1बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर बुद्धिहीन स्त्रीले बनिएको घर आफ्नै हातले भत्काउँछे।
1Bilge kadın evini yapar,Ahmak kadın evini kendi eliyle yıkar.
2जुन मानिसको मार्ग सिधा छ, उसले परमप्रभुको सम्मान गर्छ तर जुन मानिसको मार्ग कुटिल छ उसले उहाँलाई घृणा गर्छ।
2Doğru yolda yürüyen, RABden korkar,Yoldan sapan, RABbi hor görür.
3मूर्खको कुराले उसकै ढाडमा लट्ठी बज्राउँछ, तर बुद्धिमानको कुराले उसलाई सुरक्षा गर्छ।
3Ahmağın sözleri sırtına kötektir,Ama bilgenin dudakları kendisini korur.
4जहाँ गोरूहरू हुँदैन त्यहाँ ढिकुटी खाली रहन्छ, अनि गोरूहरूको बलले नै अन्न प्रशस्त उब्जिन्छ।
4Öküz yoksa yemlik boş kalır,Çünkü bol ürünü sağlayan öküzün gücüdür.
5एकजना साँचो गवाहीले साँचो बोल्छ, तर झूटो गवाहीले सधैं झूटो नै बोलिरहन्छ।
5Güvenilir tanık yalan söylemez,Yalancı tanıksa yalan solur.
6एक अभिमानी मानिसले ज्ञान खोजिरहन्छ, तर त्यसलाई भेट्दैन, तर एउटा ज्ञानी मानिसलाई बुद्धि सजिलै आउँछ।
6Alaycı bilgeliği arasa da bulamaz,Akıllı içinse bilgi edinmek kolaydır.
7मूर्खको संगतबाट तिमी सधैं टाढा बस, किनभने उसको बचनबाट तिमीले केही बुद्धि पाउँदैनौ।
7Akılsız kişiden uzak dur,Çünkü sana öğretecek bir şeyi yok.
8ज्ञानी मानिसको ज्ञान यो हो कि कुन बाटोले उसलाई कता डोर्याउदैछ त्यो उसले बुझ्छ, तर मूर्ख मानिसको मूर्खताले आफैंलाई छलेको हुन्छ।
8İhtiyatlı kişinin bilgeliği, ne yapacağını bilmektir,Akılsızların ahmaklığıysa aldanmaktır.
9पाप निवारण गर्ने विचारमा मूर्ख मानिस हाँस्छ, तर त्यहाँ इमानदारी मानिसहरूको बीचमा सद्भाव पाइन्छ।
9Ahmaklar suç sunusuyla alay eder,Dürüstler ise iyi niyetlidir.
10यदि एकजना मानिस दुःखी भए उसले आफ्नो दुःख मात्र बुझ्छ, अनि यदि कोही खुशी छ भने, उसको खुशी उसले मात्र बुझ्छ।
10Yürek kendi acısını bilir,Sevinciniyse kimse paylaşmaz.
11एक दुष्ट मानिसको घर ध्वंश हुनेछ, तर इमानदार मानिसको घर फलिफाप हुनेछ।
11Kötü kişinin evi yerle bir edilecek,Doğru kişinin konutuysa bayındır olacak.
12त्यहाँ एउटा यस्तो मार्ग पनि छ जसलाई मानिसहरूले सही भनी सम्झन्छन्, तर अन्त्यमा त्यस मार्गले मृत्युतिर डोर्याउँछ।
12Öyle yol var ki, insana düz gibi görünür,Ama sonu ölümdür.
13कुनै मानिस यदि उसको मनमा पीर भए पनि हाँसिरहनु सक्छ, तर हाँसी सक्दा पनि उसको पीर रहिरहन्छ।
13Gülerken bile yürek sızlayabilir,Sevinç bitince acı yine görünebilir.
14एकजना दुष्ट मानिस उसले गरेको खराब कार्यको फल भोग्छ अनि त्यसै गरी एउटा असल मानिसले गरेको असल कार्यको फल उसले पाउँछ।
14Yüreği dönek olan tuttuğu yolun,İyi kişi de yaptıklarının ödülünü alacaktır.
15एकजना अनुभवरहित मानिसले आफूले सुनेको प्रत्येक कुरामा विश्वास गर्छ, तर एकजना ज्ञानी मानिसले उसले टेकेको प्रत्येक पाइलाको राम्ररी विचार गर्छ।
15Saf kişi her söze inanır,İhtiyatlı olansa attığı her adımı hesaplar.
16एकजना ज्ञानी मानिस सतर्क रहन्छ अनि दुःखहरूबाट तर्कन्छ, तर एकजना मूर्ख विश्वासको साथ यसै दुःखतिर अघि बढछ।
16Bilge kişi korktuğu için kötülükten uzaklaşır,Akılsızsa büyüklük taslayıp kendine güvenir.
17चाँडो रिसाउने मानिसले मूर्खतापूर्ण कामहरू गर्छ अनि एकजना कुबाटोमा लाग्ने मानिस घृणित हुन्छ।
17Çabuk öfkelenen ahmakça davranır,Düzenbazdan herkes nefret eder.
18अज्ञानीले मूर्खता प्राप्त गर्नेछ, तर विवेकी मानिसहरूलाई ज्ञानको मुकुट लगाई दिइनेछ।
18Saf kişilerin mirası akılsızlıktır,İhtiyatlı kişilerin tacı ise bilgidir.
19नराम्रा मानिसहरू असल मानिसहरूको अघि झुक्नु पर्छ अनि दुष्ट मानिसहरू धर्मी मानिसहरूको दैलोमा झुक्नुपर्छ।
19Alçaklar iyilerin önünde,Kötüler doğruların kapısında eğilirler.
20गरीब मानिसहरूलाई तिनीहरूका छिमेकीहरूले पनि मन पराउँदैनन्। तर धनीका त धेरै मित्रहरू हुन्छन्।
20Komşusu bile yoksulu sevmez,Oysa zenginin dostu çoktur.
21जसले आफ्नो छिमेकिलाई हेला गर्छ उसले पाप गर्छ, तर जसले गरीब माथि दया गर्छ त्यो धन्यको हुन्छ।
21Komşuyu hor görmek günahtır,Ne mutlu mazluma lütfedene!
22जुन मानिसले षड्यन्त्र मात्र रचिरहन्छ त्यो बरालिन्छ नै, तर जुन मानिसले राम्रो राम्रो योजनाहरू बनाउँछ उसले प्रेम र विश्वास पाउँछ।
22Kötülük tasarlayan yolunu şaşırmaz mı?Oysa iyilik tasarlayan sevgi ve sadakat kazanır.
23यदि कसैले कडा परिश्रम गर्यो भने उसले इच्छा गरेको वस्तु पाउँछ, तर यदि कसैले कुरा मात्र गरिरहन्छ भने तब त्यो गरीब हुँदै जान्छ।
23Her emek kazanç getirir,Ama boş lakırdı yoksulluğa götürür.
24ज्ञानी मानिसले पुरस्कार धन पाउँछ, तर मूर्ख मानिसले मूर्खता नै पाउँछ।
24Bilgelerin tacı servetleridir,Akılsızlarsa ahmaklıklarıyla tanınır. ‹‹Akılsızların çelengiyse ahmaklıktır››.
25साँचो गवाहीले जीवनको रक्षा गर्छ, तर झूटो गवाहीले झूटो बोल्छ।
25Dürüst tanık can kurtarır,Yalancı tanık aldatıcıdır.
26परमप्रभु प्रतिको सम्मान एउटा बलियो किल्ला हो, यो उसका छोरा-छोरीहरूको लागि सुरक्षित स्थान हुनेछ।
26RABden korkan tam güvenliktedir,RAB onun çocuklarına da sığınak olacaktır.
27परमप्रभुको सत्कार गर्नु जीवनको मूल हो, यसले मानिसलाई मृत्युको पासोहरूबाट टाढा राख्छ।
27RAB korkusu yaşam kaynağıdır,İnsanı ölüm tuzaklarından uzaklaştırır.
28यदि धेरै मानिसहरू माथि राजाले शासन चलाउँछ भने त्यो महान हो, तर प्रजा बिनाको राजा तुच्छ हो।
28Kralın yüceliği halkının çokluğuna bağlıdır,Halk yok olursa hükümdar da mahvolur.
29धैर्यशील मानिसले धेरै विचार गरी काम गर्छ, तर जो मानिस चाँडै रिसको प्रकोपमा पर्छ उसले धेरै मूर्खतापूर्ण कामहरू गर्छ।
29Geç öfkelenen akıllıdır,Çabuk sinirlenen ahmaklığını gösterir.
30शान्ति हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहले शरीरको हड्डी सम्म मककाउँछ।
30Huzurlu yürek bedenin yaşam kaynağıdır,Hırs ise insanı için için yer bitirir.
31जो मानिसले गरीबलाई दुःख दिन्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ, तर जसले उहाँलाई आदर गर्छ गरीबलाई दया देखाउँछ।
31Muhtacı ezen, Yaradanını hor görüyor demektir.Yoksula acıyansa Yaradanı yüceltir.
32एकजना दुष्ट मानिस उसको दुष्टताद्वारा पारजित हुन्छ, तर एकजना धर्मी मानिस उसको पवित्रतामा सुरक्षित रहन्छ।
32Kötü kişi uğradığı felaketle yıkılır,Doğru insanın ölümde bile sığınacak yeri var.
33ज्ञानी मानिसहरूको विचार ज्ञानको घर हो तर एकजना मूर्ख मानिसले ज्ञान के हो जान्दैन।
33Bilgelik akıllı kişinin yüreğinde barınır,Akılsızlar arasında bile kendini belli eder.
34धार्मिकताले राष्ट्रलाई महान तुल्याँउछ तर पाप भनेको सबैको लागि लज्जाजनक हो।
34Doğruluk bir ulusu yüceltir,Oysa günah herhangi bir halk için utançtır.
35ज्ञानी सेवकले राजाको अनुग्रह पाउँदछ, तर एक जसले झमेला उत्पन्न गर्छ तिनले क्रोध पाउँछ।
35Kral sağduyulu kulunu beğenir,Utanç getirene öfkelenir.