1“अय्यूब, तिमीले वृहत जन्तुलाई माछा पक्रने बल्छीले समात्न सक्छौ? त्यसको जिब्रोमा डोरीले बाँध्न सक्छौ?
1Dost thou draw leviathan with an angle? And with a rope thou lettest down — his tongue?
2त्यसको नाकबाट तिमी डोरी छिराउन सक्छौ? अथवा बङ्गरामा बल्छी छिराउन सक्छौ?
2Dost thou put a reed in his nose? And with a thorn pierce his jaw?
3के लेबीयथानले तिमीलाई ‘मलाई जान दिनुहोस्’ भनेर बिन्ती गर्नेछ? के उ तिमीसँग नम्र भाषामा बोल्ने छ?
3Doth he multiply unto thee supplications? Doth he speak unto thee tender things?
4के लेबीयथानले ‘तिम्रो सेवा सँधै गर्छु’ भनेर समझौता र वाचा खाएको छ?
4Doth he make a covenant with thee? Dost thou take him for a servant age-during?
5के तिमी चरा-चुरूङ्गीहरूसँग खेले जस्तो लेबीयथानसँग खेल्न सक्छौ? के तिमी ऊमाथि डोरी लगाउनेछौ ताकि तिम्रो नोकर्नी केटीहरू त्योसँग खेल्न सक्छे?
5Dost thou play with him as a bird? And dost thou bind him for thy damsels?
6के जालहारीले तिमीदेखि लेबीयथान किन्ने कोशिश गर्नेछ? के तिनीहरूले त्यसलाई काटेर टुक्रा-टुक्रा पारेर व्यापारीहरूसित बेच्छन?
6(Feast upon him do companions, They divide him among the merchants!)
7के तिमी लेबीयथानको छाला अथवा टाउको भित्र भालाहरू फ्याँक्न सक्छौ?
7Dost thou fill with barbed irons his skin? And with fish-spears his head?
8अय्यूब, यदि तिमीले कहिले लेबीयथान माथि हात राखेकोछौ भने तिमीले फेरि त्यस्तो कहिल्यै गर्ने छैनौ। खाली चिन्ता गर युद्ध बारे जुन हुनेवाला छ।
8Place on him thy hand, Remember the battle — do not add!
9के तिमीले लेबीयथानलाई पराजित गर्न सक्छु भनेर सोच्दछौ? ठीकै छ, भूल यसलाई। त्यहाँ आशा छैन। खाली त्योतिर हेरी रहँदा तिमी भयभीत हुनेछौ।
9Lo, the hope of him is found a liar, Also at his appearance is not one cast down?
10कुनै मानिस पनि त्यस्तो वीर छैन् जसले त्यसलाई रिस उठाउँछ। ठिक, मेरो विरूद्ध कुनै मानिस उठ्न सक्तैन्।
10None so fierce that he doth awake him, And who [is] he before Me stationeth himself?
11म कोहीसँग पनि ऋणी छैन। स्वर्ग मुनी भएका सबै कुराहरू मेरो हुन्।
11Who hath brought before Me and I repay? Under the whole heavens it [is] mine.
12अय्यूब, म तिमीलाई लेबीयथानको खुट्टाहरू बारे बताउनेछु, उसको शक्ति अनि सुन्दर आकार बारेमा बताउनेछु।
12I do not keep silent concerning his parts, And the matter of might, And the grace of his arrangement.
13कसैले पनि उसको छाला छेडन सक्तैन। उसको छाला ढाल बराबर छ।
13Who hath uncovered the face of his clothing? Within his double bridle who doth enter?
14कसैले पनि लेबीयथानलाई जबरजस्ती गरेर मुख खोल्न सक्तैन। उसको मुखमा भएको दाँतहरूले नै मानिसहरूलाई तर्साउँदछ।
14The doors of his face who hath opened? Round about his teeth [are] terrible.
15त्यसको ढाड बलियो गरी जोडिएका ढालहरू झैं बलियो छ।
15A pride — strong ones of shields, Shut up — a close seal.
16ती ढालहरू एकमाथि अर्को गर्दै यस्तो टाँसिएका छन् कि त्यसबाट हावासम्म छिर्न सक्तैन।
16One unto another they draw nigh, And air doth not enter between them.
17ढालहरू जोडिएका छन् तिनीहरू एकसाथ कस्सिएर समिटिएका छन् कि तिनीहरू तानिएर चुँडिन सक्तैनन्।
17One unto another they adhere, They stick together and are not separated.
18जब लेबीयथानले हाच्छियूँ काढ्छ यो आगो दन्केको ज्वाला जस्तो हुन्छ। उसको आँखाहरू प्रातःकालको ज्योति जस्तो हुन्छन।
18His sneezings cause light to shine, And his eyes [are] as the eyelids of the dawn.
19आगोको अगुल्टोहरू बलेको जस्तै ज्वाला उसको मुखबाट बाहिर आउँदछ।
19Out of his mouth do flames go, sparks of fire escape.
20पानी उम्लिरहेको भाँडाबाट तातो वाफहरू निस्के जस्तो लेबीयथानको नाकबाट धुवाँ निस्कन्छ।
20Out of his nostrils goeth forth smoke, As a blown pot and reeds.
21अनि आगोको झिल्काहरू मुखबाट उछिटिन्छ लेबीयथानको सासले कोईला जलाउँदछ।
21His breath setteth coals on fire, And a flame from his mouth goeth forth.
22लेबीयथानको घिच्रो साह्रै बलियो हुन्छ, विपदहरू त्यो देखि डराएर भाग्दछन्।
22In his neck lodge doth strength, And before him doth grief exult.
23त्यसको छालामा कतै पनि नरम भाग हुँदैन त्यो फलाम जस्तो कडा हुन्छ।
23The flakes of his flesh have adhered — Firm upon him — it is not moved.
24लेबीयथानको मुटु ढुङ्गा जस्तो हुन्छ। त्यससँग डर भनेको रत्तिभर हुँदैन। यो गह्रुँ पिंध्ने जाँतोको तल्लोपट्टिको ढुङ्गा जस्तो हुन्छ।
24His heart [is] firm as a stone, Yea, firm as the lower piece.
25जब लेबीयथान उठ्छ, बलिष्ठ मानिसहरू पनि डराउँदछन्। जब लेबीयथानले पुच्छर हल्लाउँदछ तिनीहरू भाग्छन।
25From his rising are the mighty afraid, From breakings they keep themselves free.
26तरवार, भाला अनि झीरहरूले लेबीयथानलाई हिर्काइन्छ तर ती सबै उछिट्टिएर फर्किन्छन त्यस्ता हतियारहरूले त्यसलाई कतै आघात पुर्याउन सक्तैन।
26The sword of his overtaker standeth not, Spear — dart — and lance.
27लेबीयथानले पराल टुक्राए जस्तै सहजै फलाम भाँचिदिन्छ। त्यसले सडेको काठ जस्तै पित्तल भाँच्छ।
27He reckoneth iron as straw, brass as rotten wood.
28काँडले लेबीयथानलाई भगाउन सक्तैन। ढुङ्गाहरु पनि उसका निम्ति पराल झैं हुन्छन्।
28The son of the bow doth not cause him to flee, Turned by him into stubble are stones of the sling.
29जब काठको मुँग्रोले त्यसलाई हिर्काउछ त्यो यसलाई परालले छोए जस्तो अनुभव गर्छ त्यो हाँस्दछ जब मानिसहरूले त्यसमाथि भालाहरू बर्षाउँदछन्।
29As stubble have darts been reckoned, And he laugheth at the shaking of a javelin.
30लेबीयथानको भुँडीको छाला फुटेका माटाका भाँडाहरूको तीखो टुक्राहरू जस्ता हुन्छन। उसले हलोले झैं जमीन फुटाउँछ।
30Under him [are] sharp points of clay, He spreadeth gold on the mire.
31लेबीयथानले समुद्रको पानीलाई भाँडा उम्लिरहेको पानी झैं घोल्छ। त्यसले पानीका फोका भाँडामा उम्लिएको तेल जस्तै बनाउँदछ।
31He causeth to boil as a pot the deep, The sea he maketh as a pot of ointment.
32जब लेबीयथान पौरिन्छ त्यसले आफू पछाडि बाटो छाडदछ। त्यसले पानीलाई घोल्छ अनि आफू पछाडी सेतो फीज छोडछ।
32After him he causeth a path to shine, One thinketh the deep to be hoary.
33लेबीयथान जस्तो जनावर पृथ्वीमा छैन त्यो भयरहित बनाइएको प्राणी हो।
33There is not on the earth his like, That is made without terror.
34लेबीयथानले घमण्डी पशुहरूलाई तल हेर्दछ। त्यो सारा जङ्गली जनावरहरू माथि राज गर्ने राजा हो। अनि म, परमेश्वरले, लेबीयथान सृजना गरें।”
34Every high thing he doth see, He [is] king over all sons of pride.