World English Bible

Nepali

Matthew

3

1In those days, John the Baptizer came, preaching in the wilderness of Judea, saying,
1त्यही समयमा बप्तिस्मा दिने यूहन्ना देखापरे। अनि यहूदियाको मरूभूमिमा प्रचार गर्न थाले।
2“Repent, for the Kingdom of Heaven is at hand!”
2तिनले भने, “पश्चाताप गर, आफ्नो हृदय र रहन-सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य चाडै आउन लागेको छ।”
3For this is he who was spoken of by Isaiah the prophet, saying, “The voice of one crying in the wilderness, make ready the way of the Lord. Make his paths straight.”
3बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो। यशैयाले भनेका थिए “मरुभूमिमा एकजना कराइरहेछन्, ‘परमप्रभुको बाटो तयार पार; उहाँका मार्गहरू सोझ्याऊ।” यशैया 40 : 3
4Now John himself wore clothing made of camel’s hair, with a leather belt around his waist. His food was locusts and wild honey.
4यूहन्नाको लुगा ऊँटको रौंको थियो। तिनको कम्मरमा छालाको पेटी थियो। तिनको आहार सलह र वन-मह थियो।
5Then people from Jerusalem, all of Judea, and all the region around the Jordan went out to him.
5यूहन्नाको सन्देश सुन्न मानिसहरू एकत्र भए। यरूशलेम र सारा यहूदिया र यर्दन नदी वरिपरि सबै भागका मानिसहरू तिनीहरूकहाँ गए।
6They were baptized by him in the Jordan, confessing their sins.
6आफ्नो पाप स्वीकार गरे पछि मानिसहरू आए अनि यूहन्ना द्वारा यर्दन नदीमा बप्तिस्मा लिए।
7But when he saw many of the Pharisees and Sadducees coming for his baptism, he said to them, “You offspring of vipers, who warned you to flee from the wrath to come?
7धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए। जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने, ‘हे सर्पका सन्तान हो, आउन लागेको परमेश्वरको क्वोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो?
8Therefore bring forth fruit worthy of repentance!
8तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ।
9Don’t think to yourselves, ‘We have Abraham for our father,’ for I tell you that God is able to raise up children to Abraham from these stones.
9अनि ‘अब्राहामनै हाम्रा पिता हुनुहुन्छ’ भन्ने कुरा आपसामा विचार नगर। म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी दुङ्गाबाट अब्राहामका लागि सन्तान प्रदान गर्न सक्नुहुन्छ।
10“Even now the axe lies at the root of the trees. Therefore every tree that doesn’t bring forth good fruit is cut down, and cast into the fire.
10अनि अहिलेनै रूखहरूको फेदमा बञ्चरो परेको छ। असल फल नफलाउने सबै रूखहरूलाई काटेर ढलिनेछ अनि आगोमा फालिनेछ।
11I indeed baptize you in water for repentance, but he who comes after me is mightier than I, whose shoes I am not worthy to carry. He will baptize you in the Holy Spirit.
11‘म चाहिं तिमीहरूले पश्चाताप गर्यौ भनी देखाउनका निम्ति पानीद्वारा बप्तिष्मा गरिदिन्छु। तर मपछि आउने एक जना मभन्दा शक्तिशाली हुनुहुन्छ, जसको जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
12His winnowing fork is in his hand, and he will thoroughly cleanse his threshing floor. He will gather his wheat into the barn, but the chaff he will burn up with unquenchable fire.”
12उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ, उहाँले गहुँ संग्रह गरी आफ्नो गह्रौ भकारीमा जम्मा गर्नुहुनेछ। अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ।”
13Then Jesus came from Galilee to the Jordan to John, to be baptized by him.
13त्यसैबेला येशू गालील भएर यर्दन नदीमा आउनुभयो येशू यूहन्नाद्वारा बप्तिस्मा लिनका निम्ति यूहन्नाकहाँ आउनुभयो।
14But John would have hindered him, saying, “I need to be baptized by you, and you come to me?”
14तर यूहन्नाले उनी येशूलाई बप्तिस्मा दिनु योग्यको छैनन-भन्ने कोशिश गरे उनले सोधे, ‘तपाईं मकहाँ बप्तिस्मा लिन किन आउनुभयो? म आफैले तपाइँबाट बप्तिस्मा लिनु पर्ने हो।’
15But Jesus, answering, said to him, “Allow it now, for this is the fitting way for us to fulfill all righteousness.” Then he allowed him.
15येशूले भन्नुभयो, “अहिलेलाई यस्तै हुनदेऊ। हामीले यसरीनै सही कुरा गर्नु पर्छ।” त्यसपछि यूहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए।
16Jesus, when he was baptized, went up directly from the water: and behold, the heavens were opened to him. He saw the Spirit of God descending as a dove, and coming on him.
16त्यसपछि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो। स्वर्ग उहाँको निम्ति उघ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नु भयो।
17Behold, a voice out of the heavens said, “This is my beloved Son, with whom I am well pleased.”
17तब स्वर्गबाट यो वाणी आएको सुनियो। वाणिले यसो भन्यो, ‘यिनी मेरो प्यारो पूत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु।”