World English Bible

Nepali

Psalms

5

1Give ear to my words, Yahweh. Consider my meditation.
1हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस् र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु।
2Listen to the voice of my cry, my King and my God; for to you do I pray.
2हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो प्रार्थना सुनिदिनु होस्।
3Yahweh, in the morning you shall hear my voice. In the morning I will lay my requests before you, and will watch expectantly.
3हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु, र तपाईंको सहयोग खोज्दछु। अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।
4For you are not a God who has pleasure in wickedness. Evil can’t live with you.
4हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न। तिनीहरू तपाईंको आदर गर्दैनन्।
5The arrogant shall not stand in your sight. You hate all workers of iniquity.
5मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्। तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
6You will destroy those who speak lies. Yahweh abhors the bloodthirsty and deceitful man.
6जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ। तपाईंले ती मानिसलरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँ छन्।
7But as for me, in the abundance of your loving kindness I will come into your house. I will bow toward your holy temple in reverence of you.
7तर परमप्रभु, तपाईंको मन्दिरअघि म दण्डवत् गर्नेछु।
8Lead me, Yahweh, in your righteousness because of my enemies. Make your way straight before my face.
8हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्। यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्।
9For there is no faithfulness in their mouth. Their heart is destruction. Their throat is an open tomb. They flatter with their tongue.
9ती मानिसहरू सत्य बोल्दैनन्। तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन्। तिनीहरूका मुख खाली चिहान जस्ता छन्। तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।
10Hold them guilty, God. Let them fall by their own counsels; Thrust them out in the multitude of their transgressions, for they have rebelled against you.
10हे परमेश्वर, तिनीहरूलाई दण्ड दिनुहोस्! तिनीहरूले थापेको पासोमा आफैं परून्। ती मानिसहरूले तपाईंको विरूद्धमा विद्रोह गरे, यसर्थ तिनीहरूको धेरै अपराधहरूको लागि दण्ड दिनुहोस्।
11But let all those who take refuge in you rejoice, Let them always shout for joy, because you defend them. Let them also who love your name be joyful in you.
11तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहुन्। तिनीहरू अनन्त सुखी रहुन्! परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्।
12For you will bless the righteous. Yahweh, you will surround him with favor as with a shield.
12हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ। तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ।