they are a rebellious house.
26म तिम्रो जिब्रो तिम्रो तालुमा टँसाई दिनेछु। तिमीले बात गर्न सक्नेछैनौ। यसकारण तिनीहरूले कोही मानिसलाई पनि यस्तो भेट्टाउने छैनन् जसले तिनीहरूलाई शिक्षा दिन सकोस् कि तिनीहरूले पाप गरिरहेका छन्। किन? किनकि तिनीहरू सँधै मेरो विरूद्धमा गइरहेका छन्।
27But when I speak with you, I will open your mouth, and you shall tell them, Thus says the Lord Yahweh: He who hears, let him hear; and he who forbears, let him forbear: for they are a rebellious house.
27तर जब म तिमीसित कुरा गर्छु त्यसबेला तिमीलाई म बोल्ने बनाउँनेछु। तर तिमीले भन्नु पर्छ, ‘परमप्रभु हाम्रा मालिकले यी कुराहरू भन्नु हुन्छ।’ यदि कसैले सुन्न चाहन्छ भने उसले सुनोस्। यदि होइन भने, मलाई तिरस्कार गरोस्। किनभने तिनीहरू विध्वंशकारीहरू हुन्।