1Now when Jesus was born in Bethlehem of Judea in the days of King Herod, behold, wise men The word for “wise men” (magoi) can also mean teachers, scientists, physicians, astrologers, seers, interpreters of dreams, or sorcerers. from the east came to Jerusalem, saying,
1यहूदिया भन्ने ठाउँको बेतलेहेम शहरमा येशूको जन्म भएको थियो। हेरोद राजा भएकोबेलामा उहाँको जन्म भएको थियो। जब येशूको जन्म भयो केही ज्योतिषीहरू पूर्वबाट यरूशलेममा आए।
2“Where is he who is born King of the Jews? For we saw his star in the east, and have come to worship him.”
2ती ज्योतिषीहरूले मानिसहरूलाई यसोभनी सोधे, ‘यहूदीहरूका राजा भएर जन्मेका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौं जसले उहाँ जन्मेको संकेत दिएको छ। हामिले पुर्वी आकाशमा तारा उदय हुँदै गरेको देख्यौ। हामी उहाँको आराधना गर्न आएका छौं।’
3When King Herod heard it, he was troubled, and all Jerusalem with him.
3जब राजा हेरोदले यहुदीहरूका यी नयाँ राजाको बारेमा सुने। हेरोद यस घटनाबाट चिन्तित भए। यसकारण यरूशलेमका सबै बासिन्दाहरूलाई पनि यो समाचारले चिन्तित तुल्यायो।
4Gathering together all the chief priests and scribes of the people, he asked them where the Christ would be born.
4हेरोदले सबै मुख्य यहूदी पूजाहारीहरू र जनताका शास्त्रीहरूको एउटा सभा बोलाए। उनले तिनीहरूलाई सोधे, ‘ख्रीष्टको जन्म कहाँ हुनेहो?’
5They said to him, “In Bethlehem of Judea, for this is written through the prophet,
5तिनीहरूले जवाफ दिए, ‘यहुदीयाको बेतलेहेम शहरमा; अगमवक्तद्वारा यस विषयमा लेखिएको छ
6‘You Bethlehem, land of Judah, are in no way least among the princes of Judah: for out of you shall come forth a governor, who shall shepherd my people, Israel.’” Micah 5:2
6‘ए बेतलेहेम, यहूदाको मुलुक, तँ यहुदाका शासकहरूका माझ महान छस्। हो, तँबाट एकजना शासक आउनेछन् जो मेरो मानिस, इस्राएलको रखवाल गर्नेछन्।”‘ मीका 52
7Then Herod secretly called the wise men, and learned from them exactly what time the star appeared.
7त्यसपछि हेरेदले पूर्वका ती ज्योतिषीहरूलाई गुप्तमा बोलाए। हेरोदले तिनीहरूबाट पहिलो पल्ट तारा देखा परेको समय ठिकसँग पत्ता लगाए।
8He sent them to Bethlehem, and said, “Go and search diligently for the young child. When you have found him, bring me word, so that I also may come and worship him.”
8त्यसपछि हेरोदले ती ज्योतिषीहरूलाई बेतलेहेममा पठाए। हेरोदले तिनीहरूलाई भने ‘जाऊ र बालकको बारेमा ठीकसँग पत्ता लगाओ। जब त्यो बालकलाई भेट्टाउनेछौ, तब मलाई खबर गर, र म पनि गएर तिनको आराधना गर्नेछु।’
9They, having heard the king, went their way; and behold, the star, which they saw in the east, went before them, until it came and stood over where the young child was.
9राजाका सबै कुरा सुने र ज्योतिषीहरू गए। जुन-तारा तिनीहरूले पुर्वमा देखेका थिए, फेरि त्यही तारा तिनीहरूले देखे। ज्योतिषीहरूले तारालाई पछ्याउन थाले। त्यो तारा सानो बालक भएको ठाउँमा नपुगुञ्जेल तिनीहरूको अघि-अघि गयो र त्यही अडियो।
10When they saw the star, they rejoiced with exceedingly great joy.
10तारा देखेर ज्योतिषीहरू अत्यन्तै खुशी भए।
11They came into the house and saw the young child with Mary, his mother, and they fell down and worshiped him. Opening their treasures, they offered to him gifts: gold, frankincense, and myrrh.
11तिनीहरू बालक भएको घरभित्र गए। त्यहाँ सानो बालकलाई आफ्नो आमा मरियमसंग देखें। तिनीहरूले शिर झुकाएर बालकलाई दण्डवत र आराधाना गरे। बालकलाई ल्याइदिएका उपहारहरू तिनीहरूले खोले र उनलाई सुन, धूप र मूर्रका भेटी झुकाएर चढाए।
12Being warned in a dream that they shouldn’t return to Herod, they went back to their own country another way.
12तर परमेश्वरले तिनीहरूलाई सपनामा चेताउनी दिनुभयो। परमेश्वरले तिनीहरूलाई ‘हेरोदकहाँ फर्केर नजाऊ’ भनी चेताउनी दिनुभयो। त्यसपछि तिनीहरू अकै बाटो भएर आफ्ना निजदेशमा र्फकिए।
13Now when they had departed, behold, an angel of the Lord appeared to Joseph in a dream, saying, “Arise and take the young child and his mother, and flee into Egypt, and stay there until I tell you, for Herod will seek the young child to destroy him.”
13ज्योतिषीहरू गएपछि, परमप्रभुको एउटा दूत सपनामा यूसुफकहाँ देखा परे। दूतले भने, “उठ, साना बालक र उहाँकी आमालाई साथमा लिएर मिश्रदेशमा जाऊ। हेरोदले साना बालकहरूलाई खोज्न लागिरहेकोछ। उसले सानो बालकलाई मार्न चाहन्छ। मैले नभनेसम्म तिमी त्यहीं बस्नु।”
14He arose and took the young child and his mother by night, and departed into Egypt,
14अनि यूसुफ उठेर सानो बालक र उनकी आमालाई साथमा लिएर त्यसै बखत मिश्रदेश तर्फ लागे। तिनीहरूले रातीनै घर छोडे।
15and was there until the death of Herod; that it might be fulfilled which was spoken by the Lord through the prophet, saying, “Out of Egypt I called my son.” Hosea 11:1
15हेरोदको मृत्यु नभएसम्म यूसुफ मिश्रदेशमा नै बसे अगमवक्ताद्वारा परमेश्वरले भन्नु भएको वचन यसरी पूरा भयो। परमेश्वरले भन्नुभयो, “मैले आफ्नो पुत्रलाई मिश्र देशबाट बोलाएँ।”
16Then Herod, when he saw that he was mocked by the wise men, was exceedingly angry, and sent out, and killed all the male children who were in Bethlehem and in all the surrounding countryside, from two years old and under, according to the exact time which he had learned from the wise men.
16ज्योतिषीहरूबाट हेरोदले धोका पाएको थाहा पाएपछि तिनी साह्रै रिसाए। अनि बेतलेहेम र त्यसका छेउछाउमा भेट्टाएका सबै स-साना बालकहरूलाई मार्ने आदेश दिए। ज्योतिषीहरूबाटै हेरोदले बालक जन्मेको समय पत्ता लगाएका थिए। त्यस बेलादेखि अहिलेसम्म दुइ र्वषको अवधि बितेको थियो। अनि हेरोदले दुइ र्वष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाएका थिए।
17Then that which was spoken by Jeremiah the prophet was fulfilled, saying,
17तब र्यमिया अगमवक्ताद्वारा परमेश्वरले भन्नुभएको वचन सत्य भयो
18“A voice was heard in Ramah, lamentation, weeping and great mourning, Rachel weeping for her children; she wouldn’t be comforted, because they are no more.” Jeremiah 31:15
18“रामामा एउटा स्वर सुनियो, रूवाबासी र आलाप-विलापको, राहेलले आफ्ना बालकहरूको लगि विलाप गरिरहेकी थिइन; शान्त बन्न तिनले अस्वीकार गरिन् किनकि, तिनका बालकहरू अब जीवित थिएनन्।” र्यमिया 31 : 15
19But when Herod was dead, behold, an angel of the Lord appeared in a dream to Joseph in Egypt, saying,
19हेरोद मरेपछि, परमप्रभुका एकजना दूत यूसुफकहाँ सपनामा देखा परे। यो घटना त्यसबेला भयो जब यूसुफ मिश्रदेशमा नै थिए।
20“Arise and take the young child and his mother, and go into the land of Israel, for those who sought the young child’s life are dead.”
20स्वर्गदूतले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई लिएर इस्राएल जाऊ। बालकलाई मार्न चाहने ती मानिस अहिले मरिसकेका छन्।”
21He arose and took the young child and his mother, and came into the land of Israel.
21त्यसपछि यूसुफ उठे, बालक र उहाँकी आमालाई लिएर इस्राएल तर्फ आए।
22But when he heard that Archelaus was reigning over Judea in the place of his father, Herod, he was afraid to go there. Being warned in a dream, he withdrew into the region of Galilee,
22तर यूसुफले यहूदियामा त्यसबेला अर्खिलाउस राजा भएको कुरो सुने। आफ्ना बाबु हेरोदको मृत्युपछि अर्खिलाउस राजा भए। यसकारण यूसुफ त्यहाँ जान डराए। सपनामा पनि तिनलाई चेताउनी भयो। त्यसपछि तिनले त्यो ठाउँ छाडे अनि गालीलको इलाकामा गए।
23and came and lived in a city called Nazareth; that it might be fulfilled which was spoken through the prophets: “He will be called a Nazarene.”
23यूसुफ नासरत भन्ने ठाउँमा पुगे र त्यही बस्न थाले। यसरी अगमनक्ताद्वारा बोलिएको वचन सत्य भयो। परमेश्वरले भन्नुभएको थियो कि “ख्रीष्टलाई नासरी भनिनेछ।”