1Answer me when I call, God of my righteousness. Give me relief from my distress. Have mercy on me, and hear my prayer.
1हे मेरो धार्मिक परमेश्वर, जब म प्रार्थना गर्दछु मलाई जवाफ दिनुहोस्। मेरो प्रार्थना सुन्नुहोस् र ममाथि कृपा राख्नु होस्! मेरो सम्पूर्ण कष्टहरूदेखि मलाई मुक्ति दिनुहोस्!
2You sons of men, how long shall my glory be turned into dishonor? Will you love vanity, and seek after falsehood? Selah.
2हे मानिसहरू हो! मेरो विषयमा कहिलेसम्म दुष्ट कुराहरू गरिरहन्छौ? मेरो विषयमा तिमीहरूले फेरि नयाँ झूटा कुराहरू खोजिरहेका छौ। त्यस्ता झूटा कुराहरू भन्न गर्न तिमीहरू मन पराउँछौ।
3But know that Yahweh has set apart for himself him who is godly: Yahweh will hear when I call to him.
3तिमीहरूलाई थाहा छ परमप्रभुले आफ्ना धार्मिक मानिसहरूको कुरा सुन्नु हुन्छ। यसकारण जब म प्रार्थना गर्दछु उहाँले सुन्नु हुन्छ।
4Stand in awe, and don’t sin. Search your own heart on your bed, and be still. Selah.
4यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर। जब तिमी सुत्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ।
5Offer the sacrifices of righteousness. Put your trust in Yahweh.
5परमप्रभुलाई पवित्र बलिदानहरू चढाऊ, र उहाँमा भरोसा राख।
6Many say, “Who will show us any good?” Yahweh, let the light of your face shine on us.
6धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला? हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!”
7You have put gladness in my heart, more than when their grain and their new wine are increased.
7हे परमप्रभु, तपाईंले मलाई खुशी बनाउनु भयो। तपाईंले मलाई अन्न बाली काट्ने उत्सव भन्दा पनि ज्यादा खुशी दिनु भयो। जब हामीसंग प्रचुर मात्रमा अन्न र दाखरसहरू थिए।
8In peace I will both lay myself down and sleep, for you, Yahweh alone, make me live in safety.
8म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु। किन? किनभने, परमप्रभुले मलाई सुरक्षित निदाउन दिनुहुन्छ।