1An oracle. The word of Yahweh is against the land of Hadrach, and will rest upon Damascus; for the eye of man and of all the tribes of Israel is toward Yahweh;
1एउटा दुःखपूर्ण समचार यो परमप्रभुको वचन हद्रक देशको अनि त्यसको को राजधानी दमीश्कको बिषयमा छ, “मानिसहरू अनि सबै इस्राएली कुलहरूको आँखाहरू परमप्रभुमाथि छन्।
2and Hamath, also, which borders on it; Tyre and Sidon, because they are very wise.
2यो समचार हद्रकको सिमाना हमातका निम्ति हो अनि सोर र सीदोनका निम्ति पनि हो। यद्यपि तिनीहरू ज्ञानी छन्।
3Tyre built herself a stronghold, and heaped up silver like the dust, and fine gold like the mire of the streets.
3सोर एउटा किल्ला जस्तैछ। त्यहाँ मानिसहरूले चाँदी यति धेरै जम्मा गरेका छन् त्यो धुलो बराबर छ, अनि सुन माटो समान छ।
4Behold, the Lord will dispossess her, and he will strike her power in the sea; and she will be devoured with fire.
4तर परमप्रभुले, यी सबै लिनुहुनेछ। उहाँले त्यसको धन-सम्पत्ति समुद्रमा फ्याँकि दिनुहुनेछ अनि यो शहर आगोद्वारा नष्ट गराइनेछ।
5Ashkelon will see it, and fear; Gaza also, and will writhe in agony; as will Ekron, for her expectation will be disappointed; and the king will perish from Gaza, and Ashkelon will not be inhabited.
5अश्कलोनमा बस्ने मानिसहरूले ती घटनाहरू देख्नेछन् अनि डराउँनेछन्। गाजाका मानिसहरू डरले काम्नेछन्। अनि एक्रोनका मानिसहरूको आशा सड्नेछ। गाजामा कुनैपनि राजा बाँच्नेछैन। अब एउटै मानिस पनि अश्कलोनमा रहने छैन।
6Foreigners will dwell in Ashdod, and I will cut off the pride of the Philistines.
6अश्दोदका मानिसहरूलाई थाह छैन उनीहरूको पिता को हुन्? म अहंकारी पलिश्ती मानिसहरूलाई सम्पूर्ण रूपले नष्ट गरिदिनेछु।
7I will take away his blood out of his mouth, and his abominations from between his teeth; and he also will be a remnant for our God; and he will be as a chieftain in Judah, and Ekron as a Jebusite.
7म उसको मुखबाट रगत र उसको दाँतबाट घृणापूर्ण वस्तुहरू निकाल्नेेछु। बाँचेका कुनैपनि पलिश्तीहरू हाम्रो जतिको एक अंग बन्नेछन्। तिनीहरू यहूदाको एटा नयाँ कुल हुनेछन्। अक्रोनका मानिसहरू हाम्रा मानिसका एक भाग हुनेछन्, यबूसीहरू बनिए जस्तै।
8I will encamp around my house against the army, that none pass through or return; and no oppressor will pass through them any more: for now I have seen with my eyes.
8म शत्रुका सेनाहरूलाई यहाँबाट जान दिनेछैन, अब उसो म तिनीहरूलाई मेरा मानिसहरू प्रति चोट पुर्याउन दिनेछैन। मैले मेरा आँखाले देखेको छु कि बितेका दिनहरूमा मेरा मानिसहरूले कति कष्ट भोगेका छन्।”
9Rejoice greatly, daughter of Zion! Shout, daughter of Jerusalem! Behold, your King comes to you! He is righteous, and having salvation; lowly, and riding on a donkey, even on a colt, the foal of a donkey.
9[This verse may not be a part of this translation]
10I will cut off the chariot from Ephraim, and the horse from Jerusalem; and the battle bow will be cut off; and he will speak peace to the nations: and his dominion will be from sea to sea, and from the River to the ends of the earth.
10राजा भन्नुहुन्छ, “मैले एप्रैममा रथहरू ध्वंश पारें अनि यरूशलेममा घोडसवारहरू ध्वंश पारें। मैले युद्धमा प्रयोग गरेको धनुहरू ध्वंश परें।” उहाँले जातिहरू सित शान्ति वार्ता गर्नुहुनेछ। त्यो राजाले समुद्र देखि समुद्र सम्म राज्य गर्नुहुनेछ। उनले नदी देखि पृथ्वीको अन्त भूमिसम्म राज्य गर्नुहुनेछ।
11As for you also, because of the blood of your covenant, I have set free your prisoners from the pit in which is no water.
11यरूशलेम, तिमीसित मेरो रगतको करार रहेकोले म रित्तो खाडलबाट तिम्रा कैदीहरूलाई मुक्त गरिदिनेछु।
12Turn to the stronghold, you prisoners of hope! Even today I declare that I will restore double to you.
12तिमीहरूका किल्ला तर्फ जाऊ हे आशावादी कैदीहरू। अब म तिमीहरूलाई भन्दैछु कि तिमीहरूले जति गुमाएकाछौ त्यसको दुईगुणा ज्यादा म तिमीहरूलाई दिनेछु।
13For indeed I bend Judah as a bow for me. I have filled the bow with Ephraim; and I will stir up your sons, Zion, against your sons, Greece, and will make you like the sword of a mighty man.
13यहूदा, म तिमीलाई धनु जस्तै प्रयोग गर्नेछु। एप्रैम म तिमीलाई काँड जस्तै प्रयोग गर्नेछु। सियोन, म तिमीलाई युनानीहरू बिरूद्ध युद्धको बलियो तलवार जस्तै प्रयोग गर्नेछु।
14Yahweh will be seen over them; and his arrow will go flash like lightning; and the Lord Yahweh will blow the trumpet, and will go with whirlwinds of the south.
14परमप्रभु तिनीहरू अघि प्रकट हुनुहुनेछ अनि आफ्नो काँड बिजुली चम्के जस्तै चलाउँनु हुनेछ। परमप्रभु परमेशवरले तुरही बजाउँनुहुनेछ अनि सेनाहरू मरूभूमिमा आँधिजस्तै अघाडी बढ्नेछन्।
15Yahweh of Armies will defend them; and they will destroy and overcome with sling stones; and they will drink, and roar as through wine; and they will be filled like bowls, like the corners of the altar.
15सर्वशक्तिमान परमप्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ। सैनिकहरूले घुँयेत्रो र ढुङ्गाको प्रयोग गरेर शत्रुहरूलाई पराजित गर्नेछन्। उनीहरूले आफ्ना शत्रुहरूका रगत बगाउनेछन्, यो दाखरस जस्तै बग्नेछ। यो वेदीको कुना-कुनामा फ्याँकिएको रगत जस्तै हुनेछ।
16Yahweh their God will save them in that day as the flock of his people; for they are like the jewels of a crown, lifted on high over his land.
16त्यससमय, परमप्रभु तिमीहरूका परमेश्वरले उहाँका मानिसहरूलाई गोठालोले आफ्ना भेडाहरू बचाए झैं बचाउँनु हुनेछ। तिनीहरू उहाँको निम्ति अत्यन्तै मूल्यवान हुनेछन्। त्यो उहाँको हातमा चम्कने रत्न जस्तै हुनेछ।
17For how great is his goodness, and how great is his beauty! Grain will make the young men flourish, and new wine the virgins.
17प्रत्येक चिज असल अनि सुन्दर हुनेछन्। त्यहाँ आश्चर्य चकित बाली कटनी हुनेछ। त्यो केवल अन्न र दाखरसको नभएर नयाँ केटा-केटीहरूको हुनेछ।