1I am a rose of Sharon, a lily of the valleys. Lover
1म भञ्चयाङमा फुल्ने गुलाफ अनि बेंसीमा फुल्ने लिली फूल झैं छु।
2As a lily among thorns, so is my love among the daughters. Beloved
2हेर, प्रेमी अन्य स्त्रीहरूको माझ तिमी काँढाहरू माझमा फूलेकी लिली फूल झैं छौ। स्त्री भन्छिन्
3As the apple tree among the trees of the wood, so is my beloved among the sons. I sat down under his shadow with great delight, his fruit was sweet to my taste.
3हे मेरा प्रिय अन्य पुरूषहरूको बीच तपाईं जङ्गलमा अन्य धेरै रूखहरू बीच स्याऊको बोट झैं छौ। म त्यो बोट मुनि बसेर आनन्द लिन चाँहन्छु अनि त्यसको फल अति स्वदिष्ट लाग्छ।
4He brought me to the banquet hall. His banner over me is love.
4मेरा प्रियले मलाई मधु शालाम ल्याउनु भयो र उहाँले म माथि राख्नु भएको संकेत उहाँको प्रेम हो।
5Strengthen me with raisins, refresh me with apples; For I am faint with love.
5म प्रेम रोगी हुँ यसर्थ मलाई किसमिस र स्याऊहरू खुवाएर सजीव बनाउनु होस्।
6His left hand is under my head. His right hand embraces me.
6उहाँको देब्रे पाखुरा मेरो टाउको मुनी छ अनि दाइने हातले मलाई अँगालेको छ।
7I adjure you, daughters of Jerusalem, by the roes, or by the hinds of the field, that you not stir up, nor awaken love, until it so desires.
7हे यरूशलेमका तरूणीहरू! मुडुली मृग र हरिणहरूको नाउँमा प्रतिज्ञा गर। मसित प्रेम गर्न उत्तेजित नहौ जबसम्म म यसको निम्ति तयारी हुँदिनँ।
8The voice of my beloved! Behold, he comes, leaping on the mountains, skipping on the hills.
8मेरो प्रेमीकाको स्वर सुन! लौ हेर, उहाँ आउँनु हुँदैंछ, पहाडहरूमा उफ्रँदै अनि डाँडाहरूमा दगुर्दै।
9My beloved is like a roe or a young hart. Behold, he stands behind our wall! He looks in at the windows. He glances through the lattice.
9मेरा प्रेमी एउटा लघुमृग अथवा जवान मृग झैं हुनुहुन्छ। हेर, उहाँ हाम्रो पर्खाल पछाडी उभिनु भएको छ, झ्यालबाट हेरिरहनु भएकोछ, आँखी झ्यालबाट चियाइरहनु भएकोछ।
10My beloved spoke, and said to me, “Rise up, my love, my beautiful one, and come away.
10मेरा प्रेमीले भन्नु भयो, हे सुन्दरी, मेरी प्यारी उठ, कतै टाडा जाऊँ।
11For, behold, the winter is past. The rain is over and gone.
11हेर! हिउँद बित्यो, वर्षा काल पनि गई सक्यो।
12The flowers appear on the earth. The time of the singing has come, and the voice of the turtledove is heard in our land.
12भूमिमा फूलहरू फूलिरहेकाछन्, चराहरूले गाउने समय आइसकेको छ। पृथ्वीमा ढुकुरहरू कुर्लिन थालिसके।
13The fig tree ripens her green figs. The vines are in blossom. They give forth their fragrance. Arise, my love, my beautiful one, and come away.” Lover
13नेभाराका चिचिलाहरू लाग्न थाल्यो, दाखका फूलहरूबाट वासना फैलिन थाल्यो। मेरी प्रियतमा उठ, हे मेरी सुन्दरी हिंड कतै टाढा जाऊँ।
14My dove in the clefts of the rock, In the hiding places of the mountainside, Let me see your face. Let me hear your voice; for your voice is sweet, and your face is lovely.
14अग्लो चट्टानको गुफाहरूमा र, पहाडहरू माथि लुक्ने मेरो ढुकुर, मलाई तिम्रो दर्शन देऊ, मैले तिम्रो स्वर सुन्नु पाउँ। कारण तिम्रो स्वर अत्यन्तै प्रिय लाग्छ अनि तिमी अत्यन्तै सुन्दरी छौ।
15Catch for us the foxes, the little foxes that spoil the vineyards; for our vineyards are in blossom. Beloved
15हाम्रा निम्ति स्यालहरूलाई समातिदेऊ, किनभने ती स्यालहरूले हाम्रो दाखबारी नष्ट गरिदिन्छन् जो पूर्णरूपले फूलेकोछ।
16My beloved is mine, and I am his. He browses among the lilies.
16मेरा प्रेमी मेरा हुनु हुन्छ अनि म उहाँकी, मेरा प्रेमीले लिलीफूलहरू माझमा चाँडो बास गर्छन्।
17Beloved Until the day is cool, and the shadows flee away, turn, my beloved, and be like a roe or a young hart on the mountains of Bether.
17जबसम्म दिन बितेर छाँया लामो हुँदैन फर्कि आऊ, मेरा प्रेमी हरिण झैं बन अथवा मृगहरू झैं सुन्दर पहाडहरूमाथि।