World English Bible

Nepali

Haggai

2

1In the seventh month, in the twenty-first day of the month, the Word of Yahweh came by Haggai the prophet, saying,
1सातौं महिनाको एक्काइसौं दिनमा परमप्रभुबाट यो वचन हाग्गैकहाँ आयो।
2“Speak now to Zerubbabel, the son of Shealtiel, governor of Judah, and to Joshua, the son of Jehozadak, the high priest, and to the remnant of the people, saying,
2वचनमा भनिएको थियो, “अब यहूदाका शासक शालतीएलका छोरा यरूबाबेल, यहोसादाकका छोरा महायाजक यहोशू अनि जो जति मानिसहरू बाँचेका छन्। उनीहरूसंग कुरा गर अनि भन,
3‘Who is left among you who saw this house in its former glory? How do you see it now? Isn’t it in your eyes as nothing?
3“के तिमीहरू मध्ये कोही त्यस्तो मानिस बाँचेकोछ, जसले त्यस मन्दिरको आफ्नो पहिलाको महिमा देखेको थियो। अब तिमीलाई कस्तो लागिरहेछ? यो के भयो, यो मन्दिर पहिलाको खण्ड जस्तो देखिन्छ? वा तुलना गर्न सकिन्छ?
4Yet now be strong, Zerubbabel,’ says Yahweh. ‘Be strong, Joshua, son of Jehozadak, the high priest. Be strong, all you people of the land,’ says Yahweh, ‘and work, for I am with you,’ says Yahweh of Armies.
4तर यरूबाबेल, ‘अब तिमी साहसी बन!’ परमप्रभु यसो भन्नु हुन्छ, ‘यहोसादाकका छोरा महायाजक यहोशू, तिमी पनि साहसी बन अनि सबै जातिका मानिसहरू तिमीहरू पनि साहसी बन!’ परमप्रभु यसो पनि भन्नु हुन्छ। काम गर! किनभने म तिमीहरूसंग छु।” परमप्रभु सर्वशक्तिमान यसो भन्नुहुन्छ।
5This is the word that I covenanted with you when you came out of Egypt, and my Spirit lived among you. ‘Don’t be afraid.’
5परमप्रभु भन्नुहुन्छ, “जहाँ सम्म मेरो भाकलको कुरा छ, जुन मैले तिमीहरूसंग मिश्र देशबाट बाहिर निस्केको समयमा भनेको थिएँ, नडराऊ मेरो आत्मा तिमीसित छ।
6For this is what Yahweh of Armies says: ‘Yet once, it is a little while, and I will shake the heavens, the earth, the sea, and the dry land;
6किन? किनभने सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, एकपल्ट फेरि म चाँडै नै पृथ्वी अनि आकाश, समुद्र अनि सुक्खा जमीन सबैलाई र्थरथर कमाउनेछु।
7and I will shake all nations. The precious things of all nations will come, and I will fill this house with glory, says Yahweh of Armies.
7म सबै जातिहरूलाई कमाईदिन्छु अनि ती सबै जातिहरू आफ्नो धन सम्पत्तिसंगै तिमीकहाँ आउनेछन्। तब म यो मन्दिर गौरवले भरिदिनेछु। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।
8The silver is mine, and the gold is mine,’ says Yahweh of Armies.
8तिनीहरूको चाँदी मेरो हो, तिनीहरूको सुन मेरो हो। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ,
9‘The latter glory of this house will be greater than the former,’ says Yahweh of Armies; ‘and in this place will I give peace,’ says Yahweh of Armies.”
9[This verse may not be a part of this translation]
10In the twenty-fourth day of the ninth month, in the second year of Darius, the Word of Yahweh came by Haggai the prophet, saying,
10फारसका राजा दाराको दोस्रो वर्षको नवौं महिनाको चौबिसौं दिनमा यो वचन परमप्रभुबाट अगमवक्ता हाग्गै कहाँ आयो।
11“Thus says Yahweh of Armies: Ask now the priests concerning the law, saying,
11सर्वशक्तिमान परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुहुन्छ, पूजाहारीहरूलाई सोध, व्यावस्थाले यस विषयमा के भन्छ।
12‘If someone carries holy meat in the fold of his garment, and with his fold touches bread, stew, wine, oil, or any food, will it become holy?’” The priests answered, “No.”
12“मानिलेऊ, एउटा मानिसले उसको लपेटामा पवित्र मासु लिएर गयो, यो मासु बलिको भाग हो, यसकारण यो संभव छ जसको लपेटामा पवित्र मासु छ, के यदि ती लुगाले रोटी या पाकेको भोजन, दाखरस, तेल अथवा कुनै अन्य भोजनलाई छुयो भने, ती चीजहरू पवित्र हुन्छ?” पूजाहारीले उत्तर दियो, “अँहँ।”
13Then Haggai said, “If one who is unclean by reason of a dead body touch any of these, will it be unclean?” The priests answered, “It will be unclean.”
13त्यसबेला हाग्गैले भने, “यदि एउटा मानिसले मुर्दालाई छोयो भने के त्यो अशुद्ध हुन्छ?” अनि ती पूजाहारीहरूले उत्तर दिए, “त्यो अशुद्ध हुनेछ।”
14Then Haggai answered, “‘So is this people, and so is this nation before me,’ says Yahweh; ‘and so is every work of their hands. That which they offer there is unclean.
14तब हाग्गैले भने, “परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘मेरो सामने यी मानिसहरू प्रति अनि यो राष्ट्र प्रति त्यही नियम छ। तिनीहरूले जे गर्छन अनि आफ्नो हातले जे दिन्छन् त्यो अशुद्ध हो।
15Now, please consider from this day and backward, before a stone was laid on a stone in Yahweh’s temple.
15तर अब राम्ररी विचार गर्नुहोस्, परमप्रभुको मन्दिरमा अघि एउटा ढुङ्गा माथि अर्को ढुङ्गा राखिएको थियो?
16Through all that time, when one came to a heap of twenty measures, there were only ten. When one came to the wine vat to draw out fifty, there were only twenty.
16त्यस समय बीस मुरी लिन आउने मानिसले दश मुरी मात्र पाउँथ्यो। दाखरसको कोलबाट पचास पाथी झिक्न आउनेले बीस पाथी मात्र पाउँथ्यो।
17I struck you with blight, mildew, and hail in all the work of your hands; yet you didn’t turn to me,’ says Yahweh.
17मैले तिमीहरूका उद्भिदहरूमा ल्याएँ तिमीहरूको हातले बनाएको चीजहरू नष्ट पार्न असिना पठाएँ, तरै पनि तिमीहरू म तिर फर्केनौ।’ परमप्रभुले यसो भन्नु भयो।”
18‘Consider, please, from this day and backward, from the twenty-fourth day of the ninth month, since the day that the foundation of Yahweh’s temple was laid, consider it.
18परमप्रभु भन्नुहुन्छ, “अबदेखि उसो विचार गर अर्थात नवौं महिनाको चौबिसौं दिन देखि जुन दिन मन्दिरको जग बसालेको थियो सोच।
19Is the seed yet in the barn? Yes, the vine, the fig tree, the pomegranate, and the olive tree haven’t brought forth. From this day will I bless you.’”
19“के बीउहरू अब भकारीमा छन्? के दाखको बोट, नेभाराको बोट, दारिम र भद्राक्षको बोटले अहिले सम्म फल दिएको छैन? अँहँ! तर आजदेखि म तिमीलाई आशिष दिनेछु।”
20The Word of Yahweh came the second time to Haggai in the twenty-fourth day of the month, saying,
20अनि त्यही महिनाको चौबिसौं दिनमा हाग्गैलाई दोस्रो पल्ट परमप्रभुको वचन प्राप्त भयो। वचनमा भनिएको थियो,
21“Speak to Zerubbabel, governor of Judah, saying, ‘I will shake the heavens and the earth.
21“यहूदाका राज्यपाल यरूबाबेललाई भन, म आकाश अनि पृथ्वीलाई हल्लाउनेछु।
22I will overthrow the throne of kingdoms. I will destroy the strength of the kingdoms of the nations. I will overthrow the chariots, and those who ride in them. The horses and their riders will come down, everyone by the sword of his brother.
22अनि म राज्यहरू र सिंहासन उठाएर फ्याँकि दिनेछु। म राजधानीहरूको शक्ति ध्वंश पार्नेछु अनि रथहरू र सारथीहरूलाई पल्टाइदिनेछु। घोडा अनि त्यसको घोडसवार पनि लड्नेछन्, अनि दाज्यू-भाइमा दुश्मनी हुनेछ। तिनीहरू एक अर्कामा तरवारहरूले मारिनेछन्।
23In that day, says Yahweh of Armies, will I take you, Zerubbabel, my servant, the son of Shealtiel,’ says Yahweh, ‘and will make you as a signet, for I have chosen you,’ says Yahweh of Armies.”
23सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म त्यस दिन शालतीएलका छोरा, आफ्नो सेवक यरूबाबेललाई लिन्छु। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “अनि म तिमीलाई छाप लगाउने औंठी बनाउने छु। किन? किनभमे मैले तिमीलाई रोजेकोछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुरा भन्नु भयो।