World English Bible

Nepali

Haggai

1

1In the second year of Darius the king, in the sixth month, in the first day of the month, the Word of Yahweh came by Haggai, the prophet, to Zerubbabel, the son of Shealtiel, governor of Judah, and to Joshua, the son of Jehozadak, the high priest, saying,
1फारसको राजा दाराको दोस्रो र्बषको छैटौं महिनाको पहिलो दिन हाग्गैलाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो वचन यरूबाबेल, शालतीएलका छोरा अनि यहोशू यहोसदाकका छोराका निम्ति थियो। शालतीएल यहूदाको राज्यपाल थिए अनि यहोशू प्रधान पूजाहारी थिए। वचन यस प्रकार थियो।
2“This is what Yahweh of Armies says: These people say, ‘The time hasn’t yet come, the time for Yahweh’s house to be built.’”
2सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मानिसहरू भन्छन्, परमप्रभुको मन्दिर निर्माण गर्ने यो सही समय होइन।”
3Then the Word of Yahweh came by Haggai, the prophet, saying,
3फेरी परमप्रभुको वचन अगमवक्ता हाग्गैबाट आयो, जसमा भनिएको थियो, तिमीहरू सोच्छौ तिम्रो सही समय आइ सक्यो।
4“Is it a time for you yourselves to dwell in your paneled houses, while this house lies waste?
4“परमप्रभुको मन्दिर नष्ट भएको समयमा के तिनीहरू काठको घर निर्माण गरेर बस्ने सही समय आएकोछ भनी सम्झन्छौ?
5Now therefore this is what Yahweh of Armies says: Consider your ways.
5यसकारण सर्वशक्तिमान परमप्रभु भन्नु हुन्छ, ‘जुन कुरा तिमी माथि घटिरहेछ, त्यसको विषयमा सोच्न छोड।
6You have sown much, and bring in little. You eat, but you don’t have enough. You drink, but you aren’t filled with drink. You clothe yourselves, but no one is warm, and he who earns wages earns wages to put them into a bag with holes in it.”
6तिमीहरूले रोप्न त धेरै रोप्छौ, तर कट्नी चाँहि कम्ती गर्दछौ। तिमीहरूले खाना त खान्छौ तर भोकै हुन्छौ। तिमीहरूले मद्यपान पनि गर्छौ तर नशा लाग्दैन्, तिमीहरू लुगा पनि लगाउँछौ तर सम्पूर्ण रूपमा तिमीहरूलाई तातो हुँदैन, तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तिमीहरूलाई थाहा हुँदैन त्यो कहाँ खर्च हुन्छ, तिमीलाई लाग्छ कि गोजीमा छेंड परेकोछ।’”
7This is what Yahweh of Armies says: “Consider your ways.
7सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जे जति तिमीहरूमाथि घटिरहेछ त्यसको बारेमा सोच!
8Go up to the mountain, bring wood, and build the house. I will take pleasure in it, and I will be glorified,” says Yahweh.
8पहाडमा चढ, काठ ल्याऊ अनि मन्दिर बनाऊ। त्यस समय म मन्दिरबाट प्रसन्न हुन्छु र सम्मानित हुन्छु।” परमप्रभुले यी सबै कुराहरू भन्नुहुन्छ।
9“You looked for much, and, behold, it came to little; and when you brought it home, I blew it away. Why?” says Yahweh of Armies, “Because of my house that lies waste, while each of you is busy with his own house.
9सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले धैरे-बाली पाउने आशा गर्छौ, तर थोरै मात्र प्राप्त गर्नेछौ। जे जत्ति तिमीहरूले कमाउँछौ अनि घरमा राख्छौ, त्यसलाई म उडाई दिनेछु। किन? किनकि मेरो मन्दिर नष्ट भएकोछ, तर तिमीहरूलाई आफ्नो-आफ्नो घरको मात्र चिन्ता छ।
10Therefore for your sake the heavens withhold the dew, and the earth withholds its fruit.
10यसकराण, आकाशबाट शीत झर्न बन्द भएकोछ, र यही कारण भूमिले अन्न उब्जाउन बन्द गरेकोछ, यी सबै तिमीहरूको कारणले भएको हो।”
11I called for a drought on the land, on the mountains, on the grain, on the new wine, on the oil, on that which the ground brings forth, on men, on livestock, and on all the labor of the hands.”
11परमप्रभु भन्नुहुन्छ, “मैले पृथ्वी, पहाडहरू, अन्न,नयाँ दाखरस, भद्राक्षको तेल, अनि सबै ती चिजहरू जुन पृथ्वीमा उम्रन्छन् मानिसहरूका र परिश्रममाथि खडेरी पर्न आदेश दिएको छु। “
12Then Zerubbabel, the son of Shealtiel, and Joshua, the son of Jehozadak, the high priest, with all the remnant of the people, obeyed the voice of Yahweh, their God , and the words of Haggai, the prophet, as Yahweh, their God, had sent him; and the people feared Yahweh.
12तब शालतीएलका छोरा यरूबाबेल अनि यहोसादकको छोरा महायाजक यहोशूले सबै बाँचेका मानिसहरूसंग आपनो परमप्रभु परमेश्वरको सन्देश अनि उहाँले पठाएउनु भएको अगमवक्ता हाग्गैको वचन स्वीकार गरे अनि मानिसहरू आफ्नो परमेश्वर परमप्रभुसंग डराउन थाले।
13Then Haggai, Yahweh’s messenger, spoke Yahweh’s message to the people, saying, “I am with you,” says Yahweh.
13परमप्रभु परमेश्वरको सन्देश-वाहक हाग्गैले मानिसहरूलाई परमप्रभुको सन्देश सुनाए। परमप्रभुले भन्नुभयो, “म तिम्रो साथमा छु।”
14Yahweh stirred up the spirit of Zerubbabel, the son of Shealtiel, governor of Judah, and the spirit of Joshua, the son of Jehozadak, the high priest, and the spirit of all the remnant of the people; and they came and worked on the house of Yahweh of Armies, their God,
14तब परमप्रभु परमेश्वरले शालतीएलका छोरा यहूदाका राज्यपाल यरूबाबेललाई उत्तेजित गर्नुभयो अनि परमेश्वर परमप्रभुले यहोसादाकका छोरा यहोशूलाई पनि आत्मामा उत्तेजित गर्नुभयो अनि परमप्रभु परमेश्वरले बाँकी सबै मानिसहरूलाई प्रेरित गर्नुभयो। तब तिनीहरू आए अनि तिनीहरूका सर्वशक्तिमान परमप्रभु परमेश्वरको मन्दिर निर्माणको काम गर्न थाले।
15in the twenty-fourth day of the month, in the sixth month, in the second year of Darius the king.
15उनीहरूले यो कार्य राजा दाराको दोस्रो र्बषको छैठौं महिनाको चौबिसौं दिनमा शुरू गरे।