1Las sentencias de Salomón. EL hijo sabio alegra al padre; Y el hijo necio es tristeza de su madre.
1एकजना बुद्धिमानी छोरोले आफ्नो बाबुलाई आनन्द दिन्छ भने, एक मूर्ख छोरोले आफ्नी आमालाई कष्ट दिएको हुन्छ।
2Los tesoros de maldad no serán de provecho: Mas la justicia libra de muerte.
2खराब काम गरी कमाएको धन सदाको लागि व्यर्थ हुन्छ इमान्दारीताले मानिसहरूलाई मृत्युबाट बचाउँछ।
3Jehová no dejará hambrear el alma del justo: Mas la iniquidad lanzará á los impíos.
3परमप्रभुले धर्मीहरूलाई भोकै राख्नु हुन्न तर उहाँले दुष्ट मानिसको लालसालाई पनि विरोध गर्नु हुन्छ।
4La mano negligente hace pobre: Mas la mano de los diligentes enriquece.
4अल्छी मानिसले दरिद्रता निम्तयाँउछ भने, एक मेहनती मानिस धनी हुन्छ।
5El que recoge en el estío es hombre entendido: El que duerme en el tiempo de la siega es hombre afrentoso.
5ग्रीष्म ऋतुमा जसले अन्न जम्मा गरेर राख्छ त्यो ज्ञानी मानिस हो तर जुन मानिस कटनीको समयमा सुत्छ त्यसले शरम ल्याउँछ।
6Bendiciones sobre la cabeza del justo: Mas violencia cubrirá la boca de los impíos.
6इमानदार मानिसको शिरमाथि आशीषहरू वर्षन्छन्, तर दुष्ट मानिसको मुखबाट घृणित कुराहरू मात्र निस्कन्छन्।
7La memoria del justo será bendita: Mas el nombre de los impíos se pudrirá.
7एकजना इमान्दार मानिसको स्मरण आशीर्वादको श्रोत हो तर दुष्ट मानिसको नामबाट दुर्गन्ध आँउछ।
8El sabio de corazón recibirá los mandamientos: Mas el loco de labios caerá.
8एकजना ज्ञानी मानिसले आज्ञाहरू पालन गर्छ। तर तर्क गर्ने मूर्खले आफैंलाई नासमा पुर्याउँछ।
9El que camina en integridad, anda confiado: Mas el que pervierte sus caminos, será quebrantado.
9ईमानदार मानिस सदा सर्वदाको लागि सुरक्षित भई रहन्छ भने एउटा दुष्ट मानिस अवश्य पतन हुन्छ।
10El que guiña del ojo acarrea tristeza; Y el loco de labios será castigado.
10सच्चाई लुकाउने मानिसले दुःख ल्याउँछ। खुलासँग बोल्ने मानिसले शान्ति ल्याउँछ।
11Vena de vida es la boca del justo: Mas violencia cubrirá la boca de los impíos.
11इमान्दार मानिसको मुख जीवनको स्रोत हो, तर मूर्ख मानिसको मुखबाट घृणीत कुराहरू मात्र निस्कन्छन्।
12El odio despierta rencillas: Mas la caridad cubrirá todas las faltas.
12घृणाले झगडा उत्पन्न गराउँछ, तर प्रेमले सबै अपराधहरूलाई क्षमा गर्छ।
13En los labios del prudente se halla sabiduría: Y vara á las espaldas del falto de cordura.
13बुद्धि, ज्ञानी मानिसहरूको मुखमा पाइन्छ, तर मूर्खलाई उसको पीठ्यूँमा लट्ठीले हिर्काइन्छ।
14Los sabios guardan la sabiduría: Mas la boca del loco es calamidad cercana.
14बुद्धिमानी मानिसहरूले ज्ञानलाई संचय गर्छन्, तर मूर्खको बोलीलो आपद-विपदहरू मात्र बोलाउँछ।
15Las riquezas del rico son su ciudad fuerte; Y el desmayo de los pobres es su pobreza.
15धनी मानिसलाई धनले रक्षा गर्छ तर दरिद्रताले गरीब मानिसहरूलाई नष्ट पार्छ।
16La obra del justo es para vida; Mas el fruto del impío es para pecado.
16एकजना इमान्दार मानिसले जे कमाउँछ, त्यसले जीवन प्रदान गर्छ, तर दुष्ट मानिसको कमाईहरू पापको निम्ति प्रयोग हुन्छ।
17Camino á la vida es guardar la corrección: Mas el que deja la reprensión, yerra.
17आफूले भोगेको सजायबाट जुन मानिसले शिक्षा लिन्छ उसले अन्य मानिसहरूलाई पनि बाँच्न सिकाउँछ। तर जुन मानिसले सजायबाट शिक्षा लिनु अस्वीकार गर्छ त्यसले अरूलाई पथभ्रष्ट बनाई दिन्छ।
18El que encubre el odio es de labios mentirosos; Y el que echa mala fama es necio.
18जसले आफ्नो घृणा लुकाएर राख्छ, त्यो कपटी हो र जसले आफूले फैलाउनु सक्ने कथाहरू मात्र खोज्छ त्यो मूर्ख हो।
19En las muchas palabras no falta pecado: Mas el que refrena sus labios es prudente.
19धेरै बोल्ने मानिसले प्रायः समस्या उबजाउँछ, तर चुपचाप रहने मानिस विवेकी हुन्छ।
20Plata escogida es la lengua del justo: Mas el entendimiento de los impíos es como nada.
20इमान्दार मानिसको मुखबाट निस्केका शब्दहरू निखुर चाँदी झैं बहूमूल्य हुन् तर नराम्रो मानिसका विचारहरूको मूल्य हुँदैन।
21Los labios del justo apacientan á muchos: Mas los necios por falta de entendimiento mueren.
21इमान्दार मानिसका वचनहरूले धेरै मानिसहरूलाई सहायता गर्छ, तर एउटा मूर्खको मूर्खयाँईंले उसलाई मार्छ।
22La bendición de Jehová es la que enriquece, Y no añade tristeza con ella.
22परमेश्वरको आशीर्वादले धन सम्पत्ति ल्याउँछ अनि उहाँले यसमा कष्टहरू थप्नु हुन्न।
23Hacer abominación es como risa al insensato: Mas el hombre entendido sabe.
23एउटा मूर्ख मानिस दुष्कर्ममा रमाउँछ, तर समझदार मानिस ज्ञानमा खुशी हुन्छ।
24Lo que el impío teme, eso le vendrá: Mas á los justos les será dado lo que desean.
24दुष्ट मानिसहरू जे कुरामा डराउनछन् तिनीहरूलाई त्यहि हुन्छ तर एउटा धर्मी मानिसले जे चिताँउछ त्यहि प्राप्त गर्छ।
25Como pasa el torbellino, así el malo no permanece: Mas el justo, fundado para siempre.
25आँधी-बेहरीले उडाएर लगे झैं दुष्ट मानिसहरू एक क्षणमै नष्ट हुन्छन्, तर धर्मी मानिस अनन्त सम्मै दृढ रहिरहन्छ।
26Como el vinagre á los dientes, y como el humo á los ojos, Así es el perezoso á los que lo envían.
26जसले अल्छी मानिसलाई काम अह्राएर पठाउँछ उसलाई दाँतमा अमिलो सिरका परे झैं र आखाँमा धूवाँ लागे झैं हुन्छ।
27El temor de Jehová aumentará los días: Mas los años de los impíos serán acortados.
27परमप्रभुको भयले मानिसको आयु बढाइ दिन्छ, तर दुष्ट मानिसको आयु घटूनेछ।
28La esperanza de los justos es alegría; Mas la esperanza de los impíos perecerá.
28धर्मी मानिसका आशाहरू खुशीमा अन्त हुन्छन, तर दुष्ट मानिसहरूकाा आशाहरू शुन्यमा अन्त हुन्छ।
29Fortaleza es al perfecto el camino de Jehová: Mas espanto es á los que obran maldad.
29परमप्रभुको मार्ग धर्मी मानिसहरूको लागि शरणस्थान हो, तर दुष्ट मानिसहरूको लागि विध्वंस हो।
30El justo eternalmente no será removido: Mas los impíos no habitarán la tierra.
30धर्मी व्याक्ति कहिले डग्मगाउदैन तर दुष्ट मानिसहरू पृथ्वीमा टिक्ने छैनन्।
31La boca del justo producirá sabiduría: Mas la lengua perversa será cortada.
31धर्मी मानिसले ज्ञानको उच्चारण गर्छ, तर एउटा कुटिल जिब्रो काटिनेछ।
32Los labios del justo conocerán lo que agrada: Mas la boca de los impíos habla perversidades.
32एकजना धर्मी मानिसले ग्रहणयोग्य कुरा बोल्न जान्दछ तर एकजना दुष्ट मानसिले यस्ता मात्रै शब्द बोल्छ जसले दुःख दिन्छ।