1The Song of songs, which is Solomon’s. Beloved
1सुलेमानको सबैभन्दा उत्तम गीत।
2Let him kiss me with the kisses of his mouth; for your love is better than wine.
2चुम्बनहरूसंग मलाई छुँनुहोस् तपाईंको प्रेम दाखरस भन्दा उत्तम भएकोले तपाईंले मलाई आफ्नो चुम्बनले भरिदिनुहोस्।
3Your oils have a pleasing fragrance. Your name is oil poured forth, therefore the virgins love you.
3तपाईंको नाउँ मुल्यवान अत्तर भन्दा सुगन्धित छ, तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्।
4Take me away with you. Let us hurry. The king has brought me into his rooms. Friends We will be glad and rejoice in you. We will praise your love more than wine! Beloved They are right to love you.
4तपाईंको लागि हामी खुशी अनि आनन्दित हुन्छौं। हामी तपाईंको पछि दगुर्ने छौं राजाले मलाई उसको आफ्नो कोठामा ल्याउनु भयो। हामीहरू खुशी अनि आनन्दित हुन्छौं। याद गर्नुहोस् तपाईंको प्रेम दाखरस भन्दा असल छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई प्रेम गर्छन्।
5I am dark, but lovely, you daughters of Jerusalem, like Kedar’s tents, like Solomon’s curtains.
5यरूशलेमकि छोरीहरू हो! म काली तर सुन्दरी छु। केदार र शाल्माको पाल झैं काली छु।
6Don’t stare at me because I am dark, because the sun has scorched me. My mother’s sons were angry with me. They made me keeper of the vineyards. I haven’t kept my own vineyard.
6मलाई नहेर, म कति काली छु, मलाई घामले काली पारेको हो। मेरा दाज्यू-भाइहरू म प्रति क्रोधित थिए, त्यसैले तिनीहरूले मलाई उनीहरूको दाखबारीहरू हेर्नु अह्राए, त्यसै कारण मैले आफैंलाई ध्यान पुर्याउन पाइनँ।
7Tell me, you whom my soul loves, where you graze your flock, where you rest them at noon; For why should I be as one who is veiled beside the flocks of your companions? Lover
7म तिमीलाई सम्पूर्ण आत्माले प्रेम गर्छु। मलाई भन, तिमी आफ्नो भेडाहरू कहाँ चराउँछौ? मध्य दिनमा तिनीहरूलाई कहाँ विश्राम गराउँछौ? म तिमीलाई भेट्न आउनेछु अथवा तपाईंका साथीहरूको बगाल अघि म किन घुम्टो हालेर बस्ने केटी झैं हुने?
8If you don’t know, most beautiful among women, follow the tracks of the sheep. Graze your young goats beside the shepherds’ tents.
8तिमीलाई निश्चय थाहा छ कि के गर्नु पर्ने हो? स्त्रीहरूमा तिमी सबै भन्दा सुन्दरी छौ। जहाँ थुमा अनि बाख्राका पाठाहरू जान्छन् त्यहाँ पछ्याएर जाऊ आफ्नो बाख्राका पाठाहरूलाई गोठालाहरूको तम्बुको छेउमा चर्न देऊ।
9I have compared you, my love, to a steed in Pharaoh’s chariots.
9मेरी प्यारी, तिमी मेरो निम्ति यस घोडी भन्दा पनि ज्यादै उत्तेजक छौ जुन घोडी अन्य घोडाहरूसित फिरऊनको रथ तान्छे।
10Your cheeks are beautiful with earrings, your neck with strings of jewels.
10ती घोडाहरू तिनीहरूको मुख देखि गर्दनको वरीपरी सम्म राम्ररी सजाइएका छन्।
11We will make you earrings of gold, with studs of silver. Beloved
11तिम्रो निम्ति हामी सुनको लुर्कन चाँदीले मोरेर बनाउँने छौं।
12While the king sat at his table, my perfume spread its fragrance.
12जब राजा आफ्नो कोठामा थिए, मेरो अत्तरको सुगन्ध फैलियो।
13My beloved is to me a sachet of myrrh, that lies between my breasts.
13मेरा प्रेमी मुर्ररको सानो झुप्पा झैं हुनुहुन्छ, (गलाको पहिरन) मेरो स्तन माझमा सारा रात बिताउनु हुन्छ।
14My beloved is to me a cluster of henna blossoms from the vineyards of En Gedi. Lover
14मेरा प्रेमी, मग-मग सुगन्ध दिने, एन-गदीका फूलको गुच्छा जस्तै हुनुहुन्छ जुन एन-गदीको दाखबारीको बगैंचामा फुल्छ।
15Behold, you are beautiful, my love. Behold, you are beautiful. Your eyes are doves. Beloved
15मेरी प्रियतमा, तिमी अत्यधिक राम्री छौ, आहा! तिमी साँच्चै राम्री छौ, तिम्रा आखाँहरू ढुकुरका झैं सुन्दर छन्।
16Behold, you are beautiful, my beloved, yes, pleasant; and our couch is verdant. Lover
16मेरो प्रेमी तपाईं असाध्य सुन्दर हुनुहुन्छ, साँच्चै तपाईं मनोहर हुनुहुन्छ! हाम्रो ओछ्यान हरियो घाँसको चउर जस्तो छ।
17The beams of our house are cedars. Our rafters are firs.
17हाम्रा घरका आड दिने काठहरू र देवदारका छानाका छन् डाँडा भाटाहरू सल्लाका छन्।